logo

नारायणीका कोरोना संक्रमितलाई पोषण रहित खाना ,अव खानाको ब्यवस्थापन सानो पाइलाले गर्ने

      5/17/2020 गते 00 00 मा प्रकाशित     1552   पटक पढिएको

वीरगन्ज, ४ जेठ । कोरोना भाईरस कोभिड—१९ को हटस्पटको रुपमा रहेको वीरगन्जमा अहिले ९६ जना आईशोलेशनमा उपचार गराईरहेका छन् ।

 

नारायाणी अस्पतालमा ७१ जना र २५ जनाको सिद्धार्थ माध्यामिक विद्यालयमा बनाईएको सेमी आईशोलेसनमा उपचार भईरहेको छ ।

कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न पौष्टिक तत्व भएका पोषणयुक्त खान खानुपर्ने चिकित्सकको सुझाव रहेपनि नारायणी अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई अस्पतालले पोषण रहित खाना खुवाएको विषय समाचार र सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ ।

 

        संक्रमितहरु राखिएको नारायणी अस्पतालको आईशोलेशनमा अहिले दुईजना पत्रकारहरु पनि रहेकाले सामाजिक सञ्जालमा मात्रै होईन पोषण रहित खाना खुवाएको समाचार नै आएको छ । संक्रमित मध्यका एक अनलाईन खबरका संवाददाता सुरेश विडारीले सामाजिक सञ्जाल फेसबुकमा चाऊचाऊ खाएर कोरोनासँग लडिरहेको फोटो पोष्ट गरेका छन ।

             संक्रमित मध्य बालबालिका पनि रहेकोले उनीहरुलाई भूजा र तरकारी दिईएको फोटो सामाजिक सञ्जालमा भाइरल भएका छन् । आईशोलेसनमा राखिएको कोरोना संक्रमितहरुलाई भूजा र बिस्कुट लगायतका पोषण रहित खाना खुवाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा व्यावस्थापनप्रति निकै कडा आलोचना र टिप्पणीहरु पनि गरेका छन् ।

           नारायणी अस्पतालले कोरोना संक्रमितहरुको लागि खाना खुवाउने व्यावस्थापनमा एकजना पोषण विज्ञ सहितको टोली राख्नुपर्ने भएपनि अस्पतालले पोषण विज्ञ विनाकै व्यक्तिलाई खानाको व्यावस्थापनको जिम्मा दिएको अस्पताल स्रोतले जनाएको छ ।

        कोरोना संक्रमितहरुलाई समय तालिका बनाएर पोषणयुक्त खानेकुराहरुको मात्रा मिलाएर दिनुपर्ने भएपनि पोषण विज्ञ नराखी अनुभव नै नभएका व्यक्तिलाई डियुटी गराउनका लागि मात्रै अस्पतालले खटाएको छ ।

 

स्रोतका अनुसार अस्पतालमा यसअघि विवादमा तानिएका व्यक्तिलाई नै खाना खुवाउने व्यावस्थापनको जिम्मा दिएको छ । व्यावस्थानको जिम्मेवार भूमिकामा रहेको व्यक्ति यसअघि विवादमा तानिएको समयदेखि नै नारायणी अस्पतालमा काम विहिन बनाईएका व्यक्ति हुन् ।

 

         संक्रमितको स्वास्थ्यमा खेलबाड गरेर पोषण रहित खाना खुवाएको सर्वत्र आलोचना भएपछि पर्साका राजनीतिक दलहरुले पनि विज्ञप्ति निकालेर यसको ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुले आईतबार विज्ञप्ति जारी गर्दै अस्पतालमा संक्रमितहरुको व्यावस्थापनमा देखिएको कमजोरीलाई सच्याउन माग गरेका छन् ।

 

                  नेकपाका अध्यक्ष प्रभु हजराले व्यावस्थापनमा देखिएका कमीकमजोरीमा राजनीतिक गर्नुभन्दा त्यसलाई तत्कालमा भएका कमीकमजोरीहरुलाई सुधार गर्दै लानुपर्ने बताउनु भयो  । उहाँले अहिलेको समयमा भए गरेका त्रुटीहरुलाई सच्याउन सुझाव र सल्लाह दिदै कोरोना संक्रमणले निम्त्याएको विषम परिस्थितिलाई पार गर्नुको विकल्प नरहेको बताउनु भयो  ।

 

यसैबीच अस्पतालका संक्रमितहरुको लागि खाना, खाजाको व्यावस्था सोमबारदेखि भने सामाजिक संस्थाको जिम्मा दिने भएको छ । अस्पतालका कोरोना संक्रमितहरुको खाना, खाजा व्यावस्थापनका लागि सानोपाईलाले आशय देखाएकोले नारायणी अस्पताल र स्थानीय प्रशासनको समन्वयमा सानोपाईलाले जिम्मा लिने भएको हो ।

 

 पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले अस्पतालमा खाना, खाजाको विषयमा उठेको गम्भीर विषयलाई ध्यानमा राखेर संक्रमितहरुलाई खाना, खाजाको राम्रो प्रबन्ध जसले गरेपनि समन्वय गरिदिन स्थानीय प्रशासन तयार रहेको बताउनु भयो । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.