logo

मुख्यमंत्री राउतद्वारा नारायणी अस्पताललाई स्वास्थ्य समाग्री सहित २५ लाख हस्तान्तरण

      5/25/2020 गते 00 00 मा प्रकाशित     1339   पटक पढिएको

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य सामग्री तथा चेक हस्तान्तरण गर्नु भएको छ ।

 


नारायाणी उपक्षेत्रीय अस्पताल बीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायलाई मुख्यमन्त्री राउतले आज उक्त सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

 

मुख्यमन्त्री राउतले आज हस्तान्तरण गर्नु भएको सामग्रीहरुमा भिटिएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्मोमिटर ३० थान, स्यानीटाइजर २५ लिटर, पिपिई ३० थान, गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान रहेको छ ।

 

यसका अतिरिक्त मुख्यमन्त्री राउतले संक्रमितहरुको खाना र खाजाको लागि प्रदेश सरकारले निर्णय गरे बमोजिम २५ लाख रुपैयाको चेक समेत हस्तान्तरण गर्नु भएको छ ।

 


यस अघि प्रदेश सरकारले नारायणी अस्पताललाई पिसिआर मेसिन उपलब्ध गराउनुका साथै सोको संचालनका लागि ५० लाख रुपैया समेत उपलब्ध गराएको थियो ।


कोरोना महामारीले प्रदेशमै सबै भन्दा बढी प्रभावित रहेको पर्सा र बारा जिल्लाको संक्रमितहरुको उपचारमा समस्या हुन नदिन तथा सम्भावित संक्रमितको पहिचानमा कमि हुन नदिन नारायणी अस्पताललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको छ ।


उक्त अवसरमा मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणकोलागि प्रदेश सरकारले आफनो क्षमता अनुसारको पहलमा कुनै कमि हुन नदिने प्रतिबद्धता समेत जनाउनु भएको हो ।
उहाँले प्रदेश सरकारले घोषणा गरे अनुरुप जनकपुर, बीरगंज र राजविराज बाट कोरोना परीक्षणको लागि पिसिआर मसिन जडान गरि सकेको र थप पिसिआर मेसिनको लागि पहल समेत गरि रहेको बताउनु भयो ।

 

उहाँले विरामीहरुको संख्यामा वृद्धि भए पछि विरगंज र जनकपुरमा थप आइसोलेशन बेड निर्माणको प्रक्रिया समेत शुरु गरि सकेको उल्लेख गर्नु भयो । प्रदेश सरकारले हाल सबै जिल्लामा आइसोलेशन बेड निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको र थप जनशक्ति पूर्ति गर्ने काम समेत गरि सकेको बताउनु भयो ।

 


उहाँ प्रदेशमा भारत लगायतका अन्यमुलुकबाट आउने नागरिकहरुकोलागि नेपाली सेनाले संचालन गर्ने गरि विरगंजमा ५ सय सैयाको होल्डिङ्ग क्वरेन्टाइन, बारा र सप्तरीमा ५/५ सय सैयाको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरु भै सकेको जानकारी गराउनु भयो ।

 


उक्त अवसरमा , प्रदेशसभा  सदस्य प्रह्लाद गिरी,   सिंग्घासन सा कलवार, जन्नत अन्सारी, बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगी प्रतिनिधिसभाका निलम्वित सदस्य हरिनारायण रौनियार  सहितको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.