logo

वीरगंज महानगर प्रमुखको नेतृत्वमा कृषि सामग्री कम्पनीको ६ ट्रक मल नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०७९ सावन २९ गते ०६: ०० मा प्रकाशित     955   पटक पढिएको

कृषि सामग्री संस्थानले वितरणकालागि अन्य प्रदेश पठाउन लागेको रसायनीक मल वीरगञ्ज महानगरपालिकाकाले नियन्त्रणमा लिएको छ । वीरगञ्जका किसानहरूले धान गोड्ने बेलामा वीरगन्जकै आवश्यक मल नपाएको गुनासो नगर प्रमुख राजेशमान सिंहलाई गरेपछि उनकै नेतृत्वमा ६ ट्रक मल नियन्त्रणमा लिइएको हो ।

 


महानगरपालिकाबाट वीरगञ्ज ईनर्वास्थित कृषि सामग्री कम्पनीको गोदाममा पुगेका नगर प्रमुख सिंह सहितको टोलीले पहिला वीरगञ्जका किसानलाई मल उपलब्ध गराउनुपर्ने मागसहित गोदामबाट मल लोड गरी सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, मकवानपुरतर्फ जान लागेका आधा दर्जन ट्रकलाई नियन्त्रणमा लिई महानगरपालिकाको कार्यालयमा लगेको हो । अहिले रसायनीक मल वीरगंजको वालमन्दीरमा राखिएको पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए ।

 


नगर प्रमुख सिंहले पर्साका किसानलाई प्राथमिकतामा राखेर तत्काल मल वितरण नगरे नियन्त्रणमा लिइएका ट्रकको मल महानगरपालिकाले नै किसानलाई वितरण गर्ने बताए । महानगरपालिकाले मल नपाएर छटपटाएका किसानलाई मल दिँदा कानुन उल्लङ्घन हुन्छ भने कानूनी लडाई लड्न आफू तयार रहेको बताए । वीरगञ्जमा मात्रै अहिले ८ हजार टन मलको आवश्यकता रहेको बताउदै कम्तीमा आवश्यकता अनुसारको मल उपलब्ध गराउनुपर्ने बताए ।

 


उनले भने, ‘वीरगन्जबाटै मल जाने तर वीरगन्जका किसानले मल नपाउने यो कहाँसम्मको न्यायोचित हो ? दैनिक पचासदेखि एकसय गाडी गोदामबाट निस्किन्छ । अनि वीरगन्जका किसानले चाहिँ धूलो मात्रै खाने ? सरकारले त्यसको व्यावस्था गरोस वीरगन्जका किसानले मल पाउनुपर्छ ।’


‘वीरगन्ज महानगरपालिकालाई आवश्यक ८ हजार मेट्रिक टन माग गरेका छौं । आठसय मेट्रिक टन दिएर पुग्छ । हामीले कमसेकम सरकारले चाहे बफर स्टकबाट देखोस चाहे कहीबाट देओस वीरगन्जका किसानले मल पाउनुपर्छ ।’


सरकारले राम्रो नीति ल्याउनुप¥यो । वीरगन्जबाट मलको गाडी निस्किरहने किसानले चाहिँ हेरिरहने त्यो समस्याको समाधान हो ? कम्तीमा सरकार सचेत होस । किसानलाई मल वितरण कसरी गर्ने भन्ने विषयमा जागरुकता होस भनेर किसानको आग्रहमा मल नियन्त्रणमा लिएका हौं ।’


कृषि सामाग्री कम्पनीकोे ईनर्वाको भुटनदेवी स्थित गोदामका प्रमुख चन्द्र चौंलागाईले कृषि सामग्री कम्पनीको निर्देशन अनुसार मल वितरण भइरहेको बताए । उनले पर्साका किसानलाई आईतबारबाट मल वितरण गर्ने तयारी गरिएको बताए ।


जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साहले संघीय सरकारमा मधेसकै कृषि मन्त्री, मधेस प्रदेशमा आफ्नै सरकार, स्थानीय तहमा पनि आफ्नै सरकार भएपनि मधेसका किसानले मल नपाउनु दुर्भाग्य भएको बताए । उनले स्थानीय सरकारको हैसियतमा महानगरपालिकाले गरेको काम किसानको हितमा भएको बताए ।
महानगरपालिकाले मल नियन्त्रणमा लिएपछि देशभर देखिएको मलको समस्या समाधानका लागि कृषि मन्त्रालयमा आकस्मिक छलफल भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.