logo

समुदायमा संक्रमण देखिएन,बीरगंजको जनजीवनमा राहतको अनूभूती,सर्तकता अझै  आवश्यक

      4/23/2020 गते 00 00 मा प्रकाशित     969   पटक पढिएको

बीरगंज १२ बैशाख ।
०७६ को अन्तिम तीर चैत ३० गते बीरगंजको छपकैयाको यतिम खानामा आश्रय लिएर बसेका तीन जना इस्लाम धर्म प्रचारकमा कोरोना संक्रमणको पुष्टि भयो । 


नेपाल भारतको प्रमुख ब्यापार नाका कोरोना संक्रमणको जोखिममा त थियो नै । तर धर्म प्रचारकहरुमा त्यो संक्रमणको पुष्टि भइसकेपछि बीरगज र आसपासको जनजीवनमा भय पैदा भयो । 


कोरोना संक्रमणको पुष्टि पछि स्थानीय सरकार र प्रशासन तत्काल हर्कतमा आयो । संक्रमीतहरु बसेको क्षेत्र शिल भयो । उनीहरुको ट्रभाल हिस्ट्री खोजी भयो ।

कोरोना भाइरसको इन्कुबेशन पिरियड र उनीहरुको ट्रभाल हिस्ट्रीकावीच तालमेल देखिदैन । अझैपनि उनीहरुमा संक्रमण कसरी भया भन्ने प्रश्न अनुत्तरित नै छ ।

छपकैया क्षेत्र शिल भएपछि टेस्टको काम भने त्यही रफ्तारमा अगाढि बढ्न सकेन । करिव तीन दिन पछि मात्र टेस्टको कामले गती लियो । त्या वीचमा शिल क्षेत्रमा खाद्य समाग्रीको अभाव भएको कुरा उठ्यो स्थानीय सरकार प्रमुख राहत लिएर आफै त्यो क्षेत्रमा जानु भयो । 


यो वीचमा  वीरगञ्जमा २ सय ३० जना भन्दा बढीको थ्रोट स्वाब   पिसिआर मेशिन बाट परिक्षण भयो । कसैमा पनि कोरोना भाइरसको सक्रमण देखिएन ।

 ४ हजार बढीमा भएको र्यापिड डाईनोष्टिक टेष्ट ९आरडिटी०मा पनि जोजेटिभ भेटिएन । यि सबै  परिक्षणबाट संक्रमित व्यक्तिबाट कोरोना समुदायमा नसरेको प्रमाणित भएको छ ।

 

कोरोना भाइरसको संक्रमण समुदायमा नफैलनु बीरगंज यस बीरगंज क्षेत्रकालागि राहतको बिषय हो । वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की मस्जिद र घुसुकपुर स्थित मस्जिदमा रहेका ३ जना सहित वीरगञ्जको नयाँबस पार्कमा चिया पसल सञ्चालन गर्ने एक महिलामा कोरोना संक्रमण देखिएपछि जोखिम निकै थियो । 

तर पिसिआर परिक्षण र्यापिड डाईनोष्टिक टेष्ट ९आरडिटी परिक्षण० गरिएकोमा एक जनालाई पनि पोजेटिभ नदेखिएपछि संक्रमण व्यक्तिबाट समुदायमा नपुगेको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायले बताउनु भयो ।

 

४ जनामै संक्रमण पुष्टि भएको २३ दिन भइसकेको र उनीहरूको सम्पर्कमा रहेकाहरूलाई खोजेर थ्रोट स्वाब परीक्षण तथा समुदाय स्तरमा र्यापिड डायग्नोस्टिक टेष्ट गरिएकोमा हाल सम्म एक जनालाई पनि संक्रमण नभेटिएको डा।उपाध्यायले बताउनु भयो ।

 

तर संक्रमण उनीहरुमा काहा बाट स¥यो भन्ने कुरा अनुतरीत नै छ । उनीहरुको दाव िहेर्नेहो भने तीन जन भारतीय नागरिक ४ महिना देखी नेपालमै रहेका छन । यस्तो हो भने संक्रमणको जोखिम अझै बाँकी छ ।

 

त्यो बीरगंजमा नभएपनि प्रदेश नं २ को अन्या ठाउ जाहा धर्म प्रचारकहरु पुगेको ठाउ छ । कोरोना भाइरसको संक्रमण नेपालमा दोश्रो चरणमा प्रवेश गरेको छ ।

 

बीरगंज क्षेत्रमा संक्रमण पुष्टि भएपनि त्यसबाट अन्यमा नसरेको पाउदा भने सुखद अनूभूती गर्न त सकिन्छ तर सर्तकर्ता अप्नाउन भने झनै आवश्यक देखिन्छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.