logo

बीरगंजमा खुद्रा ब्यवसाय संचालनमा आउने,मापदण्ड बिपरित भए कारवाही हुने प्रशासनको कडा शर्त

      6/3/2020 गते 00 00 मा प्रकाशित     1819   पटक पढिएको

पर्सामा बिभिन्न ब्यवसायलाई २३ गतेदेखी संचालन अनुमती प्रदान गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्ण कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले जेठ ३२ गते सम्मको बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । 

 

बन्दाबन्दीका कारण अर्थतन्त्रमा परेको प्रभावलाई ध्यान दिदै अर्थतन्त्रलाई चलायमान बनाउन केही ब्यवसायलाई कोरोना भाइरसको संक्रमणलाई फैलन नदिने गरि संचालनको ब्यवस्था मिलाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनु भयो ।

 

 नयाँ निर्णय अनुसार औषधी पसलहरु २४ घण्टा बैक तथा बित्तिय संस्थाहरु नियमित,अत्यावश्यक बस्तुहरु  खाद्य किराना आलु प्याज पानी दुग्ध ग्याँस बिक्री गर्ने पुलहरु  हरेक दिन बिहान ५ देखी ९ बजे सम्म , तरकारी तथा फलफूल (सटरमा राखिएका वा मोबाइल) हरेक दिन विहान ५ बजेदेखि ९ बजेसम्म तर तरकारीहरु हाट बजार र मण्डीमा वा खुला स्थानमा राखेर बिक्री गर्न नपाउने समेत ब्यवस्था गरिएको छ । 


त्यसैगरि रेडिमेट, कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, आदिका पसलहरु जोर गते विहान ११ बजेदेखि दिउसो ४ बजेसम्म , हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल विजोर गते विहान ११ बजेदेखि दिउसो ४ बजेसम्म संचालन गर्ने गरि निर्णय गरिएको छ ।

 

माछा, कुखुरा तथा सोको दाना, पशु आहार, खाद्य, किराना, कृषि उत्पादन, मल, बीउ, सिमेन्ट, डण्डी, जस्तापाता, कोइला, विटुमिन तेल, क्लिन्कर, निर्माण सामाग्रीहरु लगायत अन्य मालवस्तुको ढुवानी हरेक दिन साँझ ७ बजेपछि गर्न पाइने निर्णय भएको छ ।

 

सिनेमा हल, जिमखाना, होटल, रेष्टुरेन्ट,चियापसल (फुटपाथमा राखिएका समेत) मिठाइपसल, मदिराजन्य पसल, सैलुन, मठ मन्दिर, मस्जिद, गुम्बा, अन्य मानिसहरुको भिडभाड हुने स्थलहरु तथा सार्वजनिक बस, रिक्सा, टेम्पो, मोटरसाइकल, साइकल लगायतका पास नभएका सम्पूर्ण सवारी साधन भने पूर्ण रुपमा बन्द रहने छन । 


पसलहरु संचालन गर्दा स्थानीय प्रशासनले केही मापदण्ड तयार गरेको छ । सेवा  प्रवाह एवं मालसामान खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन गर्ने जिम्मेवारी सम्वन्धित संस्था÷व्यवसायीको हुनेछ ।

 

ब्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ ।  बैंक, वित्तीय संस्था तथा पसलमा  सेनेटाइजरको व्यवस्था गर्नुपर्नेछ । व्यवसाय संचालन तथा मालसामान खरिद गर्न जाँदा सवारी साधनको प्रयोग गर्न पाइने छैन ।

 

तर बैंक, वित्तीय संस्था, औषधी पसल जस्ता अति आवश्यक सेवा संचालन गर्नको लागि सवारी साधनको प्रयोग गर्नुपर्ने अवस्थामा मुख्य शहरभन्दा बाहिर तोकिएका स्थानमा पार्किङ् गर्न सकिनेछ । 

 


 बीरगंज उद्योग वाणिज्य सँघलाई  विभिन्न व्यवसायीहरुको संलग्नतामा एउटा मापदण्ड कार्यान्वयन टोली बनाइ उल्लेखित प्रावधान एवं नेपाल सरकारले निर्धारण गरेका अन्य मापदण्ड कार्यान्वयन गर्न गराउन पहल गर्ने जिम्मेवारी दिइएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र वा जिल्ला सुरक्षा निकायका प्रतिनिधिले अनुगमन गर्दा उल्लेखित प्रावधानहरुको पालना भएको नपाइएमा त्यस्ता सेवा वा व्यवसाय बन्द गराई संक्रामक रोग ऐन, २०२० तथा प्रचलित कानून बमोजिम कारवाही गर्ने सम्मको मापदण्ड तयार गरिएको छ ।


विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमणको रोकथाम, नियन्त्रणका नेपाल सरकार तथा स्थानीय प्रशासनले जारी गरेको आदेशको पालना गरी साथ दिएकोमा पर्साका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, संचारकर्मी लगायत सबैमा स्थानीय प्रशासनले धन्यवाद दिएको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.