logo

नेपाल प्रहरी र बनरक्षकप्रतिको बिश्वास संकटमा,सालको काठको चोरी निकासी बढदो

      5/2/2020 गते 00 00 मा प्रकाशित     1266   पटक पढिएको

बीरगंज २१ बैशाख ।
पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ को लक्ष्मीपुर हुदै निकासी भइरहेको काठ सशस्त्र प्रहरीको गस्ती टोलीले शनिवार समात्यो ।

 

राष्ट्रिय वनजङ्गलबाट चोरी तस्करी गरी गोलिया लिएर सखुवाप्रसौनी गाउँपालिकाको वडा नं ३ कौवावन टोलतर्फ लैजाँदै गरेको अवस्थामा शसस्त्र प्रहरीले गोलीया काठ समातेको हो ।

 

बिशेष सूचनाको आधारमा प्रहरी पुगेपछि तस्करहरू फरार भएका थिए । रंगपुर बजारमै प्रहरी चौकी छ । रंगपुरमा रेन्जपोष्ट पनि छ । लक्ष्मीपुरको दक्षीणमा पर्सागढी नगरपालिकाको  एकटांगमा इलाका प्रहरी छ ।

 

यो वीचमा काठ तस्करहरुको चलखेल निकै बढेको छ । जंगलमा पसेर तस्करले  निर्वाध  सालको रुख ढालेर काठको अबैध निकासी गरिरहेका छन । सूचनादाताले समेत नेपाल प्रहरी र बनरक्षकलाई भर नगरेर सशस्त्र प्रहरीलाई सूचना दिन थालेका छन ।

 

त्यही सूचनाको आधारमा डकैला बहुवरीमा रहेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प बागेश्वरी तित्रौनाका सशस्त्र प्रहरी निरीक्षक ईश्वर अधिकारी नेतृत्वको गस्ती टोलीले ३ थान सालको गोलियासहित तीनवटा साइकल  जंगल छेउको बस्तिमा गएर समातेको हो ।

 

लक्ष्मीपुरबाट डकैला बहुवरी करिब ७ किमी टाढा छ तर ढेडकिमी दुरीमा रहेको प्रहरी चौकी र रेन्जपोष्ट आफनो क्षेत्रमा भइरहेको गैरकानूनी कामको बारेमा बेखवर हुन्छ । 

 

 प्रहरी पुगेपछि तस्करहरू फरार भएका थिए। बरामद काठ करीब १५ क्युफिट रहेको सप्रनि अधिकारीले बताउनु भयो । काठ र साइकल रङ्गपुरटाँडी सबडिभिजन वन कार्यालयमा बुझाइएको रङ्गपुरटाँडीका रेन्जर कपिलदेव यादवले बताउनु भयो  ।

 

रेन्जपोष्ट र नेपाल प्रहरी लाइन दिने सशस्त्र प्रहरीले समातेर उनीहरुलाई नै बुझाईदिनु पर्ने अबस्था आएको प्रति स्थानीयले आश्चर्य प्रकट गरेका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.