logo

बीरगंजका सबै पत्रकारको परिक्षणकालागि स्वाब संकलन,संक्रमीतहरु नारायणीको आइसोलेशनमा

      5/13/2020 गते 00 00 मा प्रकाशित     1313   पटक पढिएको

बीरगंज ३१ बैशाख ।

पर्सामा २ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमीत पत्रकारहरुको सम्र्पकमा रहेका सबै पत्रकारको थ्रोट स्वाब परिक्षणकालागि संकलन गरिएको छ ।

 

बीरगंजको नारयायणी अस्पतालमा बीरगंजका पत्रकारहरुको स्वाब संकलन गरिएको हो । यही वीचमा पत्रकार महासंघको आन्दोलनको नाममा पत्रकारहरु सडकमा समेत उत्रेकोले पत्रकारहरु जोखिममा रहेको बताइएको छ । 


बुधवार बिहान अस्पतालमै पुगेर १ सय २३  भन्दा बढी संचारकर्मीले  परिक्षणकालागि आफनो स्वाब दिएका छन । 
भिटिएम किट सकिएपछि अन्य बाँकी पत्रकराहरुलाई बेलुका पाँच बजे आउन नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा . मदन कुमार उपाध्यायले बताउनु भयो ।

 

पत्रकारहरुले नाम लेखाएका छन उहाँहरु परिक्षणकालागि स्वाब दिन पाँच बजे जाने प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले जानकारी दिनु भयो । 

 

मंगलवार कोरोना भाइरसको संक्रमण पुष्टि भएका सबैलाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखएिको डा.उपाध्यायले बताउनु भयो ।

 

अस्पतालमा तयारी अवस्थामा ७० वडा बेड रहेकोमा अन्य बेडको ब्यवस्थापन गरिने उहाँले बताउनु भयो । संक्रमणको फैलावट यही रफ्तारमा रहे आइसोलेशनको ब्यवस्थापन चुनौतीपूर्ण हुने उहाँले बताउनु भयो । 

 


यसैवीच प्रेस संगठन प्रदेश समितिको तर्फबाट संयोजक हिरा चौधरी र संह संयोजक फणी महतले आज एक बिज्ञप्ति जारी कोरोना संक्रमण पुष्टि भएका पत्रकारहरुको शिघ स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

 

साथै सबै पत्रकारहरुको स्वाब परिक्षणको ब्यवस्था मिलाउन तीने तहको सरकारसंग माग गरिएको छ ।

 

पत्रकारहरुको सुरुक्षकालागि सुरक्षात्मक उपकरण उपलब्ध गराउन समेत माँग गरिएको छ । संगठनले पत्रकारहरुलाई आफनो सुरक्षालाई पहिलो प्रथामिकतामा राखेर काम गर्न समेत आग्रह गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.