logo

फूट रोक्न मध्यरातमै सपा राजपका एक भएको घोषणा,समाजवादी नजोगिने

      4/22/2020 गते 00 00 मा प्रकाशित     1001   पटक पढिएको

काठमाडौं ११ बैशाख  ।

मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारले दल विभाजन सहज हुनेगरि नयाँ अध्यादेश जारी गरेसँगै दुवै दल फुट्ने त्रासमा परेका थिए। फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्।

केही सांसदहरुले दल विभाजन तयारीमा लागेको  थाहा पाएपछि दुवै दलले मध्यरातसम्म बसेर एकीकरणको निर्णय लिएका हुन्। एकीकृत दलको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ। नेतृत्व लगायतका अन्य विषय समानताका आधारमा टुंगो लगाउने सहमतिमा उल्लेख छ।

सहमति अनुसार पार्टीको झण्डा हाल समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ। यस्तै चुनाव चिह्न छाता हुनेछ। छाता राजपाको चुनाव चिह्न हो।

 

सहमतिमा दुवै दलका चाररचार जनाले हस्ताक्षर गरेका छन्। समाजवादीका उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस्तै राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। राजपाका अध्यक्ष मण्डलका दुई सदस्यको भने हस्ताक्षर छैन।

 

पार्टीको बिभाजनलाई रोक्न मध्यरातमा गरिएको एकताले पार्टी फूटलाई रोक्न सकेको छैन । मध्यरातमै अर्को पार्टी गठनको तयारी पनि पूर्ण रुपमा भएको छ । समाजवादी पार्टीका सात सांसदहरुले नयाँ दल दर्ता गर्ने निर्णय गरेका छन्। समाजवादी पार्टीका सहध्यक्ष समेत रहेकी रेणु यादवको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको हो। यादवकै अग्रसरतामा बुधबार साँझदेखि परामर्श भएको थियो। 

 

यादवलाई रोक्न समाजवादीका दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवले कसरत गरे पनि सम्भव भएन। फुट निश्चित भएपछि बुधबार राति नै समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणमा समझदारी भइसकेको छ। 

स्रोतका अनुसार यादवको नेतृत्वमा मोहम्मद ईस्तियाक राई, डा.सुरेन्द्रकुमार यादव, उमाशंकर अरगरिया, रेनुका गुरुङ, कलुदेवी विश्वकर्मा र प्रदीप यादव नयाँ पार्टीमा आवद्ध हुनेछन्। 

हालै जारी अध्यादेश अनुसार दलको मान्यता पाउन केन्द्रीय सदस्य वा सांसदमध्ये ४० प्रतिशत आवश्यक छ। समाजवादीमा हाल १७ सांसद छन् ७ जनाले ४० प्रतिशत पुग्छ। तर, नवगठित जनता समाजवादी पार्टी, नेपालभन्दा पहिले नयाँ दल दर्ता हुनुपर्नेछ। 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.