logo

कार्यक्षेत्रमा लैंगिक समानताको प्रभावकारी कार्यान्वयनमा न्यायक्षेत्र सचेत छः कामु प्रधानन्यायधीश कार्की

 इसीमाना सम्वाददाता     २०७९ फागुन १२ गते ०७: ३४ मा प्रकाशित     516   पटक पढिएको

वीरगन्ज । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीले कार्यक्षेत्रमा लैंगिक समानताको प्रभावकारी कार्यान्वयनमा न्यायक्षेत्र सचेत रहेको बताएका छन् ।

कानून व्यावसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलनमा बोल्दै कामु प्रधानन्यायधीश कार्कीले देशभरका अदालतहरुमा ४० जना भन्दा बढी न्यायधीश महिलाहरुले न्यायसम्पादनमा कार्य क्षमता प्रदर्शन गरिरहेको बताए । 

 

उनले बार एशोशिएसन र न्यायधिवक्ताको कार्यालयसँग समन्वय र सहकार्यसँगै नागरिकलाई न्याय दिने सवालमा अडिग रहने बताउदै अदालतमा न्यायधीशहरुको संख्या कम भएपनि न्याय सम्पादन छिटो र छरितो बनाउने नीति अबलम्बन गरिएको बताएका छन् ।

 

सर्वोच्च अदालतले नीति परिवर्तन गरेर अहिले पाँच बर्ष समय नाघेका मुद्दाहरुलाई फछ्र्यौट गर्ने अभियान शुरु गरेको जानकारी दिदै उनले त्यस्ता मुद्दाहरुको १५ दिनभित्रमा पेशी लिने प्रणाली शुरु गरिएको बताए । त्यसरी न्याय सम्पादन गर्दा अहिले ४ हजार ८ सय मुद्दाबाट संख्या घटाएर ४ हजार ५ सयमा ल्याईपु¥याईएको पनि उल्लेख गरे ।

 

 अहिले अल्पकालिन आदेश भएकाहरुको पनि एक हप्ता भित्रमा मुद्दाको टुंगो लगाउन थालिएको बताउदै सर्वोच्च अदालतबाट आन्तरिम आदेश पाएकाहरुले एक हप्ता भन्दा बढी समय लिन नपाउने व्यावस्था गरिएको पनि बताए ।

 

सर्वोच्च अदालतमा ५ बर्ष नाघेका र उच्च तथा जिल्ला अदालतमा २ बर्ष नाघेका मुद्दाहरुलाई अभियानका रुपमा लिएर किनारा लगाउने काम भईरहेको कायम मुकायम प्रधानन्यायधीश कार्कीले बताए ।

 

 न्यायधीश सपना मल्ला प्रधानले कानून व्यावसाय क्षेत्र तथा न्याय क्षेत्रमा समेत अवसरहरुबाट बञ्चित गरेर लैंगिक विभेद गर्ने गरिएकोले पनि कानून व्यावसायमा महिलाहरुको संख्या कम भएकोले संख्या बढाउका लागि काममा अवसर र प्रोत्साहन गर्नुपर्ने बताईन् ।

 

 नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कार्यपालिका र व्यावस्थापिकाले न्यायपालिकालाई हेपेको आरोप लगाए । उनले अदालतमा न्यायधीश नियुक्तिमा ढिलाई, प्रधानन्यायधीश नियुक्तिमा ढिलाई गर्ने र संसदीय सुनुवाई पनि गर्नुपर्ने व्यावस्थाले न्यायालयको कार्यसम्पादनमा समेत असर परेको भन्दै संसदीय सुनुवाईलाई बार एशोसिएसनले संस्थागत रुपमा हटाउन प्रस्ताव ल्याउनुपर्ने बताए । 

 

नेपाल सरकारका महान्यायधिवक्ता डाक्टर दिनमणी पोखरेलले प्रधानन्यायधीश नियुक्तीका लागि संवैधानिक परिषदमा देखिएको कानूनी जटिलता समाधान गर्नका लागि सरकारले प्रतिनिधिसभामा प्रस्तुत गर्ने तयारी सरकारले गरेको र चाडै सर्वोच्च अदालतले नेतृत्व पाउने आश्वासन दिए ।

 

त्यस्तै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालतसँग सहकार्य र समन्वय गरेर अगाडि बढन् महान्यायधिवक्ताको कार्यालय तयार रहेको र लैंगिक समानताको सवालमा छलफल गर्न पनि तयार रहेको उनको भनाई छ ।

 

 शुक्रबारदेखि शुरु भएको कानून व्यावसायी महिलाहरुको सम्मेलन शनिबार वीरगन्ज घोषण पत्र जारी गरेर सकिने बार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुधीर कर्णले जानकारी दिए ।

 

देशभरको तुलनामा मधेसमा कानून व्यावसायी महिलाहरु जम्मा १५ जना रहेकोले महिलाहरुलाई कानून व्यावसाय क्षेत्रमा आकर्षित गर्नका लागि पनि वीरगन्जमा कानून व्यावसायी महिलाहरुको ३० औं राष्ट्रिय सम्मेलनको आयोजना गरिएको बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.