logo

बिभिन्न मितिमा रक्सौलमा आइपुगेर क्वारेन्टिनमा रोकिएका स्वदेश  फर्किए,फर्किन पाउदा निकै खुशी छन नेपालीहरु

      5/27/2020 गते 00 00 मा प्रकाशित     1125   पटक पढिएको


लकडाउनका कारण रक्सौलको क्वारेन्टिनमा आश्रय लिएर बसेका करीब ५ सय बढी जना नेपालीलाई आज वीरगञ्ज नाकाबाट भित्र्याइएको छ ।

 

भारतको रक्सौल र आसपासका क्वारेन्टाइनमा राखिएका उनीहरूलाई नेपाल भित्र्याउन वीरगञ्ज महानगरका प्रमुख, स्थानीय प्रशासन नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख स्थानीय नेपाली सेना बिहानैदेखि नाकामा खटिएका छन्

लकडाउनका कारण सीमापारी रक्सौलमा रोकिएका नेपालीहरुले आज आफनो देश प्रवेश पाएका छन । भारतको बिभिन्न स्थानमा रोजगारीकालागि गएका नेपालीहरु लकडाउन पछि  स्वदेश आउनकालागि बिभिन्न मितिमा रक्सौल आइपुगेर त्याहाको क्वारेन्टिनमा रहेका थिए । लकडाउनका कारण नेपाल आउन नपाएका नेपालीहरुलाई नेपाल ल्याउने नीति अख्तियार गरेपछि   आज नेपाल ल्याइएको हो ।

 


रक्सौलको बिभिन्न स्कूल र धर्मशलामा बनाइएको क्वारेन्टिनमा रहेका नेपालीहरुलाई आज नेपाल प्रवेश गराइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताउनु भयो । 

 


बिहानै सशस्त्र प्रहरीका पर्सा प्रमुख दीपेन्द्र कुंवर रक्सौलका क्वारेन्टिनमा पुगेर नेपालीहरुलाई स्वदेश लैजाने कुराको सूचना दिनु भएको थियो । उहाँले म तपाईहरुलाई लिन आएको हु निकै दुःख खेप्नु भयो होला अव चिन्ता नगर्नुहोस पटक पटकको प्रयास पछि आज तपाईहरुलाई देश लान्छौ भने पछि क्वारेन्टिनमा रहेका नेपालीहरु खुशीले गदगद भए ।

 

ताली बजाए, आफनो मातृभुमीको पक्षमा नारा लगाए सशस्त्र प्रहरी नेपाल प्रहरी जिन्दाबाद भने । १८ दिन पछि स्वदेश फर्किन पाएका पर्साको जिराभवानीका त्रिदेव ओझैयाले सरकारले आफूहरुलाई नेपाल भित्र्याउने खवर सुने पछि निकै खुशी लागेको बताउनु भयो । स्वदेश फर्किएपछि गाउँपालिकामा रहेको क्वारेन्टिनमा राख्ने ब्यवस्था मिलाउन समेत उहाँले आग्रह गर्नु भयो ।

 

त्यस्तै सखुवा प्रसौनी गाउँपालिका ३ का भोला ओझौया चौधरी पनि स्वेदेश फर्किन पाउदा खुशी लागेको बताउनु भयो । उहाँले देश  भनेको के हो भन्ने कुरा  रक्सौलको क्वारेन्टिनको बसाईले सिकाएको बताउनु भयो ।
यसअघि बिभिन्न समयमा नेपालीहरुलाई नेपाल ल्याउने स्थानीय प्रशासनको तयारी रहे पनि काउन्टरपार्टले माथिको आदेश नआएको भन्दै रोक्दै आएको थियो । 


सीमाबाट ३ सय ५०  बढी नेपालीहरु नेपाल प्रवेश गरिसकेका छन लाईनमा २ सय भन्दा अझै बढी रहेका छन । रक्सौलबाट स्वेदश प्रवेश गर्नेहरु नेपालका २५ जिल्लाका रहेका छन । 


पर्साका बिभिन्न  स्थानका नागरिकलाई स्थानीय तहले बनाएका क्वारेन्टिनमा पठाइने छ । उपत्याकाका नागरिकलाई बीरगंजको क्वारेन्टिनमा ब्यवस्थापन गरिने स्थानीय प्रशासनले जनाएको छ । 

 

रक्सौलको क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई नेपाल भित्र्याउने पटक पटकको प्रयास बल्ल आज सफल भएको सहायक प्रजिअ बस्नेतले बताउनु भयो । रक्सौबाट नेपाल प्रवेश गरेका नागरिकलाई सीमा इनर्वामा नाम ठेगाना इन्ट्री गरेर प्रवेश गराइएको थियो ।


रुकुम ,दाङ,धादिङ र चितवनबाट त्याहाका नागरिकलाई लैजान बस आइसकेको छ । अन्य कुनै जिल्लाबाट बस नआए पनि स्थानीय प्रशासनले समन्वय गरेर पठाउने तयारी गरेको छ ।

 

आज बेलुकमा सम्ममा सबैलाई पठाउने स्थानीय प्रशासनको तयारी छ । कोही रोकिएमा बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टिनमा राखिने तयारी गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.