logo

पिसीआर खरिद सम्बन्धी पाँचथान बोलपत्र बिक्री,जर्वजस्ती बनाइएका सालोको कम्पनीको नाम खरिद सुचीमा छैन

      6/9/2020 गते 00 00 मा प्रकाशित     1534   पटक पढिएको

बीरगंज महानगरपालिकाले पिसीआर खरिद सम्बन्धी आव्हान गरेको बोलपत्र मंगलवार सम्म पाँच थान बिक्री भएको छ ।  

 

महानगरपालिकाले पिसीआर खरिद सम्बन्धी पाँच दिने बोल पत्र प्रकाशन गरेको गरेको थियो । आज मंगलवार अन्तिम दिनसम्ममा  पाँच वटा बोलपत्रको बिक्री भएको बीरगंज महानगरपालिकाको जिन्सी शाखाले जानकारी दिएको छ  । 

 


बीरगंज महानगरपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकोलागि बृहत परिक्षण गर्नु पर्ने आवश्यकता महशुस गर्दै बोलपत्र आव्हान गरेको थियो ।  

 

पिसीआर मेशिन तथा किट खरिदकालागि महानगर प्रमुख बिजय कुमार सरावगीले आम नगरवासी ,पर्साका स्थानीय सरकार र पर्सावासीलाई आर्थिक सहयोगकोलागि अपिल गर्नु भएको थियो ।

 

 

जनसहयोगमा पिसीआर तथा भिटिएम किट किन्ने महानगरले अभियान शुरु गरेसंगै बोल पत्र समेत आव्हान गरेको थियो । पिसीआर मेशिन तथा किट खरिदको मनशाय राखेर पाँचवटा कम्पनीले बोलपत्र खरिद गरेका छन । 
स्नीयो इन्टरनेशनल प्रा.ली.काठमामण्डौ ,सगरमाथा बायोमेडिकल इन्जिनियरिग काठमाण्डौ,जेएमएस इल्याट्रिक ट्रेडर्स ,बायो मेडिकल प्रा.ली.काठमामण्डौ र अन्सु ट्रेडलिंक बीरगंजले बोलपत्र खरिद गरेका हुन । 


कतिपय संचारमाध्यमले बोलपत्र खरिद गर्न नपाएको र सेटिगमा पिसीआर मेशिन खरिद हुने सम्मका समाचार प्रकाशमा ल्याएका थिए । बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीको सालोसंग मिलेर सेटिगमा पिसीआर मेशिन किन्ने तयारी भएको ति समाचार माध्यामको दावी थियो ।

राणीसती ट्रेडिगका संचालक दिनेश कनौडियालाई  महानगर प्रमुख सरावगीको जर्वजस्ती सालो बनाइएको थियो । कनौडियाको  कम्पनीले भने बोलपत्र खरिद गरेको देखिएको छैन ।

 सार्वजनीक खरिद ऐनले निर्दिष्ट गरेअनुसार पिसीआर मेशिन खरिद प्रक्रियाबाट अगाडि बढेको बीरगंज महानगरपालिकाले जनाएको छ । आजै मंगलवार बीरगंजका उधोगी ब्यवसायीले पिसीआर मेशिन खरिदकालागि आर्थिक सहयोग समेत उपलब्ध गराएका छन ।


बीरगंज उधोग वाणिज्यसंघले ११ लाख ११ हजार १ सय ११ उद्योगपति बिरेन्द्र संघाइले २० लाख, बाबुलाल चाचानले १० लाख, अनिल रुँगटाले ५ लाख, राजेश अग्रवालले ६ लाख, आत्मराम काबराले ५ लाख, मुरलीधर रुँगटाले ५ लाख, अशोक बैदले २ लाख, सत्यनारायण क्यालले २ लाख, हिरालाल केडियाले ५ लाख, चीरन्जीवी लाल सरावगीले १ लाख सहयोग गर्नु भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.