logo

अपहरणको उजुरी दिन गएका नेताहरु फर्काइए,महोत्तरीजान प्रहरीको जवाफ

      4/26/2020 गते 00 00 मा प्रकाशित     1116   पटक पढिएको

काठमाण्डौ , १४ बैशाख । 

जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफनो अपहरण सम्बन्धी काठमाडौं प्रहरी परिसरमा दिनु भएको उजुरी प्रहरीले लिन अस्वीकार गरेको छ ।  दलबल सहित गएका नेताहरुलाई उजुरी नलिई परिसरले फिर्ता पठाइदिएको छ । 

 


प्रहरीले घटनाको शुरु भएको भूगोलमामै उजुरी दिनु पर्ने भन्दै उजुरी दिन महोत्तरी जान सल्लाह दिएको नेताहरुले बताएका छन । 

 काठमाडौं प्रहरी परिसरका एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जानुहोस् भन्ने जवाफ दिएको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिनु भयो।


उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘जबकी कानुनले नजिकको प्रहरी र यथाशिघ्र समयमा जाहेरी गर्ने भनेको छ । प्रहरी परिसर टेकुमा एसएसपी गायब । अहिले जाहेरी लिन नमानेको अवस्था छ । कानुनभन्दा माथि ओली सरकार ?’

भर्खरै गठित जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणका संलग्नमाथि कारबाहीको माग गर्दै उजुरीका लागि पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईसहितका नेताहरु महानगरीय प्रहरी परिसर काठमाडौमा पुगेका थिए ।

पार्टीका शीर्ष नेताहरु डा.भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, हिसिला यमीलगायतका नेताहरु उजुरीका लागि आइतबार दिउँसो महानगरीय प्रहरी परिसरमा पुगेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका संसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालले समाजवादी पार्टी फुटाउनका लागि सोही पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई निवासबाटै अपहरण गरेर काठमाडौं ल्याएको जनाता समाजवादीको आरोप छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.