logo

प्रधानमंत्रीको नाकैमुनी चीनीको चास्नीमा कर्मचारी पौडिदै,सम्पूर्ण सिस्टम कोल्याप्स,भरोसा लायक कोही रहनेन

      6/7/2020 गते 00 00 मा प्रकाशित     1940   पटक पढिएको

प्रधानमंत्रीको प्रत्यक्ष निर्देशनमा चल्ने राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बि.सी.चिनीको चस्नीमा चुर्लुम्म डुबेको चर्चा चल्न थालेको छ ।

 

राजस्व हिनामिना भए नभएको हेर्ने अख्तियारी पाएको राजस्व अनुन्धान कार्यालय पथैलायका प्रमुख बि.सी चीनीको चास्नीमा डुब्न थालेपनि म्याद गुज्रेको र उपभोगकालागि अयोग्य चीनी पनि गुणस्तरीय भएर आएको छ । 


चीनीको चास्नीमा बि.सी मात्र डुबेको भए त हुन्थ्यो , खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहल काठमाडौंका प्रमुख मतिना बैद्य पनि चुर्लुम्म भएपछि सिंगो प्रणाली प्रतिको बिश्वासनै गुमेको छ । 

 

सिम्भावली सुगर लिमिटेड इण्डिया निर्यातकर्ता र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि काठमाडौंले आयात गरेको प्रज्ञापन पत्र नम्बर एम १०४१।०६।०३।२०२० को मिति २०७६ माघ १३ गते र फागुन १६ गतेको विल विजक नम्बर १४००००२२६९, १४००००७० र १४००००२६६६ बाट ना ८ ख २१५१, ना ६ ख ८३६९ र ना ५ ख ५६७३ नम्बरको तीन वटा ट्रकमा आयात भएको ७२ हजार केजी चिनी २०७६ फाल्गुण २५ गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी  जलेश्वर  को च.न.७४१ ले उपभोग्य मिति समाप्त भैसकेकोले आयात गर्न अयोग्य छ भनी प्रतिवेदन दिएको थियो । 

 


खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरले  अयोग्य प्रमाणित गरेको तीन ट्रक  चीनीको नमुना राजस्व अनुसन्धान इकाइ  कार्यालय पथलैयाले खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडामा पठाएको थियो ।

 

राजस्व मात्र हेर्ने कार्यालयले बस्तुको गुणस्तरीयताको मापनमा  न्वारनदेखीको बल निकालेरै लाग्यो । चिनीको चास्नीले कार्यालय प्रमुख बि.सीलाई त्यो बल दिएको थियो । खाद्य प्रविधि तथा गुणस्तर निर्धारण कार्याल हेटौडाले भने शुरु कार्यालयले गरेको परिक्षण ठिक भन्दै थप परिक्षण गर्न मानेको थिएन ।

 

हेटौडाले नमाने पछि बि.सीले चिनी काठमाण्डौ पठाउनु भएको हो  । काठमाण्डौमा चीनीको चास्नीको प्रभाव देखा पर्यो र बिभागका महानिर्देशक मतिना बैद्यको निर्देशनमा आयात तथा उपभोग्य अयोग्य चीनी गुणस्तरीय प्रमाणित भएर आयो ।

 

उपभोग्य म्याद समाप्त भएको बस्तु नष्ट गर्नु पर्ने कानूनी प्रावधान रहेको छ । तर बि.सी.ले गुणस्तर जाँच्न चीनी काठमाण्डौ पठाए । तर कुन र कस्तो चीनी काठमाण्डौ पठाइयो भन्ने कुरा शंकाको घेरामा परेको छ । 
२०७७ बैशाख १७ गते विभाग को च.न.२५५५ र अर्को परिक्षण गरि २०७७ जेठ १४ गतेका दिन च.न.२५८० र २५८१ को प्रतिवेदन जारी गरि चीनी  खान योग्य भनि प्रमाणिकरण गरेको छ । 


२०७६ फाल्गुण २५ गतेका दिन खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय महोत्तरी  जलेश्वर  को च.न.७४१ ले उपभोग्य मिति समाप्त भैसकेकोले आयात गर्न अयोग्य छ भनी जारीको प्रतिवेदनको ठिक उल्टो हुने गरि चीनी गुणस्तरीय भएको प्रतिवेदन दिन चीनीको चास्नी बाहेक अरु कुन बिधिले काम गर्न सक्छ र ? भन्ने प्रश्न यतिवेला यक्ष प्रश्नका रुपमा उठेको छ । 

 

