logo

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर र इञ्जिनियर साहद्वय बिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता

 इसीमाना सम्वाददाता     २०७९ फागुन १७ गते ०९: १६ मा प्रकाशित     456   पटक पढिएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद साह र इञ्जिनियर रामचन्द्र साह बिरुद्ध बिशेष अदालतमा बुधवार मुद्धा दर्ता गरेको छ ।

 

१ करोड रुपैयाको बिद्यालय भजन निर्माण हुदै गरेकोमा मेयर साले ८ प्रतिशत घुस मागेका थिए । उनले घुस मागेको अडियो अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको थियो ।

 

ठेकेदार पक्षले अडियो सहित दिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान शुरु गरेपछि इञ्जिनियर रामचन्द्र साहलाई एक लाख ४० हजार घुस सहित रंगेहात पक्राउ गर्‍यो ।

 

पछि केरकार गर्दा इञ्जिनियर साहले मेयर गुप्ताको आदेशमा आफूले घुस लिएको स्वीकार गरे । बुधबार अख्तियारले दुवैजना विरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


अख्तियारको फन्दामा परेका मेयर जितेन्द्र प्रसाद गुप्ताले इञ्जिनियर र ठेकेदारबीच गिटी, रड र अरु सामानमा वादविवाद भएकाले उधारोको रकम लेनदेन भएको बताए ।


ठेकेदार नन्दकिशोर चौधरीको बयान अनुसार, १० प्रतिशत घुस दिने सहमती भएको हो र त्यसमा ८ प्रतिशत मेयरको भाग हुने भनी शुरुमै कुरा टुंगिएको थियो । बाँकी २ प्रतिशत रकम अरुलाई बाँड्नुपर्ने थियो ।

 

अख्तियारले मेयर जितेन्द्रप्रसाद गुप्ता र इञ्जिनियर रामचन्द्र साह विरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा लगाएको छ । ठेकेदारलाई भने सरकारी साक्षीको रुपमा प्रस्तुत गरेको छ ।

 

गत बैशाखमा नयाँ स्थानीय निर्वाचन भएपछि नयाँ जनप्रतिनिधि माथि घुस खाएको आरोपमा मुद्दा चलेको यो पहिलो घटना हो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.