logo

कोभिड उपचार गर्न गण्डक अस्पताल तयार हुदै,स्रोतको चिन्ता नलिन मत्री त्रिपाठीको भनाई,कोरोना नियन्त्रणको लडाईमा संगै छौः नेता यादव

      5/14/2020 गते 00 00 मा प्रकाशित     1792   पटक पढिएको

बीरगंज १ जेठ । 

बीरगंज महानगरपालिकाले बैशाख ६ गते कोभिड अस्पताल संचालनकालागि गरेको सम्झौता कार्यान्वयन हुन नदिन अनेकौ तिकडमहरु भए ।

 

यही तिकडमका वीचमा गण्डक अस्पताल कोभिड अस्पतालको रुपमा संचालनमा आउने भयो । बिहिवार गण्डक अस्पतालमा रहेका बिरामीलाई सिफ्ट गरिएको छ ।

 

अस्पताललाई डिस्इन्फेकटेड गरिदैछ । कोभिड अस्पतालको सेटअप तयार हुदैछ र आवश्यक स्थानमा सिसी क्यामरा जडान हुदैछ । गण्डक अस्पतालमा अहिले ५० शैय्याको अस्पताल संचालन हुने छ । बैशाख ३० मा स्वास्थ्य मंत्रालयले बीरगंजको नारायणी अस्पताललाई कोभिड अस्पताल संचालनकालागि अख्तियारी दिएको थियो । 

 


बीरगंज महानगरपालिकाको ब्यवस्थापनमा अस्पताल संचालन हुने भएको हो । अस्पताल संचालनकालागि बीरगंज महानगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन  मंत्रालयले सहयोग गर्ने प्रतिवद्धता आएको नेकपाका नेता तथा सम्बिधान सभाका सदस्य बिचारी यादवले जानकारी दिनु भयो ।

 

नेता यादवले आजै संघीय मामिला तथा सामान्य प्रशासन मंत्री ह्रदेश त्रिपाठीलाई उहाँकै कार्यकक्षमा गएर भेट गर्नु भएको थियो । भेटमा नेता यादवले बीरगंजमा कोरोना भाइरसको संक्रमणको अवस्था र कोभिड अस्पतालका बिषयमा भएका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

 

नेता यादवले नागरिकको जीवन जोगाउन अहिलेको आवश्यकता रहेकोमा केही जनप्रतिनिधिहरु जनताको जीवनसंग खेलवाड गर्दै आफनो स्वार्थी राजनीति जोगाउन उद्धत रहेको प्रष्ट पार्नु भएको थियो ।

 

कोभिड अस्पताल संचालनकालागि स्रोतको अभाव हुने र अस्पतालको अभावमा नागरिकले सास्ती पाउने अवस्थाबाट बीरगंजलाई मुक्त पार्न नेता यादवले मंत्री त्रिपाठीसंग आग्रह गर्नु भएको थियो ।

 

नेता यादवले बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीको नागरिक रक्षामा देखिएको अडानलाई असफल पार्ने उनकै पार्टीबाट असयोग भएको बेलामा संघीय सरकारले बीरगंज महानगरलाई सघाउन  पर्ने नेता यादवले सुझाव दिनु भएको थियो ।

 

जवाफमा मंत्री त्रिपाठीले बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीलाई फोन गरेर आवश्यक स्रोत साधनको चिन्ता नलिइकन जनताको सुरक्षाकोलागि काम गर्न सुझाव दिनु भयो ।

 

उहाँले महानगर प्रमुख सरावगीले कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै बजेट प्रस्तावना पठाउन समेत र त्यो अनुरुपको बजेट निकासमा आफूले काम गर्ने आश्वासन दिनु भयो । उहाँले महानगरलाई कोभिड अस्पतालको ब्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत आग्रह गर्दै मंत्रालय साथमा रहने प्रतिवद्धता जनाउनु भएको थियो । 


बीरगंज महानगरपालिका प्रमुख बिजय कुमार सरावगीको सचिवालयले पनि मंत्री त्रिपाठीसंग भएको सम्वादको बारेमा पुष्टि गरेको छ । मंत्रीले लागत अनुमान गरि बजेट माँग गरेर मंत्रालयमा पत्राचार गर्न भन्नु भएको सचिवालयले जनाएको छ । संघीय मामिला मंत्रालय स्थानीय निकायको तालुकवाला मंत्रालय भएकोले पनि मंत्री त्रिपाठीको सहयोग र सदभाव महत्वपूर्ण रहने छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.