logo

अन्तत कोभिड अस्पताल बन्यो गण्डक,नारायणीको सेवा पूर्ववत संचालन हुने,कोभिड बिरुद्ध प्रतिकार्य समिति बन्ने

      5/9/2020 गते 00 00 मा प्रकाशित     1589   पटक पढिएको


बीरगंज  २७ वैशाख । अन्तत बीरगंजको गण्डक अस्पतालमा कोभिड १९ अस्पताल संचालनमा आउने भयो ।

 

संघीय स्वास्थ्य मंत्रालयले पाठाएको बिज्ञ टोली, प्रदेश सरकारको स्वास्थ्य मंत्रालयका प्रतिनिधि तथा बीरगंज महानगरपालिका वीचमा शनिवार बिहान भएको बैठकले गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय गरेको हो ।

 

नारायणी अस्पतालको प्राविधिक ब्यवस्थापकीय नेतृत्वमा महानगरपालिकाको संयोजनमा गण्डक अस्पतालको पूर्वाधार प्रयोग गर्ने कुरामा नेपाल सरकारले बीरगंजमै आएर निर्णय लिएको छ । 


यो निर्णय संगै अव नारायणी अस्पतालको रुटिङ सेवा संचालनमा आउने छ । 

गण्डक अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका बिरामीको उपचार हुने अव भने पक्का भएको छ ।

 

नारायणी अस्पतालको प्राबिधिक ब्यवस्थापन र जनशक्तिको नेतृत्वमा नेशनल मेडिकल र महानगरका पच्चीस पच्चीस प्रतिशत जनशक्ति परिचालन गरि  बीरगन्ज महनगरपालिकाको संयोजनमा अस्पताल संचालन हुने कार्यविधि तय भएको छ ।

 

यो संगै बीरगंज महानगरपालिकालको  २ सय  बेड क्षमता को आइसोलेशन  सेन्टरको स्थापना गर्ने निर्णय पनि भएको छ  ।

 

बीरगंज महानगरपालिकाले सर्वपपक्षीय बैठक आयोजना गरि सबैको समन्वयमा महानगर प्रमुखकको संयोजकत्वमा कोरोना १९प्रतिकार्य तयारी समिति गठन गरेर काम गर्ने निर्णय भएको महानगरका प्रेस सल्लाहकार गोविन्द देबकोटाले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.