logo

महानगर प्रमुख सरावगीले गर्नु भयो सहयोगकोअपिल,कोरोनाको संक्रमण नियन्त्रणकालागि पिसीआर मेशिन किन्ने 

      5/22/2020 गते 00 00 मा प्रकाशित     1087   पटक पढिएको

 स्थानीय सरकारको पहलमा कोभिड अस्पताल संचालनमा ल्याउन सफल वीरगन्ज महानगरपालिकाले कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिदको तयारी शुरु गरेको छ ।

 

कोरोना भाईरस कोभिड—१९ को उच्च जोखिममा रहेको वीरगन्ज महानगरपालिकाले अस्पताल संचालनमा ल्याएपछि महानगरवासीलाई सुरक्षित राख्न पीसीआर मेशिन पनि स्थानीय सरकारको तर्फबाटै खरिद गर्ने तयारी गरेको हो ।

 

मेशिन सहित किट खरिदकालागि अभियान शुरु गरेको वीरगन्ज महानगरपालिकाले सहयोगकालागि सबैसंग अपिल गरेको छ । महानगर प्रमुख बिजय कुमार सरावगीले कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गरि त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न आवश्यक रहेको बताउनु भयो ।

 

उहाले त्यसकोलागि अव अरुको मुख ताक्ने होयन आफैले काम गर्ने बताउनु भयो । करिब डेढ महिनादेखिको प्रयासमा गण्डक अस्पताललाई कोरोना  विशेष अस्पतालको रुपमा संचालनमा ल्याउन सफल भएपछि महानगरपालकाले पीसीआर मेशिन खरिद गर्ने तयारी गर्न लागेको हो ।

 

नारायाणी अस्पतालमा ७१ जना र २५ जनाको सिद्धार्थ माध्यामिक विद्यालयमा बनाईएको सेमी आईशोलेसनमा उपचार भईरहेकोमा गण्डक अस्पताललाई नारायणी अस्पतालकै इकाईको रुपमा कोरोना अस्पताल बनाएपछि अहिले सिद्धार्थ माध्यामिक विद्यालयमा रहेका २४ जनालाई गण्डकमा बिहीबार सारिएको छ ।

 

लामो राजनीतिक लडाईपछि वीरगन्ज महानगरपालिकाले केन्द्र सरकारसँग पहल गरेर गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउन सफल भएको हो । गण्डक हस्पिटलका संचालक एवं नेकपाका महानगरअध्यक्ष रहबर अन्सारीले कोभिड अस्पताल बनाउन निःशुल्क दिने घोषणा गरेपछि शुरु भएको राजनीति अन्तत पूर्णविराम लागेको छ ।

 

सरकारी प्रकृयाको झण्झट, आफनै पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारको अवरोध तथा व्यक्तिगत राजनीतिक प्रतिशधका कारण उत्पन्न खिचलो तथा विभिन्न आलोचना र टिकाटिप्पणीकाबीच पनि कोभिड अस्पताल स्थापना गर्न निरन्तर लागि रहेका वीरगन्ज महानगरपालिकाका मेयर विजय  कुमार सरावगीलाई जिल्लाका राजनीतिक दल, नेकपाका नेताहरु र स्थानीयको समर्थनले कोभिड अस्पताल स्थापनामा सफलता प्राप्त भएको हो  ।

 

अस्पताल स्थापनामा अहोरात्र खटेका मेयर सवारवगीलाई आफनै  दलका नेता र कार्यकर्ताहरुले पनि कडा अलोचना गरेर विभिन्न आरोप समेत लगाएका थिए ।

 

तर, उहाँ  ती आरोप  र आलोचनाको पछि नलागि वीरगन्ज महानगरपालिकालाई कोरोना भाईरस कोभिड १९ बाट कसरी बचाउन सकिन्छ भन्नेतर्फमात्रै निरन्तर लागिरहनु भयो  ।

 

वीरगन्ज महानगरपालिकाका कर्मचारी, नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको पनि उहाँलाई भरपुर सहयोग र साथ रह्यो । उहाँ कोभिड अस्पताल स्थापना गर्ने लडाईमा अग्रपंक्तिमा रहनु भयो  ।

 

गण्डक अस्पताललाई कोभिड अस्पताल स्थापना गरी संचालनमा ल्याएपछि अब वीरगन्ज महानगरपालिकाले आफ्नै छुट्टै पीसीआर मेशिन खरिद गर्ने तयारीमा रहेको मेयर सरावगीले बताउनु भयो  । उहँले बिहिबार नै सामाजिक सञ्जाल फेसबुकमा पीसीआर मेशिन र किट खरिदको तयारी गरेको भन्दै सहयोगका लागि अनुरोध गर्नु भएको थियो  ।

 

पीसीआर मेशिन खरिदका लागि छलफल भईरहेको र एकदुई दिनमै बोलबत्र समेत आह्वान गरिने उहाँले बताउनु भयो  । मेयर सरावगीले भन्नु भयो , “मैले शुरुमै भनेको थिए  वीरगन्जमा पाँच हजारको पीसीआर परीक्षण गर्नुपर्छ ।

 

अब संक्रमितको संख्यापनि वृद्धि हुदै गएको छ । त्यसैले अब १५ हजार किट र पीसीआर मेशिन खरिदको तयारीमा छौं । एकदुईदिन मै बोलपत्र पनि आह्वान गर्ने तयारीमा छौं ।” पीसीआर मेशिनको खरिदका लागि छलफल चलिरहेकोले यसमा चाडै निर्णय हुने पनि उहााले बताउनु भयो ।

 

उहाँले भन्नु भयो , “म जर्मनीको मेशिनको खोजीमा छु । अहिलेसम्म जर्मनीको मेशिन नै धेरै संचालनमा रहेको र भरपर्दो पनि भएकोले त्यही मेशिन ल्याउने सोचमा छु ।” मेयर सरावगीले महानगरपालिका आफैले पीसीआर मेशिन खरिद गर्ने र सहयोगका लागि सामाजिक सञ्जालमा अनुरोध गरेपछि सहयोग गर्नेहरुपनि अगाडि आउन थालेका छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.