logo

प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी

 इसीमाना सम्बाददाता      २०७९ मंसिर ३ गते ०४: १८ मा प्रकाशित     495   पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।

स्थिर समयको बेला मङ्सिर २ गते प्रधानमन्त्री देउवाले डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिएको भन्दै समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।
 
 

उजुरीमा भनिएको छ, ‘डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मिति २०७९/०८/०२ गते बिहान ११ बजेको समयमा डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको मौन अवधिको व्यापक उलङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिने, आर्थिक प्रलोभन दिँदै जनही ५ हजारको दरले पैसा समेत बाँडेको भनी स्थानीय मतदाताले भनेको भन्ने समाचार आम सञ्चारमाध्यममा प्रकाशनरप्रसारणसमेत भएको तथा सञ्चारमाध्यममा प्रसारितरप्रकाशित भिडियोमा सयौँ जना मतदाताको भीड उल्लेखित रातो गुराँस रिसोर्ट प्रालिमा देखिएको हुँदा निर्वाचन आचारसंहिता विरुद्ध काम गर्ने उम्मेदवार शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग नेपाल, कान्तिपथ समक्ष यो निवेदन इमेलमार्फत पेस गरेको छु ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.