logo

प्रहरी नीरिक्षक मल्ललाई १ सय २१ किलो मला लगाई बिदाई तथा सम्मान

 इसीमाना सम्वाददाता     २०७९ माघ २६ गते ०५: ५७ मा प्रकाशित     646   पटक पढिएको

वीरगंज /वीरगंजमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको कार्यकक्षमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक बिशाल मल्ललाई बिदाई गरिएको छ ।

 

वडा प्रहरी कार्यालय बिर्ताको १० महिना नेतृत्व गरेका मल्ललाई “ फेरि भेटौला” भन्दै बिदाई गरिएको हो ।

उपप्रमुख इम्तियाज आलमले आफनै कार्यकक्षमा मल्ललार्इ फुलको माला लगाइ दोशाला ओढाइ र मायाको चिनो प्रदान गरि फेरि भेटौला भन्दै बिदाई गरेका हुन् ।


आलमले प्रहरी निरीक्षक विशाल मल्लले गरेको कार्य वीरगन्जवासी कहिले नबिर्सने बताए। मल्ले गरेका काम नयाँ आउने प्रहरी निरीक्षकहरुको लागि प्रेरणाको स्रोत हुने उनले बताए ।

 

मल्लको कार्यकालमा कुनै गुनासो सुन्नु परेन उपप्रमुख आलमले भने बढुवा भएर वीरगंजमै आउने बिश्वास ब्यक्त गरे । कार्यक्रममा नोपली कांग्रेसका युवा नेता धर्मराज यादव र महानगरालिकाका कर्मचारीको सहभागिता रहेको थियो ।

No description available.

मल्ललाई वीरगंजको नागरिक समाजको एउटा सरोकार समुहले १ सय २१ किलो माला लगाएर सम्मान सहित बिदाई गरेको छ । मल्ल प्रहरीको एउटा युनिटको इन्चार्ज भएर १० महिना काम गरेका हुन । उनले नेपाल सरकारको ऐन नियमको परिधि भित्र रहेर प्रहरीको दायित्व निर्वाह गरेका हुन ।

 

उनको यो कामलाई समाजका बिभिन्न सरोकार समुहले प्रशंसा गरेका छन । उनी नेता होइनन, कलाकार पनि होइनन, त्यस्तै अन्य कुनै बिद्यामा ख्याती प्राप्त गरेर चर्चामा आएका ब्यक्ति पनि होइनन । उनी एउटा प्रहरी अधिकारी हुन जसको सरुवा हुदा केही दिन त बिदाई र सम्मानमा कार्यक्रम भएका छन ।

No description available.

१ सय २१ किलो माला लगाएर बिदाई पाउने उनी पहिलो प्रहरी अधिकृत हुन । यस अघि बरिष्ठ अधिकारी तत्कालीन प्रहरी बरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाललाई बिदाई गरिएको थियो ।


मल्ललाई बिभिन्न सामुदायीक प्रहरी सेवा केन्द्रहरु अन्य बिभिन्न निकायले पनि कार्यक्रमको आयोजना गरि बिदाई तथा सम्मान गरेका छन ।

 

मल्लाको सम्मान तथा बिदाईमा प्रयोग गरिएको मालाको बिषयमा सामाजिक संजालमा मलीन स्वरमा बिरोध पनि गरिएको छ ।

No description available.

बिरोध भन्दा केही ब्यक्तिको कुण्ठा, आवेग ,इष्र्या र घृणा पनि गरिएको छ । यस्ता बिरोधका स्वर भन्दा माया र सम्मानका भाव र स्वर अधिक बलियो देखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निर्वाचनमा ४ दिन मात्रै बाँकी, मतदान दिन कसरी मिलाइएको छ पासको व्यवस्था

वीरगंज ।  प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन सहज रूपमा सञ्चालन हुने निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ  ।

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.