logo

रौतहटमा आठलाख रुपैया सहित एक पक्राउ,अनधिकृत कारोवार प्रति डिआइजी सिंहको गम्भिर चासो

      6/9/2020 गते 00 00 मा प्रकाशित     1128   पटक पढिएको

रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान  ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो।

 

पक्राउ परेको सबै नेपाली रुपैया रहेको छ । बिशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा रुपैया फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक बरुण सिंहले जानकारी दिनु भयो ।


साहलाई गौर नगरपालिका ४ बाट पक्राउ गरीएको हो। प्रहरीलाई शंका लागेर उनलाई सोधपुछ गरीएको थिय । सोधपुछ गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

’ पक्राउ गर्दा ‘झोलामा पैसा थीयो । साहले उक्त रकमको स्रोत खुलाउन नसके पछि प्रहरीले आवश्यक कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको थियो । 


यसअघि पनि रौतहटमा अवैध रकम फेला परेको थियो। त्यसबारेमा पनि अनुसन्धान भइरहेको छ । प्रदेश प्रहरी कार्यालयले रौतहटको सीमा प्रयोग गरेर हुण्डीको रकम अनधिकृत आइरहेको प्रती प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज सिंहले गम्भिर चासो देखाउनु भएको छ ।

उहाँले अनधिकृत कारोवारको नियन्त्रणकालागि इमान्दारीतापूर्वक काम गर्न मातहत प्रहरीलाई निर्देशन दिनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

तराई क्षेत्रमा तातो लहरको सम्भावना,उच्च सतर्कता अपनाउन बिभागको आग्रह

काठमाडौँ ।  हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ ।

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.