logo

सम्बिधान संशोधन प्रस्ताव मार्फत मुलुक एक भएकोमा अखिल र युवाले बीरगंजमा गरे दीप प्रज्वलन

      6/13/2020 गते 00 00 मा प्रकाशित     1412   पटक पढिएको

नेपालको सम्बिधानमा सर्वसम्मत रुपमा दोश्रो संशोधन भएको छ । प्रतिनिधि सभामा सम्बिधानको अनुसूची ३ मा निसान छाप परिर्वतन सम्बन्धमा सरकारका तर्फबाट कानुन मंत्री डा. शिवमाया तुम्वाहाम्फेले बिधयक पेश गर्नु भएको थियो ।

 

दोश्रो संशोधन मार्फत नेपालको निसान छापमा भारतले अतिक्रमण गरेको कालापानी ,लिपुलेक र लिम्पियाधुरा समेटिएको छ । यो प्रस्तावका बिषयमा प्रतिनिधि सभामा राजनीतिक दलहरु एक भएर प्रस्तुत मात्र भएनन मुलुकमा राष्ट्रिय एकता नयाँ अध्याय शुरुवात गरेका छन ।

 

प्रतिनिधि सभाको बैठकले राष्ट्रियताका सन्दर्भमा पूर्नजागरण ल्याएको छ राष्ट्रियताको परिभाषालाई ठोस बनाएको छ । नेपालको जुन सुकै भूभागका नागरिकमा र आफनो राष्ट्रप्रति उत्तिकै प्रेम छ भन्ने कुरालाई ऐतिहासिक रुपमा आजको दिनले पुष्टि गरेको छ । 


यही ऐतिहासिक दिनलाई बीरगंजमा युवा संघ नेपाल र अनेरास्ववियु पर्साले दीप प्रज्वलन गरेर उत्सवका रुपमा मनाएका छन । युवा संघका संयोजक नेजाम अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभू हजराले सरकारलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

 

उहाँले नेकपाको नेतृत्वमा रहेको सरकारले यो ऐतिहासिक अभिभारा पुरा गरेको र यो अभिभारा पुरा गर्न सिंगो देश एक भएको भन्दे सबै राजनीतिक दल र साँसदहरुलाई आभार प्कट गर्नु भयो । उहाँले राष्ट्रियताको पहरेदारी गर्दै आएको अनेरास्ववियु र युवासघले आजको दिनलाई ऐतिहासिक रुपमा स्मरण गरेको भन्दै कार्यक्रम आयोजनाको पनि प्रशंसा गर्नु भयो । 


कार्यक्रममा नेकपाका नेता तथा पूर्व बिद्यार्थी नेता नवराज शर्मा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, अनेरास्ववियुका पर्सा अध्यक्ष रामबाबु यादव लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।कार्यक्रमको संचालन युवा नेता हेमन्त तमाङले गर्नु भएको थियो । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.