logo

अवरोध सृजना गर्नेहरु असफल, पीसीआर मेशिन खरिदको लागि महानगरपालिकालाई ब्यवसायीले गरे ७० लाख सहयोग

      6/9/2020 गते 00 00 मा प्रकाशित     1802   पटक पढिएको

आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका उद्योगी व्यवसायीहरु नेपालको अर्थतन्त्रलाई मात्रै चलाउदैनन् । उनीहरु संकटका घडीमा नागरिकको जीवन रक्षाका लागि पनि उत्तिकै जिम्मेवार भएर प्रस्तुत हुन्छन  ।

 

नेपालको मुख्य प्रवेशद्वार वीरगन्ज कोरोना भाईरस संक्रमणको अत्यन्त जोखिममा रहेको छ । तर, राजस्व आम्दानीका लागि मात्रै प्रथामिकतामा राख्ने केन्द्र सरकार र प्रदेश सरकारले कोरोना महामारीको संकटमा बीरगंजलाई उपेक्षा गरेपछि बीरगंजको निजीक्षेत्र पर्साका नागरिकको जीवनरक्षाका लागि सामाजिक उत्तरदायित्व निर्वहनमा अगाडि आएको छ ।

 

बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले कोरोना भाइरसको संक्रमण रोक्नकालागि पिसीआर मेशिन तथा भिटिएम किट खरिदकोलागि गरेको अपिललाई साथ दिदै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न उद्योग प्रतिष्ठानले ७० लाख रुपैंया सहयोग उपलब्ध गराएर यो अभियान सफल बनाउन अगाडि आएका हुन ।

 

वीरगन्ज उद्योग वणिज्य संघले संस्थागत रुपमा ११ लाख ११ हजार १ सय ११, त्रिवेणी ग्रुप, चाचान ग्रुप, केडिया अर्गनाईजेशन, जगदम्बा सिमेण्ट, रुंगटा ग्रुप, संविधानसभा सदस्य अनिल रुंगटा, सरावगी ग्रुप शालिमामर सिमेन्ट लगायतले गरी ७० लाख रुपैंया रकम सहयोग गर्ने भएका छन् ।

 

मंगलबार वीरगन्ज महानगरपालिका कार्यालयमा वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज महानगरपालिकाबीच यस विषयमा औपचारिक सम्झौता नै भएको छ ।

 

 वीरगन्ज महानगरपालिका कार्यालयका तर्फबाट नगर प्रमुख विजय कुमार सरावगी र निजीक्षेत्रको प्रतिनिधित्व गर्दै वीरगन्ज उद्योग वाणिज्य संघकोतर्फबाट अध्यक्ष गोपाल केडियाले सम्झौता पत्रमाम हस्ताक्षर गर्नु भएको छ ।  सम्झौता पत्रमा निजीक्षेत्रले  उपलब्ध गराएको रकमबाट १५ दिनभित्रमा पीसीआर मेशिन जडान गरिसक्नुपर्ने, दोश्रोपक्ष निजीक्षेत्रले वीरगन्ज महानगरपालिकाको कोरोना कोषमा ७० लाख ११ हजार १ सय ११ रुपैंया विभिन्न चेकहरु उपलब्ध गराउने उल्लेख गरिएको छ ।

 

त्यस्तै महानगरपालिकालाई उपलब्ध गराएको रकमले पीसीआर मेशिन खरिद, जडान र संचालन बाहेक अन्य कार्यमा प्रयोग गर्न नपाईने पनि उल्लेख गरिएको छ ।

 

निजीक्षेत्रको सहयोगमा खरिद भई आउने पीसीआर मेशिनको स्वामित्व वीरगन्ज महानगरपालिकाको हुने, कोभिड १९ को महामारीको अन्त्यपछि उक्त मेशिन आवश्यकता अनुसार अन्य जनहितको लागि पनि प्रयोग गर्न सकिने जनाएको छ ।

 

महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिनको संचालन र व्यावस्थापनको जिम्मेवारी वीरगन्ज महानगरपालिकाको हुने र कोभिड १९ महामारी रहेसम्म नारायणी अस्पतालको सहयोग र समन्वयमा व्यावस्थापन र संचालन गर्ने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोरोना भाईरस संक्रमण उच्च गतिमा फैलिएको अवस्थामा पनि वीरगन्जमा पीसीआर मेशिन नहुँदा वीरगन्जवासीले धेरै पीडा भोग्नुपरेकोले नागरिकको स्वास्थ्य सुरक्षामा निजीक्षेत्रको पनि सामाजिक दायित्व निर्वाह गर्न सहयोग गरेको बताउनु भयो  ।

 

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना भाईरस संक्रमणको तीन महिनादेखि सामाना गरिरहेको र यसको रोकथामका लागि स्थानीय सरकारको हैसियतमा निरन्तर लागि रहेको बताउनु भयो ।  

 

संघ सरकारले महत्व नदिएको र प्रदेश सरकारको वेवास्ताका कारणले वीरगन्जमा कोरोना भाईरस संक्रमणको जोखिम देखिएपछि पीसीआर मेशिन खरिदको आवश्यकता महशुस गरेर नै अग्रसरता लिएको बताउनु भयो  ।

 

अनेक अवरोधका कारणपनि पर्सावासीको सहयोग र साथले नै पीसीआर मेशिन खरिद गर्न सफल भएको बताउदै जडान र संचालनमा आएपछि छिट्टै वीरगन्जलाई कोरोना मुक्त बनाई ग्रिनजोनमा ल्याइने बताउनु भयो ।

 


११० पत्रकार र २५० कर्मचारीको कोरोना वीमा 
वीरगन्ज महानगरपालिकाले पर्साका १ सय १० जना पत्रकार र वीरगन्ज महानगरपालिकाका २ सय ६० जना कर्मचारीहरुको कोरोना वीमा पनि गरिदिएको छ ।

 

महानगरपालिकाले कोरोना रोकथामका लागि अग्रपंक्तिमा रहेर खटिने पत्रकार र वीरगन्ज महानगरपालिकाका अग्रपंक्तिमा काम गर्ने कर्मचारीहरु गरि ३ सय ७० जनाको कोरोना वीमा गरेको महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिनु भयो  ।

 

सहयोग हस्तान्तरण समारोहमै महानगरपालिकाका मेयर सरावगीले नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारालाई वीमालेख हस्तान्तरण गर्नुभयो  ।

 

महानगरपालिकाले पत्रकार र कर्मचारीहरुको प्रिमियर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ । त्यस्तै पीसीआर मेशिन खरिदका लागि आर्थिक सहयोग गरेका वीरगन्जका बैंकहरुलाई पनि कोरोना परीक्षणका लागि भिटिएम किट वितरण गरेको छ ।

 

मेयर सरावगीले वीरगन्जमा संचालित वाणिज्य बैंकहरुका कर्मचारीहरुको कोरोना परीक्षणका लागि आवश्यक भिटिएम वितरण गरिएको बताउनु भयो ।  
   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.