logo

सखुवा प्रसौनीको सिद्धपुरमा क्वारेन्टिन निर्माणमा ढिलाई ,स्थानीयबासी चिन्तीत, छुट्टै क्वारेन्टिन बनाउन संक्रमीतका साथीहरुको माँग

      5/16/2020 गते 00 00 मा प्रकाशित     948   पटक पढिएको




बीरगंज ४ जेठ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिकाले बल्ल क्वारेन्टिनको तयारी गर्दै छ । बेलैमा पूर्व तयारी नगर्दा अहिले स्थानीयमा असन्तोष बढेको छ ।

 

सिद्धपुरका ३७ बर्षिय युवामा कोरोना संक्रमित पुष्टि भएपछि मात्र स्थानीय सरकार ब्यवस्थापनमा जुटेको छ । 
संक्रमीत युवा नेपाली सेनाका सेवानिवृत ब्यक्ति हुन ।

 

उनी गाउँमा रहदा तास खेल्ने फूटवल खेल्ने र अन्य सामाजिक काममा समेत संलग्न रहेका थिए । उनीसंग सम्पर्कमा रहेका ब्यक्तिहरुलाई अहिले क्वारेन्टिनमा राख्ने तयारी भइरहेको छ । स्थानीय ब्यक्तिहरुले दुई स्थानमा क्वारेन्टिन बनाउन माँग गरेका छन । एउटा समुहले छुट्टै बस्न माँग गरिरहेको छ ।

 

संक्रमीत युवाहरुसंग तास खेलेका उनका दामलीहरु छुट्टै क्वारेन्टिनमा बस्ने अडानमा रहे पछि अर्को स्कूलमा थप क्वारेन्टिन बनाउने तयारी भइरहेको स्थानीय अगुवाल सोम भूषालले जानकारी दिनु भयो ।

 

 संक्रमित ३७ बर्षिय पुरुष स परिवार काठमाण्डौमा बस्दै आएका थिए ।   लकडाउनको बेलामा एक महिना परिहला घरमा आएका उनी परिवारसंगै एक हप्ता अगाडि काठमाण्डौ फर्किएका हुन ।

 

 सिद्धपुरमा उनका आमा बुवा रहेका छन । उनको आफनै धान कुटने मिल रहेको छ  । धान कुटाउन पनि गाउँ भरिका मानिसहरु आउने भएकोले सिद्धपुरबासीमा चिन्ता बढेको छ । ति युवा  एक महिना पहिला सब परिवारसंगै सिद्धपुर आफ्नो घर आएका थिए ।

संक्रमीत युवा आफनो दाईको हात काटेकोले उपचारकालागि बीरगंजको नारायणी अस्पतालमा आएका थिए , यही बसाईको वीचमा आफनो ससुराली सुवर्णपुरमा पनि गएर दुई दिन बसेका थिए । 


एक हप्ता पहिला काठमाण्डौ फर्केका उनीमा स्वास्थ्यमा समस्या देखिए पछि काठमाण्डौ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परिक्षणको लागि  स्वाब दिएका थिए ।

 

शुक्रबार आएको रिपोर्टमा ति पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमीतका बारेमा सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप जयसवाले सोही दिन जानकारी पाएपनि क्वारेन्टिन निर्माण र उनीसंग सम्पर्कमा रहेकाहरुलाई छुट्टै राख्ने ब्यवस्थापन हुन सकेको छैन ।

 

संक्रमीत युवाको सम्पर्कमा  आएका २२ जनाको पहिचान भएको छ र उनीहरुलाई क्वारेन्टिनमा राख्नु पर्ने ब्यवस्था गरिदै छ ।

तर संक्रमितको नजिकमा  ५० देखी ६० जना रहेको स्थानीयको भनाई छ  । तिनीहरुको स्वाब संकलन गरी कोरोना परिक्षण गराउनु पर्ने स्थानीयहरुले माग समेत गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.