logo

संविधान सभा सदस्य यादव प्रदेशमा भिड्ने, पत्रकार लामिछाने दुबै तर्फ समानुपातिकमा

 इसीमाना सम्बाददाता      २०७९ भदौ १७ गते ०९: ५९ मा प्रकाशित     998   पटक पढिएको

नेकपा एमालेले पर्सा क्षेत्र नं १ को ( क) बाट संबिधान सभा सदस्य बिचारी यादवको नाम प्रदेश सभा सदस्यमा सिफारिश भएको छ ।

 

प्रदेश समन्वय कमिटीको शुक्रवार भएको बैठकले राजेन्द्र यादव, अमल यादव, बिनुदेवी सिलवाल, रामबाबु कुमार सिंह, मुस्तकिम अंसारी र बालेश्वर गौरोको नाम पनि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

 

यसैगरी बैठकले समानुपातिक तर्फ मेघराज पासवान, ताजुदिन अंसारी, रामानन्द राउत कुर्मी, संतोष पासवान, बाबुराम खनाल, लतिफन खातुन, मञ्जुर आलम, नन्दीकिसोर यादव ,रोजमहम्द मियाँँ अंसारी, सुनिता देवी यादव र मनोज पंडितको नाम सिफारिस गरेको छ ।

 

पर्सा इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा सह इन्चार्ज अरविन्द सिंह, पर्सा अध्यक्ष जयप्रकाश थारु लगायतकाले धारणा राखेका थिए थिए । क्षेत्र नम्बर १ (क) संयोजक अमानत अंसारीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।


यसैगरि नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ (ख) को प्रत्यक्ष तर्फ केन्द्रिय प्रचार तथा प्रकाशन विभाग सदस्य महेश दासको नाम सिफारिश भएको छ ।

प्रदेश समन्वय समिति क्षेत्र न २ को (ख) शुक्रवार भएको बैठकले प्रत्यक्ष तर्फ श्याम गुप्ता , रुप नारायण प्रसाद , हरेराम पटेल र खुर्रम आलम को नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभाको समानुपातिक तर्फ हरि शंकर लाल कर्ण , हिरामती देवी कुर्मी , शशिवाला देवी, नुतन सरावगी, अफजल हुसेन , शारा खातुन को नाम सिफारिस गरेको छ ।

त्यसैगरि नेकपा एमालेको पर्साको क्षेत्र नं १ बाट पत्रकार के.सी.लामिछानेलाई समानुपातिक सांसद उम्मेदवारमा नाम सिफारिश गरिएको छ । वीरगंजमा सम्पन्न पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले पत्रकार लामिछानेको नाम समानुपातिबाट संघीय सासद उम्मेदवारमा सफिारिश गरिएको संयोजक लालबाबु शेखले जानकारी दिए ।


वीरगंजलाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशिल लामिछाने नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटीका सदस्य पनि हुन । दुई दशक भन्दा बढी समयदेखी पत्रकारितामा क्रियाशिल पत्रकार लामिछानेको पहिचान शालिन र बौद्धिक ब्यक्तिका रुपमा स्थापित छ ।

अनेरास्ववियुवाट राजनीतिमा क्रियाशिल लामिछानेले अनेरास्ववियु र प्रेस चौतारी नेपालको केन्द्रीय तहमा रहेर काम गरिसकेका छन । नेपाल पत्रकार महासंघ पर्साको सदस्य, सचिव अध्यक्ष मधेश प्रदेशको उपाध्यक्ष हुदै हाल नेपाल पत्रकार महासंघमा प्रेस चौतारी नेपालको तर्फबाट बिजयी एक मात्र केन्द्रीय सदस्य हुन ।


उनै लामिछानेलाई शुक्रवार सम्पन्न नेकपा एमाले पर्सा क्षेत्र नं ३ को ( क) प्रदेश समन्वय कमिटीको बैठकले प्रदेश सभाको समानुपातिक उम्मेदवारमा पनि सिफारिश गरेको छ । प्रत्यक्ष निर्वाचनकालागि आकांक्षी रहेका लामिछानेलाई समानुपातिक तर्फ सिफारिश गरिएको हो ।


नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्सा सह ईन्चार्ज राजकुमार गुप्ता को प्रमुख अतिथ्यामा बैठक समपन्न भएको हो ।

बैठकले प्रदेश सभा सदस्यको लागि प्रत्यक्षमा निरराज गिरि र समानुपातिकमा पत्रकार के.सी.लामिछाने लक्ष्मी थापा कुशवाहा, पुरन प्रसाद यादव, अशर्फ मिया, ईमाम मिया, ईन्द्र देव महतो थारु, गौरि यादव, को नाम सिफारिश गरेको छ । बैठक कमिटीका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.