logo

अन्तत कोभिड अस्पताल संचालनमा आउने ,एक्लै जस्तो भएका महानगर प्रमुखको चट्टानी अडान सार्थक भयो

      5/5/2020 गते 00 00 मा प्रकाशित     2535   पटक पढिएको


बीरगंज २३ बैशाख ।

नारायणी अस्पतालमा  ५ बेडेको आइसोलेसन थियो। त्यसमा  २० बेड थप बनाइयो  ।  ५० बेडको आइसोलेशन वार्ड घोषणा गरेको नेशनल मेडिकल कलेजले वार्ड बनाएन  ।

 

चैत २२ गते यो २० बेड नारायाणी अस्पताललाई हस्तान्तरण गरिएको थियो ।   जग्गदम्बा ग्रुपका सञ्चालक राजेश अग्रवाल र रुगंटा वेल फेयरको आर्थिक सहयोगमा करिब १० लाखको लागतमा २० वेडको आइसोलेशन वार्ड स्थापना गरियो । सासद प्रदीप यादवको पहलमा ।

 

आज प्रश्न उठदै छ नारायणी अस्पतालमा आइसोलेशन वार्ड किन थपियो ?चैत ३० गते तीन जना भारतीयमा कोरोना संक्रमणको पुष्टि भयो । उनीहरुलाई राख्ने आइसोलेशन वार्ड नारायणीमा बाहेक अन्त थिएन ।

 

त्यही भर्ना गरियो, स्वभाविक हो कोरोना संक्रमीत भर्ना भएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको घोषणा गर्यो । यो त्यतीबेलाको आवश्यक कदम थियो ।

 

चैत १३ भित्र कोरोना अस्थायी अस्पताल बनाईसक्नु पर्ने थियो । संक्रमीत फेला परेसंगै   बीरगंजका चिकित्सकहरुले छुट्टै कोभिड अस्पतालको निर्माणको माँग उठाए । तर कसैले सुनेन न त पहल गर्ने आँट र प्रयास नै गरे ।

 


चैत ३० गते महानगर प्रमुख ,पर्साका प्रमुख जिल्ला अधिकारी सहित स्थानीय सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकमा मुख्यमंत्रीको समेत सहमतीमा बीरगंज हेल्थ केयर अस्पताललाई मासिक भाडा दिने गरि कोभिड अस्पताल बनाउने सहमती भयो । त्यही साँझ यो सहमती अनुसारको काम नगर्न भन्दै मुख्यमंत्री पछि हटनु भयो ।

 

त्यसपछि कोभिड अस्पतालको बिषयमा मुख्यमंत्रीको गृहनगर भएपनि बीरगंजले कुनै पनि खालको सहानुभूती समेत पाएन । आएको पिसीआर मेशिन समेत संचालनमा दिने भनिएको पैसा समेत प्रदेश सरकारले दिएको छैन । 


कोरोना अस्थायी अस्पतालको आवश्यकता बोध नभएको होइन प्रदेश सरकारले बिज्ञहरुको टोली पठाएर सम्भाव्यताको अध्ययन समेत गरेकै थियो । तर त्यसले समेत कुनै प्रतिवेदन दिएको पत्तो छैन । 

 


महामारीले संकटको संकेत गरेको बेलामा स्थानीय प्रशासन र महानगर प्रमुखले आफना नगरिकको सुरक्षाकालागि लिएको तत्परताले सार्थकता पाउन भने सकेन ।

 

 

तर अनेकौ अडचनका बाबजुद महानगर प्रमुखको प्रयास जारी रह्यो र त्यसले आजको दिनमा सार्थकर्ता पाएको छ । राजनीतिमा आफना नागरिकको रक्षाकालागि दुरगामी प्रभाव पार्न सक्ने फैसला लिन सक्ने नेतृत्वले मात्र खास अर्थ राख्छ ।  महानगर प्रमुख सरावगीले लिएको निर्णयले आज त्यो कुराको पुष्टि गरेको छ । 

 


एक्लै जस्तो भएका महानगर प्रमुख सरावगीको कदममा साथ दिन गण्डक अस्पताल आयो ,अन्तत सबै राजनीतिक दलहरु आए ।

 

