logo

संविधान सभा सदस्य यादव प्रदेशमा भिड्ने, पत्रकार लामिछाने दुबै तर्फ समानुपातिकमा

 इसीमाना सम्बाददाता      २०७९ भदौ १७ गते ०९: ५९ मा प्रकाशित     898   पटक पढिएको

नेकपा एमालेले पर्सा क्षेत्र नं १ को ( क) बाट संबिधान सभा सदस्य बिचारी यादवको नाम प्रदेश सभा सदस्यमा सिफारिश भएको छ ।

 

प्रदेश समन्वय कमिटीको शुक्रवार भएको बैठकले राजेन्द्र यादव, अमल यादव, बिनुदेवी सिलवाल, रामबाबु कुमार सिंह, मुस्तकिम अंसारी र बालेश्वर गौरोको नाम पनि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

 

यसैगरी बैठकले समानुपातिक तर्फ मेघराज पासवान, ताजुदिन अंसारी, रामानन्द राउत कुर्मी, संतोष पासवान, बाबुराम खनाल, लतिफन खातुन, मञ्जुर आलम, नन्दीकिसोर यादव ,रोजमहम्द मियाँँ अंसारी, सुनिता देवी यादव र मनोज पंडितको नाम सिफारिस गरेको छ ।

 

पर्सा इन्चार्ज प्रभु हजराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा सह इन्चार्ज अरविन्द सिंह, पर्सा अध्यक्ष जयप्रकाश थारु लगायतकाले धारणा राखेका थिए थिए । क्षेत्र नम्बर १ (क) संयोजक अमानत अंसारीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।


यसैगरि नेकपा एमाले पर्सा क्षेत्र नम्बर २ (ख) को प्रत्यक्ष तर्फ केन्द्रिय प्रचार तथा प्रकाशन विभाग सदस्य महेश दासको नाम सिफारिश भएको छ ।

प्रदेश समन्वय समिति क्षेत्र न २ को (ख) शुक्रवार भएको बैठकले प्रत्यक्ष तर्फ श्याम गुप्ता , रुप नारायण प्रसाद , हरेराम पटेल र खुर्रम आलम को नाम सिफारिस गरेको छ ।

यसैगरी प्रदेश सभाको समानुपातिक तर्फ हरि शंकर लाल कर्ण , हिरामती देवी कुर्मी , शशिवाला देवी, नुतन सरावगी, अफजल हुसेन , शारा खातुन को नाम सिफारिस गरेको छ ।

त्यसैगरि नेकपा एमालेको पर्साको क्षेत्र नं १ बाट पत्रकार के.सी.लामिछानेलाई समानुपातिक सांसद उम्मेदवारमा नाम सिफारिश गरिएको छ । वीरगंजमा सम्पन्न पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले पत्रकार लामिछानेको नाम समानुपातिबाट संघीय सासद उम्मेदवारमा सफिारिश गरिएको संयोजक लालबाबु शेखले जानकारी दिए ।


वीरगंजलाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशिल लामिछाने नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटीका सदस्य पनि हुन । दुई दशक भन्दा बढी समयदेखी पत्रकारितामा क्रियाशिल पत्रकार लामिछानेको पहिचान शालिन र बौद्धिक ब्यक्तिका रुपमा स्थापित छ ।

अनेरास्ववियुवाट राजनीतिमा क्रियाशिल लामिछानेले अनेरास्ववियु र प्रेस चौतारी नेपालको केन्द्रीय तहमा रहेर काम गरिसकेका छन । नेपाल पत्रकार महासंघ पर्साको सदस्य, सचिव अध्यक्ष मधेश प्रदेशको उपाध्यक्ष हुदै हाल नेपाल पत्रकार महासंघमा प्रेस चौतारी नेपालको तर्फबाट बिजयी एक मात्र केन्द्रीय सदस्य हुन ।


उनै लामिछानेलाई शुक्रवार सम्पन्न नेकपा एमाले पर्सा क्षेत्र नं ३ को ( क) प्रदेश समन्वय कमिटीको बैठकले प्रदेश सभाको समानुपातिक उम्मेदवारमा पनि सिफारिश गरेको छ । प्रत्यक्ष निर्वाचनकालागि आकांक्षी रहेका लामिछानेलाई समानुपातिक तर्फ सिफारिश गरिएको हो ।


नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्सा सह ईन्चार्ज राजकुमार गुप्ता को प्रमुख अतिथ्यामा बैठक समपन्न भएको हो ।

बैठकले प्रदेश सभा सदस्यको लागि प्रत्यक्षमा निरराज गिरि र समानुपातिकमा पत्रकार के.सी.लामिछाने लक्ष्मी थापा कुशवाहा, पुरन प्रसाद यादव, अशर्फ मिया, ईमाम मिया, ईन्द्र देव महतो थारु, गौरि यादव, को नाम सिफारिश गरेको छ । बैठक कमिटीका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

बरिष्ठ पत्रकार गौतम स्व.पाण्डेको स्मृतिमा स्थापित पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुदै

वीरगन्ज । वीरगन्जको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आउनु भएका वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम लाई स्व. सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ।

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.