logo

आरोप पुष्टि गर्न सांसद यादवलाई चुनौती,सांसद यादवको अभिब्यक्ति सदनको रेकर्डबाट हटाउन मंत्रीको माँग  

      6/12/2020 गते 00 00 मा प्रकाशित     2961   पटक पढिएको

प्रतिनिधि सभामा पर्साको क्षेत्र नं १ बाट निर्वाचित सासद प्रदीप यादवले खेलकुद मंत्रालयको बिनियोजित बजेट माथि छलफल गर्दै खेलकुद मंत्रीलाई एन्फाबाट १७ करोड रुपैया लिएको आरोप लगाउनु भएको थियो ।

 

गएको शुक्रवार प्रतिनिधि सभामा भएको छलफलमा सासद यादवले छलफलकै क्रममा यस्तो आरोप लगाउनु भएको थियो ।
सासदहरुले उठाएको जिज्ञासामा खेलकुद मंत्री जगत बहादुर बिश्वकर्माले जवाफ पनि दिनु भएको छ ।

 

उहाँले १७ करोडको कुरा उठाउने माननीयको नाम नलिइकन माननीय ज्यूले के भन्न खोज्नु भएको हो ? आश्य के हो ? माननीय ज्यूले स्पष्ट पार्नु पर्छ भन्नु भयो । 


खेलकूद मन्त्रीले अगाडि भन्नुभयो– ‘उहाँले जुन शब्दमा बोल्नुभएको छ, जे भन्नु भएको छ, भनेको त्यही हो भने यो विषय गम्भीर छ । उहाँले जुन शब्द उच्चारण गर्नु भएको छ, भन्न खोजेको त्यही हो भने त्यसलाई पुष्टि गर्न, प्रमाणित गरेर देखाउन म चुनौती दिन्छु ।’

‘एन्फाबाट या अरु कसैबाट मैले एक रुपैयाँ लिएको छुइन’– मन्त्री जगतबहादुरले भन्नु भयो– ‘निष्ठा र इमानसाथ आफ्नो जिम्मेवारी पूरा गर्न कठिन मेहेनत गरिरहने, मिडियामा प्रचारप्रसारभन्दा पनि काममा केन्द्रीत हुने म जस्तो मान्छेले यस्तो आरोप सुन्नपर्दा म दुःखी छु ।’

उहाँको भनाई थियो– ‘सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिको सार्वजनिक जीवन मात्र हुँदैन, नीजि जीवन पनि हुन्छ । वर्षौंदेखि कठिन र मेहेनतसाथ निर्माण गरेको व्यक्तिको छवीलाई बिना आधार कसैले धमिल्याउन पाइँदैन ।’

सांसद् प्रदीप यादवले मन्त्री जगतबहादुरलाई एन्फाले माया गरेको भन्नु भएको थियो । तर, सांसद् यादवको नाम नलिई मन्त्री जगतबहादुरले अगाडि भन्नुभयो– ‘मलाई सबैले माया गर्छन्, खेलाडि, प्रशिक्षक, पत्रकार, कर्मचारी सबैले माया गर्छन् ।’

आफूलाई लगाइएको आरोपको रेकर्ड प्रतिनिधि सभाको रेकर्डबाट हटाउन उहाँले माग गर्नुभयो ।

मन्त्री जगतबहादुरले बोलिसकेपछि उहाँलाई स्पष्टिकरण माग्न सांसद्हरुलाई समय दिइएको थियो । तर, त्यो समयमा सांसद् प्रदीपले कुनै स्पष्टिकरण सोध्नुभएन । सासद यादवले जुन आरोप लगाउनु भएको त्यो तथ्यको जगमा लगाउनु भएको थिएन त्यसैले उहाँले स्पष्टीकरण माग्न सक्नु भएन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.