logo

अवरोध सृजना गर्नेहरु असफल, पीसीआर मेशिन खरिदको लागि महानगरपालिकालाई ब्यवसायीले गरे ७० लाख सहयोग

      6/9/2020 गते 00 00 मा प्रकाशित     1866   पटक पढिएको

आर्थिक तथा औद्योगिक नगरी वीरगन्जका उद्योगी व्यवसायीहरु नेपालको अर्थतन्त्रलाई मात्रै चलाउदैनन् । उनीहरु संकटका घडीमा नागरिकको जीवन रक्षाका लागि पनि उत्तिकै जिम्मेवार भएर प्रस्तुत हुन्छन  ।

 

नेपालको मुख्य प्रवेशद्वार वीरगन्ज कोरोना भाईरस संक्रमणको अत्यन्त जोखिममा रहेको छ । तर, राजस्व आम्दानीका लागि मात्रै प्रथामिकतामा राख्ने केन्द्र सरकार र प्रदेश सरकारले कोरोना महामारीको संकटमा बीरगंजलाई उपेक्षा गरेपछि बीरगंजको निजीक्षेत्र पर्साका नागरिकको जीवनरक्षाका लागि सामाजिक उत्तरदायित्व निर्वहनमा अगाडि आएको छ ।

 

बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीले कोरोना भाइरसको संक्रमण रोक्नकालागि पिसीआर मेशिन तथा भिटिएम किट खरिदकोलागि गरेको अपिललाई साथ दिदै वीरगन्ज उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न उद्योग प्रतिष्ठानले ७० लाख रुपैंया सहयोग उपलब्ध गराएर यो अभियान सफल बनाउन अगाडि आएका हुन ।

 

वीरगन्ज उद्योग वणिज्य संघले संस्थागत रुपमा ११ लाख ११ हजार १ सय ११, त्रिवेणी ग्रुप, चाचान ग्रुप, केडिया अर्गनाईजेशन, जगदम्बा सिमेण्ट, रुंगटा ग्रुप, संविधानसभा सदस्य अनिल रुंगटा, सरावगी ग्रुप शालिमामर सिमेन्ट लगायतले गरी ७० लाख रुपैंया रकम सहयोग गर्ने भएका छन् ।

 

मंगलबार वीरगन्ज महानगरपालिका कार्यालयमा वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज महानगरपालिकाबीच यस विषयमा औपचारिक सम्झौता नै भएको छ ।

 

 वीरगन्ज महानगरपालिका कार्यालयका तर्फबाट नगर प्रमुख विजय कुमार सरावगी र निजीक्षेत्रको प्रतिनिधित्व गर्दै वीरगन्ज उद्योग वाणिज्य संघकोतर्फबाट अध्यक्ष गोपाल केडियाले सम्झौता पत्रमाम हस्ताक्षर गर्नु भएको छ ।  सम्झौता पत्रमा निजीक्षेत्रले  उपलब्ध गराएको रकमबाट १५ दिनभित्रमा पीसीआर मेशिन जडान गरिसक्नुपर्ने, दोश्रोपक्ष निजीक्षेत्रले वीरगन्ज महानगरपालिकाको कोरोना कोषमा ७० लाख ११ हजार १ सय ११ रुपैंया विभिन्न चेकहरु उपलब्ध गराउने उल्लेख गरिएको छ ।

 

त्यस्तै महानगरपालिकालाई उपलब्ध गराएको रकमले पीसीआर मेशिन खरिद, जडान र संचालन बाहेक अन्य कार्यमा प्रयोग गर्न नपाईने पनि उल्लेख गरिएको छ ।

 

निजीक्षेत्रको सहयोगमा खरिद भई आउने पीसीआर मेशिनको स्वामित्व वीरगन्ज महानगरपालिकाको हुने, कोभिड १९ को महामारीको अन्त्यपछि उक्त मेशिन आवश्यकता अनुसार अन्य जनहितको लागि पनि प्रयोग गर्न सकिने जनाएको छ ।

 

महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिनको संचालन र व्यावस्थापनको जिम्मेवारी वीरगन्ज महानगरपालिकाको हुने र कोभिड १९ महामारी रहेसम्म नारायणी अस्पतालको सहयोग र समन्वयमा व्यावस्थापन र संचालन गर्ने पनि सम्झौतापत्रमा उल्लेख गरिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोरोना भाईरस संक्रमण उच्च गतिमा फैलिएको अवस्थामा पनि वीरगन्जमा पीसीआर मेशिन नहुँदा वीरगन्जवासीले धेरै पीडा भोग्नुपरेकोले नागरिकको स्वास्थ्य सुरक्षामा निजीक्षेत्रको पनि सामाजिक दायित्व निर्वाह गर्न सहयोग गरेको बताउनु भयो  ।

 

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले कोरोना भाईरस संक्रमणको तीन महिनादेखि सामाना गरिरहेको र यसको रोकथामका लागि स्थानीय सरकारको हैसियतमा निरन्तर लागि रहेको बताउनु भयो ।  

 

संघ सरकारले महत्व नदिएको र प्रदेश सरकारको वेवास्ताका कारणले वीरगन्जमा कोरोना भाईरस संक्रमणको जोखिम देखिएपछि पीसीआर मेशिन खरिदको आवश्यकता महशुस गरेर नै अग्रसरता लिएको बताउनु भयो  ।

 

अनेक अवरोधका कारणपनि पर्सावासीको सहयोग र साथले नै पीसीआर मेशिन खरिद गर्न सफल भएको बताउदै जडान र संचालनमा आएपछि छिट्टै वीरगन्जलाई कोरोना मुक्त बनाई ग्रिनजोनमा ल्याइने बताउनु भयो ।

 


११० पत्रकार र २५० कर्मचारीको कोरोना वीमा 
वीरगन्ज महानगरपालिकाले पर्साका १ सय १० जना पत्रकार र वीरगन्ज महानगरपालिकाका २ सय ६० जना कर्मचारीहरुको कोरोना वीमा पनि गरिदिएको छ ।

 

महानगरपालिकाले कोरोना रोकथामका लागि अग्रपंक्तिमा रहेर खटिने पत्रकार र वीरगन्ज महानगरपालिकाका अग्रपंक्तिमा काम गर्ने कर्मचारीहरु गरि ३ सय ७० जनाको कोरोना वीमा गरेको महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिनु भयो  ।

 

सहयोग हस्तान्तरण समारोहमै महानगरपालिकाका मेयर सरावगीले नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारालाई वीमालेख हस्तान्तरण गर्नुभयो  ।

 

महानगरपालिकाले पत्रकार र कर्मचारीहरुको प्रिमियर इन्स्योरेन्स कम्पनीसँग सम्झौता गरेको छ । त्यस्तै पीसीआर मेशिन खरिदका लागि आर्थिक सहयोग गरेका वीरगन्जका बैंकहरुलाई पनि कोरोना परीक्षणका लागि भिटिएम किट वितरण गरेको छ ।

 

मेयर सरावगीले वीरगन्जमा संचालित वाणिज्य बैंकहरुका कर्मचारीहरुको कोरोना परीक्षणका लागि आवश्यक भिटिएम वितरण गरिएको बताउनु भयो ।  
   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.