logo

कालोबजारी गरेको आरोपमा गुटखा ब्यापारी चौरसिया पक्राउ अन्य पाँच दण्डीत

      4/28/2020 गते 00 00 मा प्रकाशित     6032   पटक पढिएको

बीरगंज  १६ बैशाख ।

प्रहरीले एक जना किराना ब्यापारीलाई मंगलवार पक्राउ गरेको छ । वीरगन्जको माईस्थान मन्दिर नजिकै रहेको न्यू निखिल जेनरल स्टोरका संचालक गौत्तम चौरसियालाई प्रहरीले पक्राउ गरेको हो ।

 

श्रोतका अनुसार पक्राउ परेको चौरसियालाई वडा प्रहरी कार्यालय विर्तामा राखिएको छ । चौरसिया माथि प्रहरीले कालोबजारी ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको बुझिएको छ । 

 

चौरसिया रंजनीगंधा नामक गुटखाका विक्रेता हुन । अहिले ४५ रुपैया पर्ने रंजनीगंधा बजारमा लुकीछिपी ९० देखि १०० सय रुपैयामा विक्री वितरण हुँदै आएको र यसको सप्लाई गौत्तम चौरसियाले नै गर्दै आएको गुनासो आएपछि प्रहरीले पक्राउ गरेको हो ।

 

यसैवीच बीरगंजमा संयुक्त बजार अनुगमन टोलीले अनगुमनका क्रममा ५ वटा पसललाई कारबाही गरिएको छ ।

 

वीरगञ्ज–८ को रत्न जनरल स्टोर्स, वीरगञ्ज–५ को राजेश किराना सप्लायर्स, रोशन किराना पसल, वीरगञ्ज–१२ उजाला स्टोर र वीरगञ्ज आरसी फुड प्रोडक्टसलाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले जनाएको छ ।


आरसी फुडलाई १० हजार र अन्य पसललाई ५र५ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयका प्रवक्ता दिलिप खंग खत्वेले जानकारी दिनु भाये  । पसलहरुले खरिद बिल नदिएपछि टोलीले कारवाही गरेको हो ।

अनुगमन टोलीमा कार्यालयका प्रमुख जीतबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेत लगायत सहभागी थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.