logo

यस वर्ष पर्सामा गहुँको उत्पादनमा बढ्यो ,प्रति प्रतिहेक्टरमा १९ प्रतिशतले वृद्धि

      5/18/2020 गते 00 00 मा प्रकाशित     1125   पटक पढिएको

बीरगंज  ५ जेठ ।

पर्सामा यसबर्ष गहुँको उपादनमा वृद्धि भएको छ । चालू आर्थिक बर्ष ०७६÷०७७ मा पर्सामा २६ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली लगाईएको थियो ।

 

यस वर्ष  ८० हजार ६ सय मेट्रिक टन गहुँ उत्पादन भएको छ । गत आर्थिक बर्ष ०७५÷०७६ मा पर्सामा ६७ हजार ६ सय  मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।

 

यसबर्ष उत्पादकत्व बढेर १३ हजार मेट्रिकटन बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डाक्टर रामचन्द्र यादवले बताउनुभयो ।

 

डाक्टर यादवका अनुसार गतबर्षको उत्पादकत्व प्रति हेक्टर २.६ मेट्रिक टन रहेको थियो । चालू आर्थिक बर्षमा उपादकत्व बढेर प्रतिहेक्टरमा ३.१ मेट्रिक टन गहुँ उत्पादन भएको छ । गतबर्ष भन्दा यसबर्ष पर्सामा गहुँ उत्पादनमा १९ प्रतिशतले वृद्धि भएको हो ।

 

गहुँलाई आवश्यक पर्ने पानी समयमा परेको, रोगको प्रकोप नदेखिएको र हावाहुरी पनि कम चलेकाले गहुँको उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख डाक्टर यादवले बताउनुभयो ।

 

तर, चैतको अन्तिम सातामा आएको हावाहुरीले पर्सामा ६ हजार ३ सय ५० हेक्टरमा लगाईएको गहुँबालीमा भने क्षति पु¥याएको डाक्टर यादवले जानकारी दिनुभयो । २.८ मेट्रिकटन प्रतिहेक्टरको गहुँ हावाहुरीले क्षति पु¥याएकोले ३.२ मेट्रिक टन् उत्पादन भएको गहुँको औसत फल निकाल्दा यसबर्ष ३.१ मेट्रिकटन प्रतिहेक्टरमा गहुँ  उत्पादन हुँदा १९ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

अखिल नेपाल फुटबल संघको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक

धुलिखेल । अखिल नेपाल फुटबल संघ(एन्फा) आफ्ना पूर्व अध्यक्ष  गणेश थापालाई साधारण सभामा सहभागी हुन बाट रोक  लगाएको छ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो,१ हजार ८ सय ४४ ठाउँमा चेक प्वाइन्ट

काठमाडौँ ।   गृह मन्त्रालयले पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.