logo

प्रहरी नीरिक्षक मल्ललाई १ सय २१ किलो मला लगाई बिदाई तथा सम्मान

 इसीमाना सम्वाददाता     २०७९ माघ २६ गते ०५: ५७ मा प्रकाशित     554   पटक पढिएको

वीरगंज /वीरगंजमहानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको कार्यकक्षमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक बिशाल मल्ललाई बिदाई गरिएको छ ।

 

वडा प्रहरी कार्यालय बिर्ताको १० महिना नेतृत्व गरेका मल्ललाई “ फेरि भेटौला” भन्दै बिदाई गरिएको हो ।

उपप्रमुख इम्तियाज आलमले आफनै कार्यकक्षमा मल्ललार्इ फुलको माला लगाइ दोशाला ओढाइ र मायाको चिनो प्रदान गरि फेरि भेटौला भन्दै बिदाई गरेका हुन् ।


आलमले प्रहरी निरीक्षक विशाल मल्लले गरेको कार्य वीरगन्जवासी कहिले नबिर्सने बताए। मल्ले गरेका काम नयाँ आउने प्रहरी निरीक्षकहरुको लागि प्रेरणाको स्रोत हुने उनले बताए ।

 

मल्लको कार्यकालमा कुनै गुनासो सुन्नु परेन उपप्रमुख आलमले भने बढुवा भएर वीरगंजमै आउने बिश्वास ब्यक्त गरे । कार्यक्रममा नोपली कांग्रेसका युवा नेता धर्मराज यादव र महानगरालिकाका कर्मचारीको सहभागिता रहेको थियो ।

No description available.

मल्ललाई वीरगंजको नागरिक समाजको एउटा सरोकार समुहले १ सय २१ किलो माला लगाएर सम्मान सहित बिदाई गरेको छ । मल्ल प्रहरीको एउटा युनिटको इन्चार्ज भएर १० महिना काम गरेका हुन । उनले नेपाल सरकारको ऐन नियमको परिधि भित्र रहेर प्रहरीको दायित्व निर्वाह गरेका हुन ।

 

उनको यो कामलाई समाजका बिभिन्न सरोकार समुहले प्रशंसा गरेका छन । उनी नेता होइनन, कलाकार पनि होइनन, त्यस्तै अन्य कुनै बिद्यामा ख्याती प्राप्त गरेर चर्चामा आएका ब्यक्ति पनि होइनन । उनी एउटा प्रहरी अधिकारी हुन जसको सरुवा हुदा केही दिन त बिदाई र सम्मानमा कार्यक्रम भएका छन ।

No description available.

१ सय २१ किलो माला लगाएर बिदाई पाउने उनी पहिलो प्रहरी अधिकृत हुन । यस अघि बरिष्ठ अधिकारी तत्कालीन प्रहरी बरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाललाई बिदाई गरिएको थियो ।


मल्ललाई बिभिन्न सामुदायीक प्रहरी सेवा केन्द्रहरु अन्य बिभिन्न निकायले पनि कार्यक्रमको आयोजना गरि बिदाई तथा सम्मान गरेका छन ।

 

मल्लाको सम्मान तथा बिदाईमा प्रयोग गरिएको मालाको बिषयमा सामाजिक संजालमा मलीन स्वरमा बिरोध पनि गरिएको छ ।

No description available.

बिरोध भन्दा केही ब्यक्तिको कुण्ठा, आवेग ,इष्र्या र घृणा पनि गरिएको छ । यस्ता बिरोधका स्वर भन्दा माया र सम्मानका भाव र स्वर अधिक बलियो देखिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

भूमि समस्या समाधान आयोग पर्सा लालपूर्जा बितरणको चरणमा

वीरगंज। भूमि समस्या समाधान आयोग पर्साले पर्सा जिल्लामा भूमिहीन दलित र सुकुम्बासीलाई भूमिको स्वामित्व दिने ऐतिहासिक निर्णय गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.