logo

मध्य नेपालको छैठौं वार्षिकोत्सव सम्पन्न, समाजका बिभिन्न क्षेत्रमा योगदान दिनेहरु सम्मानीत

 इसीमाना सम्वाददाता     २०७९ भदौ १२ गते ०६: ३४ मा प्रकाशित     667   पटक पढिएको

मध्य नेपाल मिडिया प्रा.ली.को छौठौं वार्षिकोत्सवको अवसरमा समाजको बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तिहरुलाई एक भब्य समारोहका वीच सम्मानीत गरिएको छ ।

महिला पत्रकारहरुकै सक्रियतामा सञ्चालत मध्यनेपाल मिडिया प्रा।ली।को छैँठौ वाषिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानीत गरिएको हो ।


मध्यनेपाल मिडिया प्रा.ली.की प्रबन्धक एवम् मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका का कार्यवाहक अध्यक्ष सुनिता बराललाई दश हजार नगद र सम्मान पत्रद्वारा सम्मन गरिएको थियो ।


कार्यक्रममा महिला उद्यमशीलताको बिकास र प्रर्वद्धनमा योगदान दिएकाले वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष डा. सुवोध गुप्ता,नेपालकै एक मात्र भोजपुरी भाषामा प्रकाशित हुने पत्रिका भोजपुरी टाईम्सका अजय चौरसिया पत्रिकाका बितरक सशित वरनवाललाई सम्मान गरिएको थियो ।

 

त्यस्तै किरण आँखा अस्पतालका डाक्टर अमर क्याल, नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, होटल व्यवसायी कुबेर कार्की, कमला भण्डारी लाई पनि कदर पत्रसहित सम्मानित गरिएको थियो ।

वाषिकोत्सवका अवसरमा आयोजित ‘नेतृत्वमा युवा कि पाका’ विषयक अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादव

कार्यक्रमका वक्ताहरुले जोश र जाँगरले भरिएका युवाहरुको सही रुपमा परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले युवा शक्तिको परिचालन बिना समृद्धि हासिल गर्न नसकिने बताए ।

पाका व्यक्तिको अनुभव र ज्ञानलाई युवा शक्तिले आत्मसाथ गर्न सकेमा मात्रै बिकास र समृद्धि हासिल गर्न सकिने उनीहरुको भनाई थियो ।

मध्यनेपाल मिडिया प्रा.ली.की प्रबन्धक एवम् मध्यनेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, सदस्य के.सी .लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बञ्जारा राष्ट्रिय भुमी आयोग पर्साका अध्यक्ष तबरेज अहमद, पूर्व उपप्रमुख शान्ति कार्की, सलमा खातुन,वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता, महिला नेतृ रम्भा मिश्र वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, कोपिला चौलागाई, महिला अधिकारकर्मी निला राम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा तुलसी भण्डारीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । कार्यक्रमको संचालन पत्रकार लक्ष्मी खरेलले गरेकी थिइन् ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.