logo

कोभिड उपचार गर्न गण्डक अस्पताल तयार हुदै,स्रोतको चिन्ता नलिन मत्री त्रिपाठीको भनाई,कोरोना नियन्त्रणको लडाईमा संगै छौः नेता यादव

      5/14/2020 गते 00 00 मा प्रकाशित     1682   पटक पढिएको

बीरगंज १ जेठ । 

बीरगंज महानगरपालिकाले बैशाख ६ गते कोभिड अस्पताल संचालनकालागि गरेको सम्झौता कार्यान्वयन हुन नदिन अनेकौ तिकडमहरु भए ।

 

यही तिकडमका वीचमा गण्डक अस्पताल कोभिड अस्पतालको रुपमा संचालनमा आउने भयो । बिहिवार गण्डक अस्पतालमा रहेका बिरामीलाई सिफ्ट गरिएको छ ।

 

अस्पताललाई डिस्इन्फेकटेड गरिदैछ । कोभिड अस्पतालको सेटअप तयार हुदैछ र आवश्यक स्थानमा सिसी क्यामरा जडान हुदैछ । गण्डक अस्पतालमा अहिले ५० शैय्याको अस्पताल संचालन हुने छ । बैशाख ३० मा स्वास्थ्य मंत्रालयले बीरगंजको नारायणी अस्पताललाई कोभिड अस्पताल संचालनकालागि अख्तियारी दिएको थियो । 

 


बीरगंज महानगरपालिकाको ब्यवस्थापनमा अस्पताल संचालन हुने भएको हो । अस्पताल संचालनकालागि बीरगंज महानगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन  मंत्रालयले सहयोग गर्ने प्रतिवद्धता आएको नेकपाका नेता तथा सम्बिधान सभाका सदस्य बिचारी यादवले जानकारी दिनु भयो ।

 

नेता यादवले आजै संघीय मामिला तथा सामान्य प्रशासन मंत्री ह्रदेश त्रिपाठीलाई उहाँकै कार्यकक्षमा गएर भेट गर्नु भएको थियो । भेटमा नेता यादवले बीरगंजमा कोरोना भाइरसको संक्रमणको अवस्था र कोभिड अस्पतालका बिषयमा भएका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको थियो ।

 

नेता यादवले नागरिकको जीवन जोगाउन अहिलेको आवश्यकता रहेकोमा केही जनप्रतिनिधिहरु जनताको जीवनसंग खेलवाड गर्दै आफनो स्वार्थी राजनीति जोगाउन उद्धत रहेको प्रष्ट पार्नु भएको थियो ।

 

कोभिड अस्पताल संचालनकालागि स्रोतको अभाव हुने र अस्पतालको अभावमा नागरिकले सास्ती पाउने अवस्थाबाट बीरगंजलाई मुक्त पार्न नेता यादवले मंत्री त्रिपाठीसंग आग्रह गर्नु भएको थियो ।

 

नेता यादवले बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीको नागरिक रक्षामा देखिएको अडानलाई असफल पार्ने उनकै पार्टीबाट असयोग भएको बेलामा संघीय सरकारले बीरगंज महानगरलाई सघाउन  पर्ने नेता यादवले सुझाव दिनु भएको थियो ।

 

जवाफमा मंत्री त्रिपाठीले बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीलाई फोन गरेर आवश्यक स्रोत साधनको चिन्ता नलिइकन जनताको सुरक्षाकोलागि काम गर्न सुझाव दिनु भयो ।

 

उहाँले महानगर प्रमुख सरावगीले कोरोना भाइरसको संक्रमणको नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै बजेट प्रस्तावना पठाउन समेत र त्यो अनुरुपको बजेट निकासमा आफूले काम गर्ने आश्वासन दिनु भयो । उहाँले महानगरलाई कोभिड अस्पतालको ब्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत आग्रह गर्दै मंत्रालय साथमा रहने प्रतिवद्धता जनाउनु भएको थियो । 


बीरगंज महानगरपालिका प्रमुख बिजय कुमार सरावगीको सचिवालयले पनि मंत्री त्रिपाठीसंग भएको सम्वादको बारेमा पुष्टि गरेको छ । मंत्रीले लागत अनुमान गरि बजेट माँग गरेर मंत्रालयमा पत्राचार गर्न भन्नु भएको सचिवालयले जनाएको छ । संघीय मामिला मंत्रालय स्थानीय निकायको तालुकवाला मंत्रालय भएकोले पनि मंत्री त्रिपाठीको सहयोग र सदभाव महत्वपूर्ण रहने छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.