logo

गण्डक अस्पताल, नारायणीलाई हस्तान्तरण , जनतालाई केन्द्रमा राखेर काम गरेको थिए सन्तोष लागेको छः सरावगी

      5/16/2020 गते 00 00 मा प्रकाशित     1821   पटक पढिएको



बीरगंज ३ जेठ ।

बीरगंज महानगरपालिकाले बीरगंजको गण्डकमा रहेको गण्डक अस्पताललाई कोरोना बिशेष अस्पतालको रुपमा संचालन गर्ने गरि नारायणी अस्पतालाई हस्तान्तरण गरेको छ ।

 

 बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायलाई अस्पातल हस्तान्तरण गर्नु भएको हो ।

 

हस्तान्तरण पूर्व अस्पताल शिल गरिएको थियो । अस्पतालमा सीसी क्यामरा टेलिभिजन सेट जडान गरिएको छ । नारायणी अस्पतालको शाखाका रुपमा कोरोना बिशेष अस्थायी अस्पतालका रुपमा गण्डक अस्पतालमा कोरोनाबाट संक्रमणमा परेका ब्यक्तिहरुको उपचार हुने छ । अस्पताल हस्तान्तरण गर्दै बीरगंज महानगरका प्रमुख बिजय सरावगीले सन्तोष ब्यक्त गर्नु भयो ।

 

अवरोधहरु निकै आए धैर्यता नगुमाईकन जनतालाई केन्द्रमा राखेर काम गरेकोले अस्पताल हस्तान्तारणको क्षणमा आइपुग्दा सन्तोष लागेको उहाँले बताउनु भयो । उहाँले कोरोनाको संक्रमण नियन्त्रण होस त्यसको संक्रमण फैलीन नपाओस भन्ने आफनो चाहना रहेको बताउनु भयो ।

 

प्रमुख सरावगीले  जनताको प्रतिनिधि भएको नाताले पूर्व तयारी गर्नु पर्छ भन्ने हुटहुटी जागेर आउछ त्यसैले कसले के टिप्पणी गर्छ त्यसको प्रवाह नगरि जनतालाई सजिलो होस भनेर ब्यवस्थापनमा लागेको बताउनु भयो ।

 

गण्डक अस्पतालका बिषयमा धेरै टिप्पणीहरु पढियो त्यी टिप्पणीहरुको उद्धेश्य हतोत्साही गर्नु थियो तर जनताको आर्शिवाद साथमा थियो बिगार्ने भन्दा सपार्ने हातहरु पाए उहाँले भन्नु भयो “ त्यसैको परिणाम हो कसरी चल्छ चलाएर देखाउ भन्नेलाई  गण्डक अस्पताल कोरोना बिशेष अस्पतालका रुपमा चल्ने भयो राम्रोसंग हेर्नुहोला भन्छु  ।

 


५० शैय्याको गण्डक अस्पतालमा महानगर प्रमुख सरावगीले आजै २० सेट पूर्ण बेडको ब्यवस्था मिलाउनु भयो । गण्डक अस्पतालमा ७० शैय्याको ब्यवस्था भएको छ । 

 


अस्पताल हस्तान्तरण गर्दै महानगर प्रमुख सरावगीले ३ वटा पानी तताउने टंयाकी,१ सय थान एन नाइन्टी फाइभ मास्क, १ हजार ५ सय थान सर्जिकल मास्क,९० थान पिपीई , पन्जा १ सय ८०  बक्स,थर्मल गन २ थान ९० थान मेडिकल चश्मा ९० जोडी जुत्ताको कभर  ९० थान हेड कभर लगायतका स्वास्थ्य समाग्री तथा उपकरण पनि हस्तान्तरण गर्नु भयो । 

 


महानगरको ब्यवस्थापनमा मुलुकमै पहिलो कोरोना बिशेष अस्पतालको रुपमा नारायणी अस्पतालले आफनो जनशक्ति तथा प्राविधिक नेतृत्वमा कोभिड अस्पताल संचालनमा ल्याउने भएको छ ।

 

अस्पतालको स्वामित्व लिदै मेडिकल सुपरिटेण्डेण्ट डा.मदन कुमार उपाध्यायले अस्पताल चाडै संचालनमा आउने बताउनु भयो । अस्पतालको सेटअप मिलाएर डिसइन्फेक्टेड गरे पछि कोरोना भाइरसका संक्रमणमा परेका ब्यक्तिहरुलाई भर्ना गरिने उहाँले बताउनु भयो । उहाँले त्यसकालागि आवश्यक तयारीमा आफूहरु छुटेको बताउनु भयो ।

 

कोभिड अस्पतालमा सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुकालागि बास र खानाको ब्यवस्था टाउन हलमा गरिएको महानगर प्रमुख सरावगीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.