logo

जनकपुरको  पिसीआर बन्द ,अगाडिका परिक्षणका बिषमा पनि सवाल उठयो,सर्लाहीपनि जोखिममा सर्तकता आवश्यक

      4/24/2020 गते 00 00 मा प्रकाशित     803   पटक पढिएको


जनकपुरधाम  १२ बैशाख ।

प्रदेश सकारकारका स्वास्थ्यमंत्री नवल किशोर साहले  चैत २१ मा प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पिसीआर मेशिनको उद्धघाटन गनुृ भएको थियो ।  तर अव त्यो मेशिनबाट कोरोना भाइरसको परिक्षण अव रोकिएको छ । 

सर्लाहीका १४ वर्षिय किशोरको थ्रोट सवाब परिक्षण गर्दा जनकपुरको पिसीआर मेशीनले नेगेटिक देखाएको थियो । तर काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनै किशोरको थ्रोट सवाब परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आयो।

 

सोही कारण जनकपुरको पिसिआर मेसिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको छ। परिक्षण नगर्ने निर्णय संग यो भन्दा अगाडि भएका जाँचहरुको भरोसाको बिषयमा समेत गम्भिर सवाल खडा भएको छ ।  

 

जनकपुर प्रयोगशालाका इन्चार्ज रामविनय साहले सर्लाहीको किशोरको घटनाले मेसिनमाथि आशंका भएको भएको बताउनु भयो। त्यसैले आजबाट कोरोना परीक्षण नगर्ने निर्णय गरेका छौं उहाँले भन्नु भयो “ हालसम्म १ सय बढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको छ”  ।

 

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पोजेटिभ पुष्टि गरेका १४ वर्षीय किशोर सर्लाही त्रिकौलका हुन्। उनी गत चैत ६ मै भारतबाट लुकिछिपी नाका क्रस गरेका थिए । तर उनलाई घर पुग्न नदिई प्रशासनले क्वारेन्टाइनमा राखेको थियो ।

 

क्वारेन्टाइनमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा भर्ना गरिएको थियो। तर जनकपुरको पिसिआर मेसिनबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएलगत्तै उनलाई पुनः जिल्ला पठाइयो। यो गम्भिर लापरवाही हो। यही कारण यतिबेला सर्लाही उच्च खतरामा परेको छ। हाल उनको उपचार बीरगंजमा भइरहेको छ । 

१४ वर्षीय किशोरसहित प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ पुगेको छ। जसमध्ये तीन जना पर्सा र एक जना रौतहटका छन्। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.