नागरिक समाजले आवाज उठायो गण्डक अस्पताल संगको सम्झौतालाई असफल पार्ने प्रयासमा लिनहरु पनि अन्तत त्यही बाटोमा आए । स्वास्थ्यमंत्रालयले  नारायणी अस्थायी कोभिड अस्पताल गण्डक अस्पतालमा संचालन गर्ने अनुमती दिने निर्णय गरेकामा आफूलाई निकै खुशी लागेको महानगर प्रमुख सरावगीले बताउनु भयो ।

 

उहाँले मध्य तराईका आम नागरिकको उपचारको भरोसाको केन्द्रको रुपमा रहेको नारायणी अस्पताल उहाँहरुको उपचारमा संचालनमा आउने कुराले आफूलाई निकै राहत मिलेको बताउनु भयो ।

 

मंहगो उपचार सेवा लिन नसक्ने नागरिककालागि नारयाणी अस्पतालको सेवा पूर्ववत संचालनमा आउने कुराले आफूलाई निकै ठुलो आत्मसन्तुष्टि मिलेको उहाँले बताउनु भयो । उहाँले केन्द्र सरकारलाई धन्यवाद दिनु भयो । प्रदेश र केन्द्र सरकारको सहयोगमा कोरोना बिरुद्धको लडाई लडने र जीत्ने हो उहााको भनाई छ ।

 

संघ सरकारको निर्णयले उत्साहित बनाएको छ उहाँले भन्नु भयो अव सबै तयारी गछौ अस्पताललाई स्यानीटाइज गरेर आम नागरिकको सेवाकालागि तयार पार्छौ ।

 

सत्तारुढ नेकपाका पर्साका अध्यक्ष प्रभू हजराले मंत्रीस्तरीय निर्णयबाट  सहि निर्णय आएकोमा खुशी ब्यक्त गर्नु भयो । यस बिषयमा  सचिव सह सचिव संग निरन्तरको सम्वाद भयो र त्यसबाट  सहि निर्णय आएको भन्दै यसले बीगंज लगायतका मध्य तराईका नागरिकलाई राहत मिल्ने बताउनु भयो । 


यसैगरि जनता समाजवादी पार्टीका पर्साका अध्यक्ष रामनरेश यादवले सामाजिक संजाल मार्फत सरकारको यो निर्णयको स्वागत गर्नु भएको छ । उहाँले नारायणी अस्पताल पूर्ववत संचालनकालागि वतावरण बनाउना सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको छ । 

प्रतिनिधि सभाका सदस्य  प्रदीप यादव महानगरको यो निर्णयको बिपक्षमा हुनुहुन्थ्यो  । नारायणी अस्पताललाई पूर्वत संचालन गर्नु पर्ने भन्दै  आज स्वास्थ्यमंत्रीलाई ज्ञापन बुझाउने ठाउमा उहाँपनि जानु भयो ।

 

तर कैफियत सहित उहाँले नारायणी अस्पताल परिसरमा रहेको आखाँ बिभागलाई कोभिड अस्पतालको रुपमा संचालनमा ल्याउन सुझाव दिनु भयो । मंत्रालय स्रोतका अनुसार सासद यादव नारायणी अस्पतालमै कोभिड अस्पताल संचालन होस भन्ने अडानमा रहनु भएको थियो ।

 

नारायणी अस्पतालको परिसर भित्रै कोभिड अस्पताल चालाउने हो भने अहिले कै ठिक छ । त्यसमा गाइनोमा चलाऔ । सर्जरीमा चलाऔ वा अन्यमा चलाऔ भन्नुको के अर्थ रहन्छ र ? कलैया अस्पताल आफैमा कोभिड अस्पताल हो त्यहा चलाउनकालागि माँग गर्ने पर्दैन । तर अहिले भएका बिरामीलाई राख्ने अवस्थामा त्यो अस्पताल छैन । त्यसको तयारी गरिएको छैन । यद्धपी प्रदेश सरकारले साढे पाँच करोड रुपैया निकासा भने दिएको छ । 

 

कोरोना संक्रमीतहरुको उपचारमा संलग्न चिकित्सकहरुको क्वारेन्टिनको ब्यवस्था बीरगंज महानगरले गर्यो । महानगरभित्र ३४ हजार परिवारलाई राहतको ब्यवस्थापन गरेको छ । यसले स्थानीय सरकारको प्रभावकारिता पनि देखायो । निकै रस्साकस्सीपूर्ण राजनीतिक हट बिषय बनेको कोभिड अस्पतालको यो निर्णय संगै अव राजनीतिकर्मीहरुकालागि अर्को बिषय खोज्नु पर्ने बेला आएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.