logo

होटेल बिस्थापन होस भन्ने मनोबिज्ञानका कारण शसस्त्र प्रहरीका नीरिक्षक मल्ललाई लाग्यो आरोप

      5/15/2020 गते 00 00 मा प्रकाशित     1036   पटक पढिएको

बीरगंज  २  जेठ ।

पर्साको ठोरी गाउँपालिकाकाको सुवर्णपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका  शसस्त्र प्रहरी निरिक्षक सागर मल्ललाई गलत आरोप लगाइएको स्रोतको दावी छ । पीडित भनिएकाहरु जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन ।

 

उनीहरुले दिएको प्रारम्भिक  बयानमा सशस्त्र प्रहरी नीरिक्षकलाई लगाएको आरोप पुष्टि हुने आधार नदेखिएको स्रोतले बताएको छ । बिशेष सुराकको आधारमा गस्तीमा गएको शसस्त्र प्रहरीको टोलीले १५ किलो गाँजा पनि समातेको छ । 

 


प्रहरी निरिक्षकको टोली मलाई सूचना दिएरै अप्रेशनमा गएको थियो पर्साका सशस्त्र प्रहरीका एसपी दीपेन्द्र कुंवरले भन्नु भयो “बिशेष सूचना आएको छ भनेर अप्रेशनमा जाने इजाजत मागे पछि मैले हुन्छ भने र यो कुरा माथि पनि जाहेर गरेको थियो । 

 


रातको समयमा गस्तीमा गएको प्रहरी टोली पानी परेपछि रामनगरको एउटा होटेलमा खाना खान बसेको थियो । पानी परेकोले त्यही बस्नु परेको थियो । 

 


त्यो होटेलमा भारतीय नागरिक आएर खाने बस्ने र असामाजिक ब्यवहार देखाउने गर्दै आएकोले स्थानीयहरुले होटेल बिस्थापन होस भन्ने चाहन्थे । यही मौका छोपेर स्थानीयले बलात्कारको आरोप लगाएर यो खालको अवस्था सृजना गरेको नाम उल्लख नगर्ने शर्तमा एक जना स्थानीयले इसीमाना डटकमलाई बताएका छन ।

 

स्थानीयले प्रहरी हुन भनेर नचिनेकोले पनि यस्तो घटना हुन पुगको उनको भनाई छ । यस्तो अवस्थामा सीमामा सुरक्षा ब्यवस्था मिलाउदै ,पाएको सूचनाका आधारमा अप्रेशनमा हिडेका राष्ट्रसेवक सुरक्षाकर्मीलाई नागरिकको पनि साथ हुनु पर्नेमा अन्यथा भएको ति स्थानीयको भनाई छ ।

 

 सशस्त्र प्रहरी नीरिक्षक सागर मल्लले पनि आफूलाई लगाइएको आरोपमा कुनै सत्याता नरहेको बताउनु भएको छ । मकवानपुर क्षेत्रमा उत्पादन हुने गाँजा जंगलको बाटो भएर रामनगर लगायतका स्थानमा आउने र त्याहा बाट भारत तर्फ निकासी हुदै आइरहेको छ ।   पीडित भनिएका महिलाहरुसंग घटनाको बिषयमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

वीरगंज महानगरले छुट्टी बढायो, अव असार ६ मा बिद्यालयले खुल्ने

वीरगन्ज । वीरगंज महानगरपालिकाले बिद्यालयको छुट्टी बढाएको छ । यस अघि महानगरपालिका शिक्षा शाखाले असार १ गते आइतबारदेखि  बिद्यालय संचालन हुने गरि बिदा दिएको थियो ।

विकास र पुनर्निर्माणको विकल्प रास्वपा मात्रः सभापति पन्त

बहुदरमाई  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले देश समृद्धिको दिशामा अगाडि बढ्नका लागि नेपालवाद आवश्यक रहेको बताए ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.