logo

कालोबजारी गर्ने अर्वपती अग्रवाललाई धरौटीमा छाड्न काडमाण्डौ जिल्ला अदालतको आदेश

      4/30/2020 गते 00 00 मा प्रकाशित     956   पटक पढिएको

काठमाण्डौ  १७ बैशाख ।

धर्मल गनको कालोब्यापारमा पक्राउ परेका अर्वपती शुलभ अग्रवाललाई काठमाण्डौ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । 


न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले उनलाई २५ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको  गरेको हो । अदालतका प्रवक्ता नेन्द्रबहादुर कार्कीले बताउनु भयो ।


जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले कालोबजार तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार अग्रवालविरुद्ध काठमाडौं जिल्ला अदालतमा १६ वैशाखमा मुद्दा दायर गरेको थियो।

उक्त ऐनको दफा २(क), ३(१) तथा ५ अनुसार सजायको माग दाबी गरिएको थियो । सहन्यायाधिवक्ता रेग्मीले २१ लाख जरिवाना गर्न माग दाबी गरिएको बताउनु भाये ।

हिजो र आज अदालतमा भएको थुनछेक बहसपछि इजलासले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो।२५ चैतमा महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई पक्राउ गरेको थियो।

अपराध महाशाखाको टोली आफैं ग्राहक बनेर उनीसँग ६७ वटा थर्मलगन दश लाख रूपैयाँमा खरिद गर्ने सहमति गरेर पक्राउ गरेको थियो। पाँच हजार पर्ने थर्मलगन १५ हजार रूपैयाँमा बिक्री गरेको उजुरीपछि प्रहरीले निगरानी थालेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.