logo

निषेधाज्ञा सकियो,लकडाउन प्रभावकारी पार्ने निर्णय, अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन अनुसार कारवाही गरिने

      5/18/2020 गते 00 00 मा प्रकाशित     1191   पटक पढिएको

बीरगंज  ५ जेठ ।

कोरोनाभाइरस संक्रमितको संख्या वृद्धि भएसँगै पर्सा जिल्लामा गत वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा भोलीबाट  हटाइने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी नराख्ने निर्णय गरेको हो । यद्यपि, लकडाउनलाई भने प्रभावकारी रुपमा कार्यान्वन गरिने समितिले निर्णय गरेको छ ।


लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निम्न अनुसार गर्ने निर्णय भएको छ । 


(क) एम्बुलेन्स, खानेपानी, विद्युत, टेलिफोन मर्मत सम्भारको लागि प्रयोग हुने सवारी साधन, स्वास्थ्यकर्मी बोक्ने सम्बन्धित अस्पतालका यात्रुवाहक सवारी साधन, फोहरमैला व्यवस्थापनमा खटिने जनशक्ति बोक्ने सवारी साधन, औषधी, दुध, पानी पेट्रोलिय पदार्थ ढुवानीका सवारी साधन तथा भन्सारबाट विभिन्न जिल्लाका लागि छुटेका अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबाहक सवारी साधन तथा जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक कार्यको लागि सवारी अनुमति पत्र प्राप्त गरेका सवारी साधनहरुबाहेक अन्य सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउने ।

(ख) अत्यावश्यक वस्तुहरु ९जस्तो खाद्यन्न, किराना, दुध, ग्याँस, पानी आदि० को बिक्री वितरण गर्ने पसलहरु मात्र विहान जतिसक्दो सबेरैदेखि बिहान ८स्३० बजेसम्म मात्र खोल्न दिने । औषधी पसल भने जुनसुकै समयमा पनि खोल्न दिने ।

(ग) साँगुरा गल्ली, ठेलागाडा, चोकहरुमा बिक्री वितरण गर्न नदिने ।

(घ) अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने, व्यवसायी र ग्राहक सबैलाई अनिवार्य रुपमा मास्क लगाउन लगाउने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दुरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने । यसो भएको नपाइए सम्वन्धित व्यवसायीलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गर्ने ।

(ङ) मुख्य बजार क्षेत्रमा भने बिहान ६ बजेदेखि साँझ ७स्३० बजेसम्म खाद्य, किराना पसलहरुसमेत खोल्न नदिने ।

(च) पावर हाउस चोकदेखि रजत जयन्ती चौकसम्मको सडकमा विहान ६ बजेदेखि साँझ ७स्३० बजेसम्म एम्बुलेन्स, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी ओसारपसार गर्ने अस्पतालका सवारी साधन बाहेकका अन्य सवारी साधन समेत संचालमा रोक लगाउने ।

(छ) कृषि कार्यसँग सम्वन्धित सामाग्री, पशुपंक्षीजन्य आहारा, सबै प्रकारका खाद्य वस्तु तथा निर्माण सामाग्री ढुवानीका साधनहरु बीरगंज महानगरपालिका क्षेत्रभित्र बेलुकी ६स्०० बजेदेखि बिहान ६स्०० बजेभित्र मात्र संचालन गर्न दिने ।

(ज) भारतबाट आउने तरकारीलाई पर्सा जिल्लाको लागि प्रवेश निषेध गर्ने तर स्थानीय तरकारीलाई भने होम डेलिभरी गर्न दिने ।

(झ) भिडभाड नहुने तथा कामदार, कर्मचारीहरुबीच भौतिक दुरी कायम गर्नेदेखि तोकिएका सबै स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड र शर्त पालना गर्ने औषधी, खाद्यान्न जस्ता अत्यावश्यक उद्योगहरु संचालन गर्न दिने ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न लक डाउनको उल्लंघन गर्ने एवं शान्ति सुव्यवस्था र अमनचयनमा खलल पुर्याउने व्यक्तिहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कडा कारवाही गर्ने ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.