logo

नारायणी अस्पताल कोरोना  बिमारी मुक्त , मध्य तराईका नागरिकले नियमित स्वास्थ्य सेवा पाउछनः सरावगी

      5/25/2020 गते 00 00 मा प्रकाशित     1595   पटक पढिएको

कोरोना भाइरस (कोभिड – १९) को संक्रमणमा परी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका ४३ जना आज डिस्चार्ज  भएका छन् ।

 

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष एवं  आवाज एफएमका प्रवन्धक श्याम बन्जारा र  अनलाईनखवरका सम्वाददाता सुरेश बिडारी पनि १४ दिनको आइसोलेशन बसाई पछि कारोना जितेर फर्किनु भएको छ । 

 

पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ भएपछि उहाँहरुलाई कोरोना मुक्त भन्दै डिस्चार्ज गरिएको अस्पतालका मेसु डा .मदनकुमार उपाध्यायले बताउनु भयो  ।

यसअघि नारायणीबाट आइतबार मात्रै १८ जना डिस्चार्ज भएका थिए ।  डा.उपाध्यायले पछिल्लो पटक ३० बैशाख र त्यसभन्दा अघिका विभिन्न मितिमा भर्ना भएका संक्रमितहरु कोरोनामुक्त भएको स्पष्ट पार्नु भयो  । आज ४३ जना कोरोनामुक्त हुँदा नारायणी अस्पतालको आइसोलेसन पनि खाली  भएको उहाँले बताउनु भयो  ।अवको ७२ घण्टा भित्रमा अस्पतालाई निर्मलीकरण (डिस्इन्फेक्टेड) गरेर   आम जनताको सेवामा समर्पित गरिने भएको छ । बीरगंज महानगरले डिसइन्फेक्टेड बनाएर अस्पतालमा नियमित सेवा संचालनको अवस्था बनाउने महानगर प्रमुख बिजय कुमार सरावगीले बताउनु भयो ।
वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख  विजयकुमार सरावगीले वीरगञ्जस्थित नारायणी अस्पतालको जनरल सेवा ७२ घण्टा भित्र सुरु हुने बताउनु भएको छ। 

 

मेयर सरावगीले आफ्नो आधिकारिक फेसबुक हेण्डलबाट आज नारायणी असपतालमा उपचारत सम्पूर्ण कोरोना संक्रमितहरु डिस्चार्ज भएको बताउँदै छिटै नारायणी अस्पतालको आपतकालीन सेवा सहित अन्य सम्पूर्ण सेवाहरु पुन  शुरु हुने बताउनु भएको हो ।

 

कोरोना जीतेर घर फर्किएका दुई पत्रकार सहित अन्यलाई स्वागत गर्न महानगर प्रमुख सरावगी आफै अस्पताल जानु भएको थियो । कोरोना बिजेताहरुलाई पुष्प दिएर उहाँले स्वागत गर्नु भएको थियो । 

 

सोमबार कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका ४३ संक्रमितहरुलाई स्वास्थ्य लाभको शुभकामना दिँदै मेयर सरावगीले भोलिदेखि नै नारायणी अस्पताललाई डिसिन्फ़ेक्ट गर्ने कार्य सुरु हुने समेत जानकरी दिनु भएको थियो । 

 

मेयर सरावगीले नारायणीलाई सर्वसाधारण जनताले उपचार गर्न पाउने अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य महानगरपालिकाले गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

 

नारायणी अस्पताललाई जनताको अस्पताल वनाउन पहल गर्नुहुने पर्सामा क्रियाशिल प्रमुख राजनीतिक दलका नेतृत्वगण,माननीय , संविधानसभाका सदस्य, पूर्व माननीय , जनप्रतिनिधि , नागरिक समाजका अगुवाहरु, प्रमुख जिल्ला अधिकारी सहित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरु, नारायणी अस्पातालका मेसु सहित सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, वीरगंज उद्योग वाणिज्य संघका पदाधिकारी, सम्पूर्ण उद्योगी ब्यवसायीहरु, संचारकर्मीमित्रहरु, आदरणीय वीरगंजवासी दाजुभाई दिदी वहिनीहरुमा विशेष धन्यवाद सहित आभार प्रकट गर्दछु । संकटको घडिमा वीरगञ्जका जनताको सेवाको लागि वीरगञ्ज महानगरपालिका तपाईहरुको साथमा हुने विश्वास दिलाउन चाहन्छु ” उहाँले आफनो सामाजिक संजालमा लेख्नु भएको छ । 

महानगर प्रमुख बिजय सरावगीकै कारण नारायणी अस्पताल फेरी मध्य तराइका  नागरिकको स्वास्थ्य रक्षाको अभियानमा सहभागि हुने भएको छ ।

 

राजनीति नेतृत्वको बहुलठीपनकै कारण नारायणी कोभिड अस्पतालको रुपमा परिणत भएको थियो । धेरै संक्रमीतहरुलाई नयाँ जीवन दिन सकेको नारायणीले अव सीमान्त जीवन यापन गर्ने नागरिकलाई अन्य स्वास्थ्य सम्बन्धी सेवा दिनेछ ।

 

कोरोना बिरुद्धको अभियानमा बीरगंज महानगरका प्रमुखको नेतृत्वमा अन्य ब्यवस्थापन हुने चित्रहरु देखा परेका छन । 

 

अव यस क्षेत्रका बाँकी बिरामी अहिले सोही अस्पतालले महानगरको ब्यवस्थापनमा सञ्चालमा ल्याएको कोरोना विशेष अस्पताल ९गण्डक अस्पताल० मा रहेका छन् । सो अस्पतालमा अहिले २७ जना बिरामी छन् ।

 

नारायणीको पछिल्लो विवरण सहित कोरोना जितेर घर फर्कनेको संख्या १५५ पुग्नेछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.