logo

पर्सा प्रहरीको ज्यादती विरुद्ध महानगरका सफाईकर्मीद्वारा काम ठप्प, फोहोर नउठ्दा रोगको संक्रमण फैलिने जोखिम 

      5/30/2020 गते 00 00 मा प्रकाशित     1264   पटक पढिएको

वीगन्ज, १७ जेठ । स्थानीय प्रहरी प्रशासनको ज्यादतीका कारण वीरगन्ज महानगरपालिकाको सरसफाई आजबाट ठप्प भएको छ । महानगरपालिकाको सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट गरी ज्यादती गर्न थालेपछि त्यसको विरोधमा सफाई कर्मचारीहरुले काम रोकेपछि आजदेखि वीरगन्ज महानगरपालिकाको फोहोर उठेको छैन ।

वीरगन्ज महानगरपालिकाले ठेक्का मार्फत र महानगरपालिकाकै सरसफाई कर्मचारीहरु मार्फत पनि पोहोर उठाउदै आएकोमा लकडाउनको समयमा सरसफाईमा खटिएका कर्मचारीहरुलाई प्रहरीले कुटपिट र दुव्र्यवहार गर्न थालेपछि उनीहरुले फोहोर उठाउन छोडेका हुन् ।

अस्ती बिहिबार एकजना सरसफाई शाखाका कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेको थियो । घटनाको बारेमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तसँग गुनासो गर्दा एसपी पन्त उल्टै हाँसेर मात्रै गएको र कुनै जवाफ नदिएपछि कर्मचारीहरु काम नआएको सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताउनुभयो ।

सफाई कर्मचारी फोहोर उठाउन नआएपछि वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई जानकारी गराएको र मेयर सरावगीले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की र एसपी गंगा पन्तसँग समन्वय गरेर फेरी सफाई कर्मचारीहरुलाई काममा फर्काएका थिए । तर, हिजोसाँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईटतिर लिएर जानेक्रममा वीरगन्जको माईस्थान नजिकै डिउटीमा खटिएको प्रहरीले सफाई कर्मचारीलाई अवरोध गरेर दुव्र्यवहार गरेपछि आजदेखि सफाई कर्मचारीहरु काममा नआएका कारण महानगरपालिकाको पोहोर उठेको छैन ।

कोरोनाको महामारीमा पनि ज्यान जोखिममा राखेर सरसफाईमा खटिएका कर्मचारीहरुमाथि प्रहरी प्रशासनले पटक पटक अनावश्यक दुःख दिने गर्दा काम गर्न समस्या भएको ठेकेदार गुप्ताले बताउनुभयो । सडकमा डिउटीमा खटिने प्रहरीलाई सरसफाई कर्मचारीको परिचय पत्र देखाएर गृहमन्त्रालयले परिपत्र गरेको कागज देखाउदा समेत प्रहरीले को हो गृहमन्त्रालय ? हामी मान्दैनौ एसपीले जे आदेश दिन्छ त्यही गर्छौ भनेर जवाफ दिने गरेको सरसफाई कर्मचारीहरुले बताएका छन् ।

लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउने नाममा ज्यादती गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचनाहरु हुदै आएको छ । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी पनि स्थानीय प्रहरी प्रशासनले समन्वयकारी भूमिका निर्वाह नगरेको गुनासो गर्नुभएको छ ।

महानगरपालिकाका सरसफाई कर्मचारीहरुलाई दैनिक जसो प्रहरीले दुख दिने गरेकोले सरसफाईमा समेत प्रभावित हुन पुगेको बताउनुभयो । अतिआवश्यकीय काममा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी, खाद्यान्न व्यवसायी, औषधि व्यवसायी र सञ्चारकर्मी मात्रै होईन नागरिक समाजले पनि प्रहरीको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

नागरिक समाजले लकडाउन पालनाको नाममा प्रहरी आक्रामक रुपमा प्रस्तुत भई कुटपिटमा उत्रिनु अत्यन्त दुखद रहेको भन्दै नागरिक समाजले प्रहरीको कार्यशैली सुधार गर्न अनुरोध गरेको छ । प्रहरीको कार्यशैलीमा सुधार नआए नागरिक समाज जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाउने तयारीमा रहेको नागरिक समाजका एक सदस्यले बताए ।

प्रमुख जिल्ला अधिकारी पनि बाहिरको अवस्था बुझ्न ननिस्किने, प्रहरीले सडकमा नागरिकलाई दुख दिने गरेको भन्दै नागरिकमैत्री व्यवहार नगरेकोमा नागरिक समाजले दुःख व्यक्त गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.