logo

आठ वर्ष पूल बनाउन अवरोध ,चार वर्ष संचालनमा अवरोध , ठोरीबासीको सपना पुरा हुन नदिन कायमै  भारतीय अवरोध

      5/28/2020 गते 00 00 मा प्रकाशित     1714   पटक पढिएको

चार वर्ष अघि निर्माण भएको ढुटेखोला पुल पर्साको सुदुर बिकटको ठोरीका बासिन्दाले निकै दुःख र सास्ती खेपेर  हिजोबाट संचालनमा ल्याएका थिए  तर भरतीयहरुले फेरी अवरोध सृजना गर्न खोजेका छन ।

 

भारतीय पक्षले पूल निर्माण मा नै धेरै लामो समय सम्म अवरोध सृजना गरेको थियो । भारतले पटक–पटकको अवरोध गरे पनि झन्डै आठ वर्षपछि पर्साको ठोरीस्थित ठुटे खोलामा पुल बनेको हो  ।

 

पूल निर्माण हुने जमिन भारतको हो भनेर दावी गर्दै भारतले समस्या सृजना गरेको थियो तर पछि अहिले पूल निर्माण भएको स्थानबाट करिब ५०  मिटर दक्षीण सम्म नेपाली सीमा कायम भयो । आफनै सीमामा बनेको पूल संचालनमा पनि भारतीय पक्ष अवरोधक बनिरह्यो । 

पुलको पुर्वपट्टीबाट तीनवटा कुलो निकालिएको छ । एउटा नेपाल तर्फ जान्छ दुईवटा भारत तर्फ जान्छन  ।भारत तर्फ जाने एउटा कुलो पूलको पिलर  संग जोडिएको छ ।

 

कुलो नपुर्दा पुलको सरचना बिग्रने भन्दै नेपाली पक्ष कुलो पर्नु पर्ने अडानमा रहेका छन। तर सिचाईको प्रश्न भएकोले दुईवटा कल्भर्ट  मार्फत पानीको निकास गर्ने र भारतीय पक्षले आफनो सीमामा पानी वाडफाँड गर्नु पर्ने सुझाव नेपाली पक्षले दिदै आएको छ ।

 

भारतको धमौरा र सुभद्राका नागरिकले आफनो अडान नछोडेकै कारण पुल निर्माण भएको चार वर्ष हुदा समेत संचालन भएको थिएन ।

 

नेपाली पक्षले चार मिटर फराकिले कल्भर्ट हालेर पानीको निकास दिने र भारतीय पक्षले पानी वाँटफाँट गर्नु पर्ने भन्दै पूलको पिल्लरसंग जोडिएको कुलो पुरेर पुल संचालनमा ल्याएका थिए ।

 

एउटा कुलो पुरेर पूल सम्मको एप्रोच सडक  बनाए पछि आज  भारतीय सिमा सुरक्षा बल ,बिहार प्रहरी र सिमावर्ती स्थानीय भारतीयले कुलो भत्काउन खोजेर पुल सन्चालनमा अवरोध पुर्याउन खोजेका हुन् ।

 

आज सांझतिर भारतीय सुरक्षाकर्मी सहित उपस्थित भएका भारतीय पक्षले हिजो पुरिएको कुलो भत्काउन खोजेका थिए । नेपाली भूभागमा प्रवेश गरेर भारतीय सुरक्षाअधिकारी सहितको टोलीले,  कुलो खन्न थाले पछि ठोरीबासीले प्रतिकार गरेका थिए ।

 

नेपाली पक्षले कुलो भत्काउन नदिएपछि भारतीय पक्ष फर्किएको सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिनुभयो ।माथिको आदेश भन्दै कुलो भत्काउन आएका भारतीय पक्ष र ठोरीका स्थानीयबीच केहिबेर भनाभन भएको समेत उहाँले बताउनुभयो ।

 

ठोरीका स्थानीयले भारतीय पक्ष हतियार सहित नेपाल प्रवेश गरेको बताएपनि सशस्त्र प्रहरी निरीक्षक दाहालले दसगजाभित्र नै भारतीय सुरक्षाकर्मी बसेको र नेपाल प्रवेशगरेकाहरुसंग हतियार नभएको बताउनु भयो  ।


 ठूलो संख्यामा भेला भएका नेपाली पक्षले कुलो भत्काउन नदिएपछि भारतीय पक्षले माथीको आदेश भन्दै कुलो सन्चालन गर्न पाउनुपर्ने भन्दै केहिबेर बखेडा गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।नेपाली पक्ष कुलो भत्काउन नदिने अडानमा बसेपछि भारतीय पक्ष अवेरमात्र फर्किएको हो।

 

ठोरी वडा २ र ३ जोड्ने पुल भारतीयकै विवादको कारण निर्माण सम्पन्न भएको ४ बर्ष  भन्दा बढी समय हुँदा पनि सन्चालनमा आएको थिएन ।नेपालका स्थानीय सरोकारवालाहरुको बैठकले पुल संचालन गर्ने निर्णय गरेसंगै हिजोदेखी पुल सन्चालनमा आएको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.