logo

कालोबजारी गर्ने अर्वपती अग्रवाल अदालतको आदेशको राहत अनूभूती गर्न नपाउदै फेरी हिरासतमा पुगे

      4/30/2020 गते 00 00 मा प्रकाशित     1351   पटक पढिएको

काठमाण्डौ  १८ बैशाख ।

थर्मल गनको कालोबजारी मुद्धाबाट थोरै राहत पाएका अर्वपती शुलभ अग्रवालको यात्रा फेरी पनि थुना तर्फै मोडिएको छ । मुलुक संकटमा परेका बेला बिचौलीया बनेर अनुकत सम्पती जोडन सफल अग्रवाललाई काठमाण्डौ जिल्ला अदालतले दिएको राहतको अनुभूती गर्न नपाउदै फेरीमा महानगरीय परिसरको हिरासतमा पुग्नु परेको छ । 

 


अग्रवाललाई उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पुनः पक्राउ गरेको हो । सम्पती शुद्धिकरणको मुद्दामा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

 

 यस अघि कालोबजारी गरेको आरोपमा  उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले चैत २५ गते पक्राउ गरेको थियो ।   उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२  अनुसार कारबाहीको माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । 

 

काठमाडौं जिल्ला अदालतले अग्रवालले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो  । न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलाशले अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले तत्काल निर्दोष हुन भन्न सक्ने अवस्था नदेखिएको र पछि ठहर भए बमोजिम निर्णय गर्ने भन्दै पुर्पक्षका लागि तारेखमा राखेर रिहा गर्न आदेश दिएको हो । रिहा भए लगत्तै उनी पुन पक्राउ परेका हुन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.