logo

महानगर प्रमुख सरावगीले गर्नु भयो सहयोगकोअपिल,कोरोनाको संक्रमण नियन्त्रणकालागि पिसीआर मेशिन किन्ने 

      5/22/2020 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

 स्थानीय सरकारको पहलमा कोभिड अस्पताल संचालनमा ल्याउन सफल वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिदको तयारी शुरु गरेको छ ।

 

कोरोना भाईरस कोभिड—१९ को उच्च जोखिममा रहेको वीरगन्ज महानगरपालिकाले अस्पताल संचालनमा ल्याएपछि महानगरवासीलाई सुरक्षित राख्न पीसीआर मेशिन पनि स्थानीय सरकारको तर्फबाटै खरिद गर्ने तयारी गरेको हो ।

 

मेशिन सहित किट खरिदकालागि अभियान शुरु गरेको वीरगन्ज महानगरपालिकाले सहयोगकालागि सबैसंग अपिल गरेको छ । महानगर प्रमुख बिजय कुमार सरावगीले कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनु भयो ।

 

उहाले त्यसकोलागि अव अरुको मुख ताक्ने होयन आफैले काम गर्ने बताउनु भयो । करिब डेढ महिनादेखिको प्रयासमा गण्डक अस्पताललाई कोरोना  विशेष अस्पतालको रुपमा संचालनमा ल्याउन सफल भएपछि महानगरपालकाले पीसीआर मेशिन खरिद गर्ने तयारी गर्न लागेको हो ।

 

नारायाणी अस्पतालमा ७१ जना र २५ जनाको सिद्धार्थ माध्यामिक विद्यालयमा बनाईएको सेमी आईशोलेसनमा उपचार भईरहेकोमा गण्डक अस्पताललाई नारायणी अस्पतालकै इकाईको रुपमा कोरोना अस्पताल बनाएपछि अहिले सिद्धार्थ माध्यामिक विद्यालयमा रहेका २४ जनालाई गण्डकमा बिहीबार सारिएको छ ।

 

लामो राजनीतिक लडाईपछि वीरगन्ज महानगरपालिकाले केन्द्र सरकारसँग पहल गरेर गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउन सफल भएको हो । गण्डक हस्पिटलका संचालक एवं नेकपाका महानगरअध्यक्ष रहबर अन्सारीले कोभिड अस्पताल बनाउन निःशुल्क दिने घोषणा गरेपछि शुरु भएको राजनीति अन्तत पूर्णविराम लागेको छ ।

 

सरकारी प्रकृयाको झण्झट, आफनै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारको अवरोध तथा व्यक्तिगत राजनीतिक प्रतिशधका कारण उत्पन्न खिचलो तथा विभिन्न आलोचना र टिकाटिप्पणीकाबीच पनि कोभिड अस्पताल स्थापना गर्न निरन्तर लागि रहेका वीरगन्ज महानगरपालिकाका मेयर विजय  कुमार सरावगीलाई जिल्लाका राजनीतिक दल, नेकपाका नेताहरु र स्थानीयको समर्थनले कोभिड अस्पताल स्थापनामा सफलता प्राप्त भएको हो  ।

 

अस्पताल स्थापनामा अहोरात्र खटेका मेयर सवारवगीलाई आफनै  दलका नेता र कार्यकर्ताहरुले पनि कडा अलोचना गरेर विभिन्न आरोप समेत लगाएका थिए ।

 

तर, उहाँ  ती आरोप  र आलोचनाको पछि नलागि वीरगन्ज महानगरपालिकालाई कोरोना भाईरस कोभिड १९ बाट कसरी बचाउन सकिन्छ भन्नेतर्फमात्रै निरन्तर लागिरहनु भयो  ।

 

वीरगन्ज महानगरपालिकाका कर्मचारी, नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि उहाँलाई भरपुर सहयोग र साथ रह्यो । उहाँ कोभिड अस्पताल स्थापना गर्ने लडाईमा अग्रपंक्तिमा रहनु भयो  ।

 

गण्डक अस्पताललाई कोभिड अस्पताल स्थापना गरी संचालनमा ल्याएपछि अब वीरगन्ज महानगरपालिकाले आफ्नै छुट्टै पीसीआर मेशिन खरिद गर्ने तयारीमा रहेको मेयर सरावगीले बताउनु भयो  । उहँले बिहिबार नै सामाजिक सञ्जाल फेसबुकमा पीसीआर मेशिन र किट खरिदको तयारी गरेको भन्दै सहयोगका लागि अनुरोध गर्नु भएको थियो  ।

 

पीसीआर मेशिन खरिदका लागि छलफल भईरहेको र एकदुई दिनमै बोलबत्र समेत आह्वान गरिने उहाँले बताउनु भयो  । मेयर सरावगीले भन्नु भयो , “मैले शुरुमै भनेको थिए  वीरगन्जमा पाँच हजारको पीसीआर परीक्षण गर्नुपर्छ ।

 

अब संक्रमितको संख्यापनि वृद्धि हुदै गएको छ । त्यसैले अब १५ हजार किट र पीसीआर मेशिन खरिदको तयारीमा छौं । एकदुईदिन मै बोलपत्र पनि आह्वान गर्ने तयारीमा छौं ।” पीसीआर मेशिनको खरिदका लागि छलफल चलिरहेकोले यसमा चाडै निर्णय हुने पनि उहााले बताउनु भयो ।

 

उहाँले भन्नु भयो , “म जर्मनीको मेशिनको खोजीमा छु । अहिलेसम्म जर्मनीको मेशिन नै धेरै संचालनमा रहेको र भरपर्दो पनि भएकोले त्यही मेशिन ल्याउने सोचमा छु ।” मेयर सरावगीले महानगरपालिका आफैले पीसीआर मेशिन खरिद गर्ने र सहयोगका लागि सामाजिक सञ्जालमा अनुरोध गरेपछि सहयोग गर्नेहरुपनि अगाडि आउन थालेका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.