logo

चुनावमा आतंक सृजना गर्ने षडयन्त्र असफल,वीरंगज भन्सारमा बिस्फोटक पदार्थ समातियो, भंसार छलिको समान छुटाउन प्रचण्ड परिवारको दौडधुप

 इसीमाना सम्वाददाता     २०७९ कार्तिक २७ गते १०: ०७ मा प्रकाशित     621   पटक पढिएको

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई प्रभावित गर्ने गरि भित्र्याउन खोजिएको बिस्फोटक पर्दाथ ( भंसारको भाषामा आतिशवाजी गर्ने पडाकाहरु) वीरगंज भन्सारले नियन्त्रणमा लिएर कारवाही प्रक्रियामा लगेपछि निर्वाचन केन्द्रीत आतंक सृजना गर्ने षडयन्त्र असफल भएको आकंलन गरिएको छ ।


भदौ २१ गते एकिकृत भंसार जाँच चौकी भएर नेपाल भित्रिएको ना ७ ख ८१५२ नम्बरको मालवाहक ट्रक निस्किनै लाग्दा भंसारले चेकजाँचकालागि नियन्त्रणमा लिएको थियो ।

ट्रकमा १ सय १४ पोका कपडा र तीन ठुला पोकामा बिस्फोटक पर्दाथ रहेको वीरगंज भन्सार प्रमुख नवराज ढुगंनाले जानकारी दिए । ट्रकमा ५ करोड ७० लाख भन्दा बढी मूल्यको कपडा रहेको छ भने लाखौको बिस्फोटक पर्दाथ रहेको छ ।

भंसार प्रमुख ढुंगानाले तिहार र छठ पर्वलाई लक्षीत गरेर बिस्पोटक पदार्थ ( पडाकाहरु ) ल्याइएको बताए । तर वीरगंज भन्सार कार्यालयले कार्तिक २१ गतेका दिन ट्रक आइसीपीबाट नियन्त्रणमा लिएकोले भंसार प्रमुखले गरेको दावी जस्तो पडाकाहरु चाडपर्व लक्षीत आयात नगरिएकोे स्पष्ट हुन्छ ।

 

त्यसैपनि नेपाल सरकारले पडाकाहरुको आयातमा प्रतिवन्ध मात्र लगाएको छैन नेपालमा पडाका नपड्काउनकालागि अनुरोध गर्ने गरेको छ र पड्काइएको पाइएमा कारवाही गर्ने गरि यसलाई दण्डनीय बनाएको छ । त्यसैले बिस्फोटक पदार्थको आयातको पछाडी ठुलै योजना रहेको अनुमान लगाउन सकिन्छ ।


बिस्फोटक पदार्थ बोकेको ट्रक छुटाउनकालागि नेपालको ठुलो शक्ति केन्द्रका ब्यक्तिहरुको वीरगंज आगमन र चलखेलले झनै आशंका उत्पन्न गराएको छ ।


भंसार राजस्व छली गरि करोडौ रुपैयाको कपडा र बिस्फोटक पर्दाथ आइसीपी भएर त्यसै आएको छैन । यसका पछाडी ठुलै शक्तिकेन्द्रको हात हुने कुरा स्वभाविक छ ।

भंसारले नियन्त्रणमा लिएको ट्रक र समान छुटाउनकालागि माओवादी सुप्रिमोको बुहारी श्रृजना त्रिपाठी र नभएका बिभिन्न चरणका बैठक सम्पन्न भएका छन ।

यसले पनि निर्वाचनलाई प्रभाव पार्ने, आतंक सृजना गरेर परिणाम आफनो पक्षमा पार्नकालागि बिस्फोटक पर्दाथको प्रयोगको योजना सार्वजनीक भएको छ ।


यद्धपी वीरगंज भन्सार प्रमुखले आफू कुनै बैठकमा सहभागि नभएको र उहाँहरुसंग आफनो भेट नभएको बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्थमंत्री जनार्दन शर्मा समेतले ट्रक छोड्नकालागि दवाव दिएको स्रोतको दावी छ ।

 

तर भंसार प्रमुख ढुंगानाले आफूलाई कसैले दवाव नदिएको दावी गरे । सामान र ट्रक बिवा कारवाही छाड्न प्राविधिक कानूनी कुनै पनि रपमा नमिले पछि प्रक्रियामा प्रवेश गरेर कपडा पार्टीलाई दिने सेटिङमा काम हुदै गरेको स्रोतले जनायो ।

 

अव प्रक्रियामा मालको हकदावी गर्ने सूचना प्रकाश हुने छ । त्यसपछि सामानको मूल्याकंन गरिने छ । स्रोतले ९९ लाख रुपैया सम्म मूल्यांकन हुन सक्ने र पहिलो पटक प्रकाशन भएको लिलाम प्रक्रियमा कसैलाई सहभागि हुन नदिई पूनः मूल्याकंन समिितको बैठक बसी मूल्याकन घटाई ६० लाखको हाराहारी कायम गरि पार्टीले माल पाउने गरि प्रक्रिया शुरु गर्ने सेटिङ भएको स्रोतको दावी छ ।

 

तर भंसार प्रमुख ढुगांनाले खुला प्रतिस्पर्धा पाउने कुराको सुनिश्चितता हुने गरि लिलामी प्रक्रिया अगाडि बढाइने बताए । सीमीत प्रतिस्पर्धाको जुन आशंका गरिएको छ त्यसो हुदैन एकदम पारदर्शी र खुला रुपमा हरेकले प्रतिस्पर्धा गर्न पाउनेगरि प्रक्रिया अगाडि बढने उनले दृढता ब्यक्त गरे ।

वीरगंज भन्सार प्रमुख ढुगांनाले बिस्फोटक पर्दाथ नष्ट गर्ने जनाएका छन । कपडा आवश्यक कारवाही सहित भन्सारले तोकेको दर भन्दा माथि हुने गरि मूल्याकंन गरि लिलामी प्रक्रियामा जाने तयारी गरेको बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

झालर बाल्ने क्रममा वीरगञ्जमा करेन्ट लागेर किशोरको मृत्यु

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिका–१, छपकैया निवासी १७ वर्षीय पीयूष साहको शनिबार साँझ झालर बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ।

पर्सा प्रहरीद्वारा १२ लख मूल्य बराबरको पटकाजन्य पदार्थ नष्ट

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको सुरक्षालाई संवेदनशील मानेर विभिन्न समयमा नियन्त्रणमा लिएका ठूलो परिमाणका अवैध पटाकाजन्य पदार्थहरू नष्ट गरेको छ।

खेलकुद

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।

वीरगन्ज युनाइटेड र आयोजक प्रतिभा युवा क्लबबीचको रोमाञ्चक सेमिफाइनल बराबरीमा, ट्राइबेकरबाट भोली  निर्णय हुने

वीरगन्ज । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज साँझ अत्यन्तै रोमाञ्चक रूपमा सम्पन्न भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.