logo

अपराध नियन्त्रणमा पर्सा प्रहरी सक्रिय, नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकताः प्रहरी उपरिक्षक शाह

 इसीमाना सम्बाददाता      २०७९ पौष २९ गते ०५: ३३ मा प्रकाशित     616   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कोमल शाहले नागरिकको शान्ति सुरक्षा आफनो पहिलो प्राथमिकता रहेको बताएका छन । नागरिकको जीउ धनको रक्षा पहिलो कर्तब्य हो प्रहरी उपरिषक शाहले भने तर समाजमा अपराधका अन्य छिद्रहरुपनि टाल्ने र अपराधीलाई काूननको दायरामा ल्याउने कुरामा प्रहरी क्रियाशिल हुने बताए ।

 


शुक्रवार पत्रकारहरुसंग कुरा गर्दै उपरिक्षक शाहले राजस्व चुहावट नियन्त्रण पनि प्रहरीको दायित्व भित्र पर्ने बिषय भएकोले प्रहरीले सीमापार अवैध कारोवार नियन्त्रणमा भूमिका खेलेको बताए । उनले सीमामा कडाई गरिएको र त्यसको अनुभूती नागरिकले गरेको कुरामा बिश्वास ब्यक्त गरे ।

 

उनले ०७९ पुष महिनामा दर्ता भएका मुद्धाका आधारमा पर्सामा अपराधको अवस्था र त्यसको प्रभावको बिश्लेषण गरे । उनले संस्थागत गुणगर्दी त छैन तर ज्यानको जोखिम हुने खालको अपराध हुन सक्ने तर्फ सबैलाई सचेत हुन आग्रह गर्दै प्रहरीलाई सूचना दिन सघाउन आम नागरिकलाई अपिल गरे ।

पर्सामा पष महिनामा बैकिङ कसुर सम्बन्धी धेरै मुद्धा दर्ता भएका छन । अहिले बैकिङ कसुरका घटना बढेका पनि छन ।
पुष महिनामा सबैभन्दा बढि बैकिंङ कसुर सम्बन्धि मद्दाका ५१ वटा उजुरी जिल्लामा दर्ता भएको छ । त्यस्तै अभद्र व्यवहारका ४४ वटा, लागु औषधका २२ वटा र चोरीका २१ वटा मुद्दा पर्सा प्रहरीको कार्यालयमा पुगेको छ ।

 

पर्साका प्रहरी उपरिक्षक कोमल शाहका अनुसार। पुस महिनामा जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीका ६ वटा मुद्दा दर्ता भएका छन् भने कर्तव्य ज्यान, ठगी तथा आपराधिक विश्वासघात र मानव बेचविखन तथा ओसारपसारका ३÷३ वटा मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योग र भवितव्य ज्यानका २÷२ मुद्दाका उजुरी परेका एसपी शाहले बताए ।

 

यसैगरी ज्यान सम्बन्धि, झुण्डिएर मृत्यु भएको र सवारीमा परि ज्यान गएको १÷१ वटा उजुरी परेका छन् । अपरहण तथा शरिर बन्धक, बैङ्क तथा वित्तिय संस्था सम्वन्धि, बाल यौनदुरुपयोग, हातहतियार खरखजना, कालो बजारीका क्रमशः १÷१ वटा मुद्दा जिल्लामा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार लिखत र निर्वाचन सम्बन्धि कसुरमा १÷१ वटा उजुरी परेको उल्लेख छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.