logo

वीरगंज महानगर प्रमुखको नेतृत्वमा कृषि सामग्री कम्पनीको ६ ट्रक मल नियन्त्रणमा

 इसीमाना सम्वाददाता     २०७९ सावन २९ गते ०६: ०० मा प्रकाशित     598   पटक पढिएको

कृषि सामग्री संस्थानले वितरणकालागि अन्य प्रदेश पठाउन लागेको रसायनीक मल वीरगञ्ज महानगरपालिकाकाले नियन्त्रणमा लिएको छ । वीरगञ्जका किसानहरूले धान गोड्ने बेलामा वीरगन्जकै आवश्यक मल नपाएको गुनासो नगर प्रमुख राजेशमान सिंहलाई गरेपछि उनकै नेतृत्वमा ६ ट्रक मल नियन्त्रणमा लिइएको हो ।

 


महानगरपालिकाबाट वीरगञ्ज ईनर्वास्थित कृषि सामग्री कम्पनीको गोदाममा पुगेका नगर प्रमुख सिंह सहितको टोलीले पहिला वीरगञ्जका किसानलाई मल उपलब्ध गराउनुपर्ने मागसहित गोदामबाट मल लोड गरी सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, मकवानपुरतर्फ जान लागेका आधा दर्जन ट्रकलाई नियन्त्रणमा लिई महानगरपालिकाको कार्यालयमा लगेको हो । अहिले रसायनीक मल वीरगंजको वालमन्दीरमा राखिएको पर्साका प्रहरी प्रमुख रमेश बस्नेतले जानकारी दिए ।

 


नगर प्रमुख सिंहले पर्साका किसानलाई प्राथमिकतामा राखेर तत्काल मल वितरण नगरे नियन्त्रणमा लिइएका ट्रकको मल महानगरपालिकाले नै किसानलाई वितरण गर्ने बताए । महानगरपालिकाले मल नपाएर छटपटाएका किसानलाई मल दिँदा कानुन उल्लङ्घन हुन्छ भने कानूनी लडाई लड्न आफू तयार रहेको बताए । वीरगञ्जमा मात्रै अहिले ८ हजार टन मलको आवश्यकता रहेको बताउदै कम्तीमा आवश्यकता अनुसारको मल उपलब्ध गराउनुपर्ने बताए ।

 


उनले भने, ‘वीरगन्जबाटै मल जाने तर वीरगन्जका किसानले मल नपाउने यो कहाँसम्मको न्यायोचित हो ? दैनिक पचासदेखि एकसय गाडी गोदामबाट निस्किन्छ । अनि वीरगन्जका किसानले चाहिँ धूलो मात्रै खाने ? सरकारले त्यसको व्यावस्था गरोस वीरगन्जका किसानले मल पाउनुपर्छ ।’


‘वीरगन्ज महानगरपालिकालाई आवश्यक ८ हजार मेट्रिक टन माग गरेका छौं । आठसय मेट्रिक टन दिएर पुग्छ । हामीले कमसेकम सरकारले चाहे बफर स्टकबाट देखोस चाहे कहीबाट देओस वीरगन्जका किसानले मल पाउनुपर्छ ।’


सरकारले राम्रो नीति ल्याउनुप¥यो । वीरगन्जबाट मलको गाडी निस्किरहने किसानले चाहिँ हेरिरहने त्यो समस्याको समाधान हो ? कम्तीमा सरकार सचेत होस । किसानलाई मल वितरण कसरी गर्ने भन्ने विषयमा जागरुकता होस भनेर किसानको आग्रहमा मल नियन्त्रणमा लिएका हौं ।’


कृषि सामाग्री कम्पनीकोे ईनर्वाको भुटनदेवी स्थित गोदामका प्रमुख चन्द्र चौंलागाईले कृषि सामग्री कम्पनीको निर्देशन अनुसार मल वितरण भइरहेको बताए । उनले पर्साका किसानलाई आईतबारबाट मल वितरण गर्ने तयारी गरिएको बताए ।


जिल्ला कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साहले संघीय सरकारमा मधेसकै कृषि मन्त्री, मधेस प्रदेशमा आफ्नै सरकार, स्थानीय तहमा पनि आफ्नै सरकार भएपनि मधेसका किसानले मल नपाउनु दुर्भाग्य भएको बताए । उनले स्थानीय सरकारको हैसियतमा महानगरपालिकाले गरेको काम किसानको हितमा भएको बताए ।
महानगरपालिकाले मल नियन्त्रणमा लिएपछि देशभर देखिएको मलको समस्या समाधानका लागि कृषि मन्त्रालयमा आकस्मिक छलफल भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.