logo

नेपालमा संक्रमीतको संख्या हजारको नजिक ,प्रदेश नं २ बन्यो कोरोनाको 'हटस्पट'

      5/28/2020 गते 00 00 मा प्रकाशित     1223   पटक पढिएको

कर्णालीमा ८ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।

 


संक्रमित सबै  नारायण नगरपालिकाका हुन् । संक्रमित हुनेमा नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

यता धनुषामा एकैदिन कोरोनाका २९ जना नयाँ संक्रमित थपिएका छन्। बिहीबार बिहान प्रदेश २ मा थपिएका ७६ जना नयाँ संक्रमितमध्ये २९ जना धनुषाका हुन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार प्रदेश २ को धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना पुष्टि भएको हो।

धनुषामा संक्रमण पुष्टि भएका २९ जनामध्ये १८ जना एउटै क्वारेन्टाइनका मानिस रहेको बताइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले २९ जनामध्ये १८ जना धनुषाको लक्ष्मिनिया गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनका मानिस रहेको बताउनु भयो ।

 

८ जना धनुषाकै रहे पनि महोत्तरीको जलेश्वरबाट स्वाब परीक्षण गराएको उहाँले बताउनु भयो ।  यसैगरी दुईजना प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचार गराइरहेका र जनक नन्दनी गाउँपालिका क्वारेन्टाइनमा रहेका एकजनामा संक्रमण पुष्टि भएको छ ।

 

संक्रमण पुष्टि भएका सबैजना भारतबाट आउनेहरू रहेको निरौलाले जानकारी दिनु भयो ।धनुषाका प्रमुख जिल्ला अधिकारीका अनुसार स्थानीय संक्रमण अहिले सम्म देखा परेको छैन । संक्रमण देखिनेहरू केही दिनयता भारतबाट आएकाहरू हुन ।

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन बेडसमेत अभाव देखिन थालेको उहाँले बताउनु भयो  प्रादेशीक अस्पताल र जलेश्रको अस्पताल भरिभराउ छ । नाकाबाट भारतमा रहेका नेपाली फर्किन थालेपछि प्रदेश २ मा संक्रमितको संख्या थपिँदै गएको छ। भारत सरकारले प्रवासी मजदुरलाई घर पठाउन रेल सञ्चालन गरे लगत्तै भारतको विभिन्न स्थानबाट नेपालीहरू प्रदेश २ मा भित्रिइरहेका छन्।

 नेपालमा कुल संक्रमितको संख्या ९९० पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने ५ छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.