logo

आठ वर्ष पूल बनाउन अवरोध ,चार वर्ष संचालनमा अवरोध , ठोरीबासीको सपना पुरा हुन नदिन कायमै  भारतीय अवरोध

      5/28/2020 गते 00 00 मा प्रकाशित     1508   पटक पढिएको

चार वर्ष अघि निर्माण भएको ढुटेखोला पुल पर्साको सुदुर बिकटको ठोरीका बासिन्दाले निकै दुःख र सास्ती खेपेर  हिजोबाट संचालनमा ल्याएका थिए  तर भरतीयहरुले फेरी अवरोध सृजना गर्न खोजेका छन ।

 

भारतीय पक्षले पूल निर्माण मा नै धेरै लामो समय सम्म अवरोध सृजना गरेको थियो । भारतले पटक–पटकको अवरोध गरे पनि झन्डै आठ वर्षपछि पर्साको ठोरीस्थित ठुटे खोलामा पुल बनेको हो  ।

 

पूल निर्माण हुने जमिन भारतको हो भनेर दावी गर्दै भारतले समस्या सृजना गरेको थियो तर पछि अहिले पूल निर्माण भएको स्थानबाट करिब ५०  मिटर दक्षीण सम्म नेपाली सीमा कायम भयो । आफनै सीमामा बनेको पूल संचालनमा पनि भारतीय पक्ष अवरोधक बनिरह्यो । 

पुलको पुर्वपट्टीबाट तीनवटा कुलो निकालिएको छ । एउटा नेपाल तर्फ जान्छ दुईवटा भारत तर्फ जान्छन  ।भारत तर्फ जाने एउटा कुलो पूलको पिलर  संग जोडिएको छ ।

 

कुलो नपुर्दा पुलको सरचना बिग्रने भन्दै नेपाली पक्ष कुलो पर्नु पर्ने अडानमा रहेका छन। तर सिचाईको प्रश्न भएकोले दुईवटा कल्भर्ट  मार्फत पानीको निकास गर्ने र भारतीय पक्षले आफनो सीमामा पानी वाडफाँड गर्नु पर्ने सुझाव नेपाली पक्षले दिदै आएको छ ।

 

भारतको धमौरा र सुभद्राका नागरिकले आफनो अडान नछोडेकै कारण पुल निर्माण भएको चार वर्ष हुदा समेत संचालन भएको थिएन ।

 

नेपाली पक्षले चार मिटर फराकिले कल्भर्ट हालेर पानीको निकास दिने र भारतीय पक्षले पानी वाँटफाँट गर्नु पर्ने भन्दै पूलको पिल्लरसंग जोडिएको कुलो पुरेर पुल संचालनमा ल्याएका थिए ।

 

एउटा कुलो पुरेर पूल सम्मको एप्रोच सडक  बनाए पछि आज  भारतीय सिमा सुरक्षा बल ,बिहार प्रहरी र सिमावर्ती स्थानीय भारतीयले कुलो भत्काउन खोजेर पुल सन्चालनमा अवरोध पुर्याउन खोजेका हुन् ।

 

आज सांझतिर भारतीय सुरक्षाकर्मी सहित उपस्थित भएका भारतीय पक्षले हिजो पुरिएको कुलो भत्काउन खोजेका थिए । नेपाली भूभागमा प्रवेश गरेर भारतीय सुरक्षाअधिकारी सहितको टोलीले,  कुलो खन्न थाले पछि ठोरीबासीले प्रतिकार गरेका थिए ।

 

नेपाली पक्षले कुलो भत्काउन नदिएपछि भारतीय पक्ष फर्किएको सशस्त्र प्रहरी निरीक्षक दिपक दाहालले जानकारी दिनुभयो ।माथिको आदेश भन्दै कुलो भत्काउन आएका भारतीय पक्ष र ठोरीका स्थानीयबीच केहिबेर भनाभन भएको समेत उहाँले बताउनुभयो ।

 

ठोरीका स्थानीयले भारतीय पक्ष हतियार सहित नेपाल प्रवेश गरेको बताएपनि सशस्त्र प्रहरी निरीक्षक दाहालले दसगजाभित्र नै भारतीय सुरक्षाकर्मी बसेको र नेपाल प्रवेशगरेकाहरुसंग हतियार नभएको बताउनु भयो  ।


 ठूलो संख्यामा भेला भएका नेपाली पक्षले कुलो भत्काउन नदिएपछि भारतीय पक्षले माथीको आदेश भन्दै कुलो सन्चालन गर्न पाउनुपर्ने भन्दै केहिबेर बखेडा गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।नेपाली पक्ष कुलो भत्काउन नदिने अडानमा बसेपछि भारतीय पक्ष अवेरमात्र फर्किएको हो।

 

ठोरी वडा २ र ३ जोड्ने पुल भारतीयकै विवादको कारण निर्माण सम्पन्न भएको ४ बर्ष  भन्दा बढी समय हुँदा पनि सन्चालनमा आएको थिएन ।नेपालका स्थानीय सरोकारवालाहरुको बैठकले पुल संचालन गर्ने निर्णय गरेसंगै हिजोदेखी पुल सन्चालनमा आएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.