यसैवीच उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य बासु खतिवडाले उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ बिपरित रहेको त्यस्तो वस्तु को पुनः परिक्षण गर्ने गराउने उपर छानविन गरि दोषीलाई कारवाही गर्न माँग गर्नु भएको छ । 

 
नेपालमा आयात गरिने खाद्य बस्तुको आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयको प्रयोगशालामा परिक्षण गरेर मात्रै आयात गर्नुपर्ने प्रावधान रहेको छ ।

 

यो प्रावधानको बर्खिलाप गरि उपभोग्य मिति सकिएको र उपभोगकालागि अयोग्य भारतीय चिनी  जलेश्वर भन्सार कार्यालयले भन्सार जाँचपास गरेर नेपाली उपभोक्ताको जीवन संग खेलवाड गरेको थियो नै अहिले राजस्वका बि.सी र खाद्य प्रवधि गुण गुण नियन्त्रण विभागका महानिर्देशक बैद्य मिलेर चीनीको चास्नीको मातमा नष्ट गर्नु पर्ने समान नेपाली उपभोक्ताको वीचमा पुर्याउदै छन । 

राजस्वसंग मात्र आफनो सरोकार रहेको बताउने र प्रधानमंत्रीको प्रत्यक्ष निगरानीमा चलेको राजस्व अनुसन्धान कार्यालय पथलैयाले त्यही चीनीको गुणस्तर परिक्षण गर्न पठाएर के गर्न खोजेको भन्ने प्रश्न उठेको छ । इन्द्रेको बाउ चन्द्रे आएपनि गैरकानूनी कामलाई बैधता दिन्न भन्ने कार्यालय प्रमुख बिसीले ब्यापारीको लगानीको संरक्षणकालागि चीनी परिक्षणगर्न पठाएको बताउनु भएको थियो । 

 
त्यो आखाद्य चीनीका बिषयमा कारवाहीको माँग गर्दै उपभोक्ता हित संरक्षण मंच कलैया उपमहानगर कमिटीले जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दिएको थियो ।

 

त्यही उजुरीका आधारमा बाराका प्रमुख जिल्ला अधिकारीले गाडी र त्यस सम्बन्धी कागजात माँग गरेको हप्तौ बित्न लाग्यो तर पथलैया राजस्व अनुसन्धान कार्यालयले कुनै सुनवाई मात्र गरेन होइन की  अहिले चीनी गुणस्तरीय रहेको बिभागको परिक्षण प्रतिवेदन  दिएर जिल्ला प्रशासन कार्यालयलाई माछा माछा भ्यागुतो देखाइदियो।यस सम्बधमा इसीमाना डटकमले ६ जेठमा समाचार प्रकाशन गरेर राजस्व अनुसन्धान कार्यालय पथलैयाले सम्पादन गरेको काम देखेर उतिवेलै प्रश्न उठाएको थियो ।

 

त्यतीबेला इसीमानाले उपभोग्य म्याद नभएको र गुणस्तरहिन चीनी नष्ट गर्नु पर्ने कानूनी प्रावधान रहेको छ । तर चीनीका आयातकर्ताले पथलैया राजस्वको सहयोगमा  गुणस्तरयोग्य चीनी रहेको कागजात बनाउने अन्तिम प्रयास गर्दैछन परिणाम के आउछ त्यो भने हेर्न बाँकी छ । लेखेको थियो अहिले त्यही देखियो ।


सन २०१८ मार्च महिनामा प्याकिङ गरिएको भारतीय चिनीको उपभोग्य मिति २४ महिना उल्लेख गरिएको छ । उल्लेखित मिति अनुसार चिनीको उपभोग्य मिति २०२० को फेब्रुअरी महिनामै समाप्त भएको छ ।

 
उपभोक्ता हित हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारीले राजस्व अनुन्धान कार्यालय पथलैयाले मुद्धा हेर्ने अधिकारी समक्ष कागजात र गाडी नपठाएर अपारदर्शी काम गरेको बताउनु भयो ।

 
एउटा कार्यालयले गुणस्तरहिन भनेको छ त्यती मात्र होइन उपभोग्य मिति समेत नाघेको प्रमाण दिएको अवस्थामा फेरी गुणस्तर मापन किन गरिएको हो ?  उपाध्यक्ष अधिकारीले भन्नु भयो यसले अपारदर्शी खेल तर्फ संकेत गर्छ उपभोक्ताको हित प्रतिकूलको यस्तो काम सहन नगरिने उहाँले चेतावनी दिनु भयो ।

 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.