logo

समुदायमा संक्रमण देखिएन,बीरगंजको जनजीवनमा राहतको अनूभूती,सर्तकता अझै  आवश्यक

      4/23/2020 गते 00 00 मा प्रकाशित     1172   पटक पढिएको

बीरगंज १२ बैशाख ।
०७६ को अन्तिम तीर चैत ३० गते बीरगंजको छपकैयाको यतिम खानामा आश्रय लिएर बसेका तीन जना इस्लाम धर्म प्रचारकमा कोरोना संक्रमणको पुष्टि भयो । 


नेपाल भारतको प्रमुख ब्यापार नाका कोरोना संक्रमणको जोखिममा त थियो नै । तर धर्म प्रचारकहरुमा त्यो संक्रमणको पुष्टि भइसकेपछि बीरगज र आसपासको जनजीवनमा भय पैदा भयो । 


कोरोना संक्रमणको पुष्टि पछि स्थानीय सरकार र प्रशासन तत्काल हर्कतमा आयो । संक्रमीतहरु बसेको क्षेत्र शिल भयो । उनीहरुको ट्रभाल हिस्ट्री खोजी भयो ।

कोरोना भाइरसको इन्कुबेशन पिरियड र उनीहरुको ट्रभाल हिस्ट्रीकावीच तालमेल देखिदैन । अझैपनि उनीहरुमा संक्रमण कसरी भया भन्ने प्रश्न अनुत्तरित नै छ ।

छपकैया क्षेत्र शिल भएपछि टेस्टको काम भने त्यही रफ्तारमा अगाढि बढ्न सकेन । करिव तीन दिन पछि मात्र टेस्टको कामले गती लियो । त्या वीचमा शिल क्षेत्रमा खाद्य समाग्रीको अभाव भएको कुरा उठ्यो स्थानीय सरकार प्रमुख राहत लिएर आफै त्यो क्षेत्रमा जानु भयो । 


यो वीचमा  वीरगञ्जमा २ सय ३० जना भन्दा बढीको थ्रोट स्वाब   पिसिआर मेशिन बाट परिक्षण भयो । कसैमा पनि कोरोना भाइरसको सक्रमण देखिएन ।

 ४ हजार बढीमा भएको र्यापिड डाईनोष्टिक टेष्ट ९आरडिटी०मा पनि जोजेटिभ भेटिएन । यि सबै  परिक्षणबाट संक्रमित व्यक्तिबाट कोरोना समुदायमा नसरेको प्रमाणित भएको छ ।

 

कोरोना भाइरसको संक्रमण समुदायमा नफैलनु बीरगंज यस बीरगंज क्षेत्रकालागि राहतको बिषय हो । वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मक्की मस्जिद र घुसुकपुर स्थित मस्जिदमा रहेका ३ जना सहित वीरगञ्जको नयाँबस पार्कमा चिया पसल सञ्चालन गर्ने एक महिलामा कोरोना संक्रमण देखिएपछि जोखिम निकै थियो । 

तर पिसिआर परिक्षण र्यापिड डाईनोष्टिक टेष्ट ९आरडिटी परिक्षण० गरिएकोमा एक जनालाई पनि पोजेटिभ नदेखिएपछि संक्रमण व्यक्तिबाट समुदायमा नपुगेको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।मदन उपाध्यायले बताउनु भयो ।

 

४ जनामै संक्रमण पुष्टि भएको २३ दिन भइसकेको र उनीहरूको सम्पर्कमा रहेकाहरूलाई खोजेर थ्रोट स्वाब परीक्षण तथा समुदाय स्तरमा र्यापिड डायग्नोस्टिक टेष्ट गरिएकोमा हाल सम्म एक जनालाई पनि संक्रमण नभेटिएको डा।उपाध्यायले बताउनु भयो ।

 

तर संक्रमण उनीहरुमा काहा बाट स¥यो भन्ने कुरा अनुतरीत नै छ । उनीहरुको दाव िहेर्नेहो भने तीन जन भारतीय नागरिक ४ महिना देखी नेपालमै रहेका छन । यस्तो हो भने संक्रमणको जोखिम अझै बाँकी छ ।

 

त्यो बीरगंजमा नभएपनि प्रदेश नं २ को अन्या ठाउ जाहा धर्म प्रचारकहरु पुगेको ठाउ छ । कोरोना भाइरसको संक्रमण नेपालमा दोश्रो चरणमा प्रवेश गरेको छ ।

 

बीरगंज क्षेत्रमा संक्रमण पुष्टि भएपनि त्यसबाट अन्यमा नसरेको पाउदा भने सुखद अनूभूती गर्न त सकिन्छ तर सर्तकर्ता अप्नाउन भने झनै आवश्यक देखिन्छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.