logo

सखुवा प्रसौनीको सिद्धपुरमा क्वारेन्टिन निर्माणमा ढिलाई ,स्थानीयबासी चिन्तीत, छुट्टै क्वारेन्टिन बनाउन संक्रमीतका साथीहरुको माँग

      5/16/2020 गते 00 00 मा प्रकाशित     1100   पटक पढिएको




बीरगंज ४ जेठ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले बल्ल क्वारेन्टिनको तयारी गर्दै छ । बेलैमा पूर्व तयारी नगर्दा अहिले स्थानीयमा असन्तोष बढेको छ ।

 

सिद्धपुरका ३७ बर्षिय युवामा कोरोना संक्रमित पुष्टि भएपछि मात्र स्थानीय सरकार ब्यवस्थापनमा जुटेको छ । 
संक्रमीत युवा नेपाली सेनाका सेवानिवृत ब्यक्ति हुन ।

 

उनी गाउँमा रहदा तास खेल्ने फूटवल खेल्ने र अन्य सामाजिक काममा समेत संलग्न रहेका थिए । उनीसंग सम्पर्कमा रहेका ब्यक्तिहरुलाई अहिले क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ । स्थानीय ब्यक्तिहरुले दुई स्थानमा क्वारेन्टिन बनाउन माँग गरेका छन । एउटा समुहले छुट्टै बस्न माँग गरिरहेको छ ।

 

संक्रमीत युवाहरुसंग तास खेलेका उनका दामलीहरु छुट्टै क्वारेन्टिनमा बस्ने अडानमा रहे पछि अर्को स्कूलमा थप क्वारेन्टिन बनाउने तयारी भइरहेको स्थानीय अगुवाल सोम भूषालले जानकारी दिनु भयो ।

 

 संक्रमित ३७ बर्षिय पुरुष स परिवार काठमाण्डौमा बस्दै आएका थिए ।   लकडाउनको बेलामा एक महिना परिहला घरमा आएका उनी परिवारसंगै एक हप्ता अगाडि काठमाण्डौ फर्किएका हुन ।

 

 सिद्धपुरमा उनका आमा बुवा रहेका छन । उनको आफनै धान कुटने मिल रहेको छ  । धान कुटाउन पनि गाउँ भरिका मानिसहरु आउने भएकोले सिद्धपुरबासीमा चिन्ता बढेको छ । ति युवा  एक महिना पहिला सब परिवारसंगै सिद्धपुर आफ्नो घर आएका थिए ।

संक्रमीत युवा आफनो दाईको हात काटेकोले उपचारकालागि बीरगंजको नारायणी अस्पतालमा आएका थिए , यही बसाईको वीचमा आफनो ससुराली सुवर्णपुरमा पनि गएर दुई दिन बसेका थिए । 


एक हप्ता पहिला काठमाण्डौ फर्केका उनीमा स्वास्थ्यमा समस्या देखिए पछि काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षणको लागि  स्वाब दिएका थिए ।

 

शुक्रबार आएको रिपोर्टमा ति पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमीतका बारेमा सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप जयसवाले सोही दिन जानकारी पाएपनि क्वारेन्टिन निर्माण र उनीसंग सम्पर्कमा रहेकाहरुलाई छुट्टै राख्ने ब्यवस्थापन हुन सकेको छैन ।

 

संक्रमीत युवाको सम्पर्कमा  आएका २२ जनाको पहिचान भएको छ र उनीहरुलाई क्वारेन्टिनमा राख्नु पर्ने ब्यवस्था गरिदै छ ।

तर संक्रमितको नजिकमा  ५० देखी ६० जना रहेको स्थानीयको भनाई छ  । तिनीहरुको स्वाब संकलन गरी कोरोना परिक्षण गराउनु पर्ने स्थानीयहरुले माग समेत गरेका छन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.