logo

नेकपा एमाले जसपा गठबन्धनको बैठक सम्पन्न, चारै क्षेत्रमा भेला गर्ने निर्णय

 इसीमाना सम्बाददाता      २०७९ असोज २९ गते ०८: ३२ मा प्रकाशित     578   पटक पढिएको

नेकपा एमाले जसपा गठबन्धनको निर्वाचन परिचालन संयन्त्रको बैठक शनिवार वीरगंजमा सम्पन्न भएको छ । गठबन्धन प्रति सहयात्री दलका नेताहरुले गम्भिर आशंका ब्यक्त गर्न थालेपछि बैठक भएको छ ।

 

बैठकले महत्वपूर्ण निर्णय गरेको जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमदले जानकारी दिएका छन ।
निर्वाचनको परिणाम सहयात्री दलको पक्षमा पार्नकालागि बैठकमा गम्भिर छलफल भएको उनले बताए ।

 

निर्वाचनलाई आम जनताको वीचमा स्पष्ट रुपमा पुर्याउनकालागि संयुक्त प्रचार समिति गठन गर्ने निर्णय भएको छ । मतदाता समक्ष गठबन्धन, गठबन्धनका उम्मेदवारलाई मतदान गर्नु पर्ने आवश्यकताका बिषयमा प्रचार समितिले काम गर्ने उनले बताए ।

 

गठबन्धनको पक्षमा जनमत परिचालन र आपसी अविश्वासको अनत्यकालागि तत्काल चार वटै निर्वाचन क्षेत्रमा संयुक्त भेलाको आयोजना गरिने गरि बैठकले निर्णय गरेको छ ।


बैठकमा मधेश प्रदेशका मुख्यमंत्री लालबाबु राउत, नेकपा एमालेका केन्द्रीय सदस्यहरु प्रभू हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता जसपा पर्साका अध्यक्ष रामनरेश यादव , सिंगाशन साह कलवार लगायतका नेताहरुको सहभागिता रहेको अहमदले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.