logo

दया फाउण्डेशन र भि.सीं.एन भोकको समस्या हल गर्दै,आहतमा परेका नागरिकलाई राहत

      6/1/2020 गते 00 00 मा प्रकाशित     1009   पटक पढिएको

जिराभवानी गाउँपालिकाको वडा नं ५ शंकर शरैयाको बिपन्न ७५ घर परिवारलाई राहत उपलब्ध गराइएको छ ।

 

एनआरएन का आइसीसी सदस्य अरुण कुमार ठाकुर बीरगंज लक्ष्मणवाका हरिनारायण साह  तथा दया फाउण्डेशन र भि.सीं.एन संस्थाको सहयोगमा ७५ घर परिवारलाई राहत उपलब्ध गराइएको सामाजिक अभियान्ता प्रकाश थारुले जानकारी दिनु भयो । 

 


ज्याला मजदुरी गरेर आफनो र परिवारको जीवन चलाउदै आएका मुसहर,माझी,चमार र पासवान जातिका ब्यक्तिहरु अहिले महामारीका कारण रोजगार अभावमा समस्यामा परेका थिए । 

 


स्थानीय सरकारले उनीहरुलाई राहत नदिएको उनीहरुको गुनासो पनि रहेको छ । भोकले समस्यामा पर्नु ठिक नहुने भन्दै राहतको ब्यवस्थापनमा आफूहरु लागेको भिएस्एनका अध्यक्ष दीप कचापागाईले बताउनु भयो । 


राहत बितरणमा स्थानीय  संजय चौधारी, महेश दहैत, बिनोद राउत लगायतले सहजीकरण गर्नु भएको थियो ।

 

राहत आवश्यक  परिवारको तथ्याक संकलन राहत सामाग्रीको ब्यवस्थापन र बितरणमा उहाँहरुले योगदान गर्नु भएको थियो ।

 

राहत सामाग्रीमा प्रति परिवारकालागि १५ केजी चामल,दाल १ केजी,खाने तेल आधा लिटर,आलु २ केजी,प्याज १ केजी ,नून १ किलो,सावुन २ थान रहेको सामाजिक अभियान्ता थारुले जानकारी दिनु भयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.