logo

अवसर पाउदा बिकास नगर्ने, बिकासप्रेमी भनाउन रुचाउने ठेकेदारका कारण हुलाकी राजमार्ग म्याद सकिसक्दा झनै दुर्गतीमा

      6/16/2020 गते 00 00 मा प्रकाशित     1307   पटक पढिएको

राष्ट्रिय गौरबको आयोजना मध्यको एक हुलाकी राजममार्ग निर्माणको अन्तिम म्याद जेठ महिनाको समाप्तीसंगै सकिएको छ । तर हुलाकी राजमार्गको निर्माणको काम आधा पनि हुन सकेको छैन ।

 

हुलाकी राजमार्ग परियोजनाअन्तर्गत वीरगञ्जको प्रतिमाचोकदेखि ठोरीसम्म ६० किलोमीटर सडक निर्माणको ठेक्का अवधी सकियो । बिकासप्रेमी भनाउन रुचाउने ठेकेदारको हातमा ठेक्का परेपनि हुलाकी राजमार्ग निर्माणले दुर्गती भोग्नु परेको छ ।

 
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएर भ्रष्टाचारको मुद्धामा निलम्बनमा परेका हरिनारायण रौनीयारले स्थापना गरेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्शन र मकवानपुर जिल्लाबाट  नेपाली कांग्रेसको राजनीति गरेर अहिले बाग्मती प्रदेश सभामा बिपक्षी दलको नेता रहेका इन्द्र बानियको, बानियाको  कन्स्ट्रक्शनले हुलाकी मार्ग निर्माणको ठेक्का पाएको छ । 

 


पप्पुले बीरगंजको प्रतिमाचोक देख महादेव पट्टीको चमरी टोल सम्म ३० किलो मिटर र त्याहाबाट ठोरी सम्मको ३० किलो मिटर हुलाकी सडक निर्माणको जिम्मा बानिया निर्माण सेवाले पाएको छ । 


बिकासप्रेमी भनेर संचारमाध्यममा छाउन रुचाउने निलम्वीत साँसद रौनीयारको कम्पनीले पाएको ठेक्काका काम समयमा कहिल्यै पुरा भएका छैनन । तिनको गुणस्तरीयतामा पनि समस्या रहने गरेको छ । बिकास गर्ने स्रोत र साधन आफ्नै हातमा हुदा समेत नागरिकलाई समय अगावै परियोजना निर्माण गरेर दिन नसक्नेले बिकासको कुरा गर्दा पत्याउनु नै गलत भएको ठान्नुहुन्छ सखुवा प्रसौनीका भोला चौधरी । 


हुलाकी राजमार्गको बीरगंज चमरीटोल खण्डमा ३१ प्रतिशत र चमरी टोल देखी ठोरी खण्डमा ४० प्रतिशत मात्र काम भएको आयोजना कार्यालय वीरगञ्जका प्रमुख दीपेन्द्र पाण्डेले बताउनु भयो । ठेक्का लगाउने तर काम गराउन नसक्ने सरकारी अड्डा समेतको कमजोरीका कारण नागरिकले बिकासको प्रतिफल बेलैमा पाउन सकेका छैनन । 


 लकडाउनयता निर्माण व्यवसायीले काम शुरू गरे पनि प्रगति अत्यन्तै सुस्त छ । २ अर्ब ४० करोड हुलाकी राजमार्ग निर्माणकालागि बिनियोजीत छ । 


ठकेदार पक्षले मुआब्जाको समस्या, स्थानीयको अवरोध र निर्माण सामग्रीको आपूर्ति असहज जस्ता बाहना झिकेर काम हुन नसकेको तर्क प्रस्तुत गर्छन । सरकारी निकाय भने निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीले ठेक्काको समय सकिइसक्दा भौतिक प्रगति आधा पनि नपुगेको बताउँछन्  ।

 

यो निर्माण कम्पनी र सरकारी अधिकारी वीचको रेडिमेड तर्क हो । हरेक वर्ष यही तर्कको पुनरावृति हुने गर्छ र ठेक्काको कामको दुर्गती गरिन्छ ।


चालु अर्थिक वर्षमा पर्सा जिल्लाको गादी खोला,भेडाहा खोला पर्सागढीको कर्जनाहा खोलाबाट गिट्टी बालुवाको उत्खनन भयो । गादी खोला र जमुनीया खोलामा ठेकेदारहरु हरिनारायण रौनीयार,सिहासन कलवार ,जहुर मिया, मन्जुर अन्सारीकोको जेसीवी नै पसेर गिट्टी वालुवाको उत्खनन गरेका छन ।

 

यसो गर्नकालागि पर्साको स्थानीय प्रशासन र जनप्रतिनिधिले लिखित निर्णय समेत गरेर  दिएका थिए । ठेकेदार पक्षले निर्माण सामाग्री पाइन भन्नु फेरी पनि नागरिकलाई धोखा दिनु हो । 


२०७४ मंसिरमा कार्यादेश लिएका कम्पनीले यही जेठभित्र आयोजना पूरा गर्नुपर्ने थियो । ठेक्काको म्याद सकिइसकेपछि निर्माण सामग्री पाइनँ भनेर प्रचार गर्नु बाहानाबाजीमात्रै भएको हुलाकी आयोजना प्रमुख पाण्डे तर्क छ  ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.