logo

बीरगंजमा लकडाउन कर्मकाण्डी हुदै,प्रहरीकै सहभागितामा लकडाउन तोडियो

      5/4/2020 गते 00 00 मा प्रकाशित     1295   पटक पढिएको

बीरगंज २२ बैशाख

 यो दृश्य लकडाउनको ४२ औ दिनको दिनमा बीरगंजको घण्टाघर भन्दा पूर्व जाने बाटोको दक्षीण साइडमा रहेको कृषि बिकास बैंकको ढोकाको हो ।

 

सामाजिक सुरक्षा भत्ता लिनकालागि जेष्ठ नागरिक र महिलाहरुको भिड लागेको छ । लकडाउनको मुल मंत्र सामाजिक दुरी हो । तर दृश्यमा सामाजिक दुरी कायम गरिएको देखिदैन ।

 

प्रहरीको गाडी छ, प्रहरी पनि छ, तर प्रहरी भित्रका कथित “सिंघम” नभएर होला लकडाउनको यो ब्यवस्थापनले प्रहरीको उपस्थितिलाई कुरी कुरी भनेको छ । 

 

पर्सामा संक्रमतीहरु फेला पर्ने क्रम बढदो छ । तर लकडाउन कर्मकाण्डी हुदैछ । कोरोना बढी प्रभावित क्षेत्रमा बीरगंज पदर्छ । याहाको लकडाउनको अवस्था देखेर कतिपय मान्छेहरु बीरगंज बाहिर जान खोज्दै छन । त्यसकालागि पास बनाई माग्नेहरुको सिफारिश बढेर गएको छ । 


लकडाउनलाई पून परिभाषित गर्न र त्यसको प्रभावकारी कार्यान्वयनमा चुक्न नहुने अहिलेको अवस्था छ ।  कोरोनाले अली बढी छिटो आक्रमण गर्न सक्ने भनेर चर्चा गरिएका जेष्ठ नागरिकलाई सकडमा सामाजिक दुरी कायम नगरि प्रहरी आफै उभिएर लामो समय सम्म राख्नुले पनि प्रहरी लकडाउन प्रति सम्बेदनशिल नभएको देखाउछ । यसको सार्वजनीक आलोचना हुन थालेको छ ।

 

सामाजिक संजालमा यस किसीमको लकडाउन बांट सुरक्षित रहन सकिदैन भन्ने टिप्पणी हुन थालेका छन । 
कोरोना भाइरसको संक्रमण फैलीन नदिन सरकारले   आह्वान गरेको बन्दाबन्दीको ४२ दिन आज पुरा हुँदा पनि लकडाउन दुरुस्त हुन सकेको छैन ।

 

वीरगन्जको बाहिरी तथा मुख्य सडकखण्डमा मानिसको चहलपहल न्युन भएपनि भित्री सडकखण्डहरुमा भने चहलपहल अझै जारी छ । मुख्य सडकहरुमा सिमित प्रशासनको निगरानीलाई भित्री क्षेत्रहरुमा पनि बिस्तार गर्न आवश्यक छ ।

 


कतिपय पासधारीहरु कोरोना पासबाटै तर्सिन्छ भने झै गरि सडकमा चक्कर लाइरहेका देखिन्छन । लकडाउनको बेला घरमै रहेर अरुलाई पनि घरमा बस्न अपिल गर्नु पर्ने  राजनीतिक दल ठुलै कर्म गरे झै ठानेर सडकमा आन्दोलनमा उत्रिन थालेका छन । लकडाउन पालनमा प्रशासन निरिह हुदै गएको छ ।

 

बाँके जिल्लामा आज सर्वदलीय बैठक बसेर   भोलि मंगलबार विहान ११ बजेदेखि लागु हुने गरी नेपालगन्जमा निषेधाज्ञा गर्ने निर्णय भएको छ । यो निर्णय भोली मंगलवार बाट  लागू हुने त्याहाका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले बताउनु भएको छ ।

 

तर बीरगंजमा ठिक भएका कोरोना संक्रमीत पून अस्पताल भर्ना भएको अवस्था छ । संक्रमणको कारण पत्ता लाग्न सकेको छैन । परिक्षणको मात्र बढाउन भूमिका खेल्नु पर्ने निकायहरु ढुक्क देख्नु पर्ने अवस्था छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.