logo

पिसीआर मेशिनका नाममा हुने राजनीतिमा पूर्ण बिराम,नारायणीमा पिसीआरबाट परिक्षण शुरु

      5/5/2020 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

बीरगंज २३ बैशाख ।

बीरगंजको नारायणी अस्पतालमा आज देखी पोलिमरेज चेन्ज रियाक्सन ( पिसीआर) मेशिन संचालनमा आएको छ । अव यस क्षेत्रका नागरिकको थ्रोट स्वाबको परिक्षण नारायणीमा रहेको पिसीआर मेशिनबाट हुनेछ ।

 

०७६ चैत ३० गते बीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोभिड अस्पताल र पिसीआर मेशिनको जोडदार माँग भएको थियो । पर्सा जिल्लामा अस्पताल र पिसीआर मेशिन जडानमा निकै ठुलो राजनीति नै भयो । 


बीरगंजमा कोभिड अस्पताल बनाउन स्थानीय सरकार र स्थानीय प्रशासनले छलफल गरेकै थिए । तर त्यसमाथि राजनीति भयो र त्यसले सफलता पाउन सकेन । संघ सरकारले त्यतीबेलाको आवश्यकतालाई महशुस गरेर चैत ३१ मा नारायणी अस्पताललाई कोभिड अस्पतालको रुपमा निर्णय गर्यो ।

 

त्यसपछि जागेका राजनीतिक दलहरु कोभिड अस्पतालको नाममा जागेर सडक सम्म पुगे ।  बीरगंज महानगरपालिका र गण्डक अस्पतालवीच अस्थायी कोभिड अस्पताल संचालन गर्ने सम्झौता भएपछि अर्कोथरीले राजनीति शुरु गरे । त्यही राजनीतिको चपेटामा परेको कोभिड अस्पतालको नाममा भएको राजनीतिले अन्तत आज पूर्ण बिराम पाएको छ । 

 


त्यस्तै भयो पिसीआर मेशिन । द्रुत परिक्षण गर्नकालागि पिसआर मेशिन प्रदेश सरकारले बिभिन्न समस्या झेलेर भएपनि ल्यायो तर त्यसलाई संचालन गर्ने आवश्यक एसेसरिज भने ल्याएन । मंत्रीपरिषदबाट ५० लाख रुपैया दिने निर्णय समेत गर्यो तर एक पैसा पनि निकासा दिएन । प्रदेश सरकारले पैसा दिने निर्णय त गर्यो तर त्यसको निकासको प्रवन्ध भने मिलाएको छैन ।

 

पिसीआर मेशिन राजनीतिको अर्को फण्डा बन्यो । तर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्याय ले पिसीआर मेशिन संचालनमा ल्याउने अठोट गर्नु भयो आज त्यो भयो  ।

 

त्यसकोलागि चिकित्सकहरुको सहयोग महत्वपूर्ण रहेको छ । पीसीआर मेशिन जडान हुन ७५ लाख रुपैयाको खर्च अनुमान गरिएको डा उपाध्यायले बताउनु भयो । तर कतैबाट पैसा आएको छैन  उहाँले भन्नु भयो “अस्पतालको नाममा उधोरोमा समान ल्याएर संचालन योग्य बनाएका छौ ” । 

 


अन्य प्रदेशमा पिसीआर मेशिन संचालनकालागि बेश थियो । भेटनरीका प्रयोगशालाहरु भएकोले त्याहा पिसीआर मेशिन छिटो संचालनमा आयो डा.उपाध्यायले भन्नु भयो “प्रदेश २ मा त्यो खालको बेश नभएकोले जिरोबाट काम गर्नु पर्दा मेशिन संचालनमा ल्याउन समय लागेको हो । 

 


पिसीआर मेशिनको संचालनले परिक्षण द्रुत हुने ,समयको बचत हुने धेरैको परिक्षण गर्न सकिने भएकोले यसको फाइदा मध्य तराईका नागरिकलाई हुने भएको छ । बीरगंजमा जडान भएको पिसीआर मेशिनले एकै दिनमा ९० जनाको थ्रोट स्वाब परिक्षण गर्न सक्ने बताइएको छ ।

 

अस्पतालमा जडान भएको पीसीआर ल्याबबाट आज पहिलो चरणमा १६ जनाको स्वाबको परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायले जानकारी गराए । 

नारायणी अस्पतालमा पहिलो पटक गरिएको पीसीआर परीक्षण रिपोर्टसहित १६ जनाको स्वाब पुनः राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। टेकुको रिपोर्टसँग वीरगञ्जको रिपोर्ट मिले मात्रै ल्याबको परीक्षण सार्वजनिक गरिने डा.उपाध्यायले बताउनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.