logo

फूट रोक्न मध्यरातमै सपा राजपका एक भएको घोषणा,समाजवादी नजोगिने

      4/22/2020 गते 00 00 मा प्रकाशित     1121   पटक पढिएको

काठमाडौं ११ बैशाख  ।

मधेश केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको छ। सरकारले दल विभाजन सहज हुनेगरि नयाँ अध्यादेश जारी गरेसँगै दुवै दल फुट्ने त्रासमा परेका थिए। फुट्ने त्रासका बीच बुधबार मध्यरातमा दुई दलले एकीकरणमा हस्ताक्षर गरेका हुन्।

केही सांसदहरुले दल विभाजन तयारीमा लागेको  थाहा पाएपछि दुवै दलले मध्यरातसम्म बसेर एकीकरणको निर्णय लिएका हुन्। एकीकृत दलको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ। नेतृत्व लगायतका अन्य विषय समानताका आधारमा टुंगो लगाउने सहमतिमा उल्लेख छ।

सहमति अनुसार पार्टीको झण्डा हाल समाजवादीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ। यस्तै चुनाव चिह्न छाता हुनेछ। छाता राजपाको चुनाव चिह्न हो।

 

सहमतिमा दुवै दलका चाररचार जनाले हस्ताक्षर गरेका छन्। समाजवादीका उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्। यस्तै राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। राजपाका अध्यक्ष मण्डलका दुई सदस्यको भने हस्ताक्षर छैन।

 

पार्टीको बिभाजनलाई रोक्न मध्यरातमा गरिएको एकताले पार्टी फूटलाई रोक्न सकेको छैन । मध्यरातमै अर्को पार्टी गठनको तयारी पनि पूर्ण रुपमा भएको छ । समाजवादी पार्टीका सात सांसदहरुले नयाँ दल दर्ता गर्ने निर्णय गरेका छन्। समाजवादी पार्टीका सहध्यक्ष समेत रहेकी रेणु यादवको नेतृत्वमा नयाँ दल दर्ता हुने भएको हो। यादवकै अग्रसरतामा बुधबार साँझदेखि परामर्श भएको थियो। 

 

यादवलाई रोक्न समाजवादीका दुई अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवले कसरत गरे पनि सम्भव भएन। फुट निश्चित भएपछि बुधबार राति नै समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणमा समझदारी भइसकेको छ। 

स्रोतका अनुसार यादवको नेतृत्वमा मोहम्मद ईस्तियाक राई, डा.सुरेन्द्रकुमार यादव, उमाशंकर अरगरिया, रेनुका गुरुङ, कलुदेवी विश्वकर्मा र प्रदीप यादव नयाँ पार्टीमा आवद्ध हुनेछन्। 

हालै जारी अध्यादेश अनुसार दलको मान्यता पाउन केन्द्रीय सदस्य वा सांसदमध्ये ४० प्रतिशत आवश्यक छ। समाजवादीमा हाल १७ सांसद छन् ७ जनाले ४० प्रतिशत पुग्छ। तर, नवगठित जनता समाजवादी पार्टी, नेपालभन्दा पहिले नयाँ दल दर्ता हुनुपर्नेछ। 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.