logo

प्रधानमंत्रीको नाकैमुनी चीनीको चास्नीमा कर्मचारी पौडिदै,सम्पूर्ण सिस्टम कोल्याप्स,भरोसा लायक कोही रहनेन

      6/7/2020 गते 00 00 मा प्रकाशित     1747   पटक पढिएको

प्रधानमंत्रीको प्रत्यक्ष निर्देशनमा चल्ने राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बि.सी.चिनीको चस्नीमा चुर्लुम्म डुबेको चर्चा चल्न थालेको छ ।

 

राजस्व हिनामिना भए नभएको हेर्ने अख्तियारी पाएको राजस्व अनुन्धान कार्यालय पथैलायका प्रमुख बि.सी चीनीको चास्नीमा डुब्न थालेपनि म्याद गुज्रेको र उपभोगकालागि अयोग्य चीनी पनि गुणस्तरीय भएर आएको छ । 


चीनीको चास्नीमा बि.सी मात्र डुबेको भए त हुन्थ्यो , खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंका प्रमुख मतिना बैद्य पनि चुर्लुम्म भएपछि सिंगो प्रणाली प्रतिको बिश्वासनै गुमेको छ । 

 

सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी २०७६ फाल्गुण २५ गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी  जलेश्वर  को च.न.७४१ ले उपभोग्य मिति समाप्त भैसकेकोले आयात गर्न अयोग्य छ भनी प्रतिवेदन दिएको थियो । 

 


खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनीको नमुना राजस्व अनुसन्धान इकाइ  कार्यालय पथलैयाले खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडामा पठाएको थियो ।

 

राजस्व मात्र हेर्ने कार्यालयले बस्तुको गुणस्तरीयताको मापनमा  न्वारनदेखीको बल निकालेरै लाग्यो । चिनीको चास्नीले कार्यालय प्रमुख बि.सीलाई त्यो बल दिएको थियो । खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडाले भने शुरु कार्यालयले गरेको परिक्षण ठिक भन्दै थप परिक्षण गर्न मानेको थिएन ।

 

हेटौडाले नमाने पछि बि.सीले चिनी काठमाण्डौ पठाउनु भएको हो  । काठमाण्डौमा चीनीको चास्नीको प्रभाव देखा पर्यो र बिभागका महानिर्देशक मतिना बैद्यको निर्देशनमा आयात तथा उपभोग्य अयोग्य चीनी गुणस्तरीय प्रमाणित भएर आयो ।

 

उपभोग्य म्याद समाप्त भएको बस्तु नष्ट गर्नु पर्ने कानूनी प्रावधान रहेको छ । तर बि.सी.ले गुणस्तर जाँच्न चीनी काठमाण्डौ पठाए । तर कुन र कस्तो चीनी काठमाण्डौ पठाइयो भन्ने कुरा शंकाको घेरामा परेको छ । 
२०७७ बैशाख १७ गते विभाग को च.न.२५५५ र अर्को परिक्षण गरि २०७७ जेठ १४ गतेका दिन च.न.२५८० र २५८१ को प्रतिवेदन जारी गरि चीनी  खान योग्य भनि प्रमाणिकरण गरेको छ । 


२०७६ फाल्गुण २५ गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी  जलेश्वर  को च.न.७४१ ले उपभोग्य मिति समाप्त भैसकेकोले आयात गर्न अयोग्य छ भनी जारीको प्रतिवेदनको ठिक उल्टो हुने गरि चीनी गुणस्तरीय भएको प्रतिवेदन दिन चीनीको चास्नी बाहेक अरु कुन बिधिले काम गर्न सक्छ र ? भन्ने प्रश्न यतिवेला यक्ष प्रश्नका रुपमा उठेको छ । 

 

यसैवीच उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य बासु खतिवडाले उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ बिपरित रहेको त्यस्तो वस्तु को पुनः परिक्षण गर्ने गराउने उपर छानविन गरि दोषीलाई कारवाही गर्न माँग गर्नु भएको छ । 

 
नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ ।

 

यो प्रावधानको बर्खिलाप गरि उपभोग्य मिति सकिएको र उपभोगकालागि अयोग्य भारतीय चिनी  जलेश्वर भन्सार कार्यालयले भन्सार जाँचपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको थियो नै अहिले राजस्वका बि.सी र खाद्य प्रवधि गुण गुण नियन्त्रण विभागका महानिर्देशक बैद्य मिलेर चीनीको चास्नीको मातमा नष्ट गर्नु पर्ने समान नेपाली उपभोक्ताको वीचमा पुर्याउदै छन । 

राजस्वसंग मात्र आफनो सरोकार रहेको बताउने र प्रधानमंत्रीको प्रत्यक्ष निगरानीमा चलेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले त्यही चीनीको गुणस्तर परिक्षण गर्न पठाएर के गर्न खोजेको भन्ने प्रश्न उठेको छ । इन्द्रेको बाउ चन्द्रे आएपनि गैरकानूनी कामलाई बैधता दिन्न भन्ने कार्यालय प्रमुख बिसीले ब्यापारीको लगानीको संरक्षणकालागि चीनी परिक्षणगर्न पठाएको बताउनु भएको थियो । 

 
त्यो आखाद्य चीनीका बिषयमा कारवाहीको माँग गर्दै उपभोक्ता हित संरक्षण मंच कलैया उपमहानगर कमिटीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएको थियो ।

 

त्यही उजुरीका आधारमा बाराका प्रमुख जिल्ला अधिकारीले गाडी र त्यस सम्बन्धी कागजात माँग गरेको हप्तौ बित्न लाग्यो तर पथलैया राजस्व अनुसन्धान कार्यालयले कुनै सुनवाई मात्र गरेन होइन की  अहिले चीनी गुणस्तरीय रहेको बिभागको परिक्षण प्रतिवेदन  दिएर जिल्ला प्रशासन कार्यालयलाई माछा माछा भ्यागुतो देखाइदियो।यस सम्बधमा इसीमाना डटकमले ६ जेठमा समाचार प्रकाशन गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयाले सम्पादन गरेको काम देखेर उतिवेलै प्रश्न उठाएको थियो ।

 

त्यतीबेला इसीमानाले उपभोग्य म्याद नभएको र गुणस्तरहिन चीनी नष्ट गर्नु पर्ने कानूनी प्रावधान रहेको छ । तर चीनीका आयातकर्ताले पथलैया राजस्वको सहयोगमा  गुणस्तरयोग्य चीनी रहेको कागजात बनाउने अन्तिम प्रयास गर्दैछन परिणाम के आउछ त्यो भने हेर्न बाँकी छ । लेखेको थियो अहिले त्यही देखियो ।


सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।

 
उपभोक्ता हित हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले राजस्व अनुन्धान कार्यालय पथलैयाले मुद्धा हेर्ने अधिकारी समक्ष कागजात र गाडी नपठाएर अपारदर्शी काम गरेको बताउनु भयो ।

 
एउटा कार्यालयले गुणस्तरहिन भनेको छ त्यती मात्र होइन उपभोग्य मिति समेत नाघेको प्रमाण दिएको अवस्थामा फेरी गुणस्तर मापन किन गरिएको हो ?  उपाध्यक्ष अधिकारीले भन्नु भयो यसले अपारदर्शी खेल तर्फ संकेत गर्छ उपभोक्ताको हित प्रतिकूलको यस्तो काम सहन नगरिने उहाँले चेतावनी दिनु भयो ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.