logo

सर्लाहीको सीमा क्षेत्र नारायणपुरमा झडप, हतियार खोस्नथालेपछि सशस्त्रले गोली चलायो

      6/12/2020 गते 00 00 मा प्रकाशित     1340   पटक पढिएको

सीमामा जोरजर्वजस्ती गर्दै नेपाल पस्न प्रयास गर्ने भारतीयमाथि सर्लाहीको दक्षीण पूर्वी क्षेत्र स्थित सीमानाको नारायणपुरमा शसस्त्र प्रहरीले गोली चलाएको छ । 

सशस्त्र प्रहरीको हतियार नै खोसेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । ती नागरिकको पहिचान खुलीनसकेको सशस्त्र प्रहरीका उपरिक्षक गंगाराम श्रेष्ठले बताउनु भयो । 

गोली प्रहार पश्चात सबै भारतीय नागरिक आफ्नै देशतर्फ भागेका थिए । सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठका अनुसार जबर्जस्ती नेपाल छिर्न पाउनुपर्ने माग राखेर बिहान ९ बजे भारतबाट आएको एक समूहले सीमानाकामा खटिएका सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीको हतियार नै खोसेर भागेका थिए ।

 

हतियार खोस्नेलाई नियन्त्रणमा लिएर  हतियार लिएको श्रेष्ठले बताउनु भयो । घिड नियन्त्रण गर्न प्रहरीले १० राउण्ड हवाई फायर पछि बाध्य भएर ५ राउण्ड गोली समेत प्रहार गरेको श्रेष्ठले बताउनु भयो ।

 

अहिले भारतीय सुरक्षाकर्मीहरु समेत घटनास्थलमा आएर दुवैपक्षबीच छलफल भईरहेको सप्रउ श्रैष्ठले जानकारी दिनु भयो  ।

केही दिनअघि पनि विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाकामा खटिएको सशस्त्र प्रहरीमाथि भारतीय नागरिकहरुको समूहले आक्रमण प्रयास गरेको थियो ।

 

भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ अवैध ढंगले सामान ओसार पसार गर्न रोकिएकाले आक्रोशित हुँदै भारतीय नागरिकहरुले सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतमाथि आक्रमण प्रयास गरिरहेको जानकारहरु बताउँछन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.