logo

पिसीआर मेशीन सहितको तिब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य समाग्री नेपाल भित्रियो

      4/22/2020 गते 00 00 मा प्रकाशित     1084   पटक पढिएको

बीरगंज १० बैशाख ।
तिब्बतले उपलब्ध गराएको स्वास्थ्य समाग्री नेपाल भित्रिएको छ । ति समाग्री तिब्बतले तिब्बतले सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा ल्याएर आजै हस्तान्तरण गरेको हो।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल र स्वास्थ्य सेवा विभाग व्यवस्थापन  महाशाखाका प्रमुख भोगेन्द्र डोटेलले आजै सरकारका तर्फबाट उक्त सामग्री बुझेका थिए। डा. पोखरेलका अनुसार तिब्बतले दिएका सामग्रीमा १० हजारथान पूर्ण पिपिई सेट, १० हजार एन९५ मास्क, दुईवटा पिसिआर मेसिन छन्।

त्यसैगरी २० हजार नमुनाको पिसिआर विधिबाट परीक्षण गर्न पुग्ने गरी भिपिएम र रिएजेन्टस् र १ हजारथान इन्फ्रारेड थर्मोमिटरलगायत समावेश रहेको डा. पोखरेलले जानकारी दिनु भयो ।


डा. पोखरेलका अनुसार दुवै सरकारका प्रतिनिधि उपस्थित भए पनि प्रत्यक्ष भेटघाट र देखादेखबिनै सामग्री हस्तान्तरण भएको थियो।

तिब्बत सरकारका स्वास्थ्य अधिकारीले सामग्री सूचीसहितको पत्र हस्ताक्षर गरेर छाडेका थिए भने त्यसमा नेपालका अधिकारीले हस्ताक्षर गरेर उक्त कागज सोही ठाउँमा छाडेर सामान बुझेका थिए। 

 


मन्त्रालयका अधिकारीहरूका अनुसार सुरुमा ओम्नी समूहसँग भएको सम्झौता रद्ध भएर नयाँ सम्झौताअनुसार सामग्री आइनसकेको अवस्थामा यो सहयोगले तत्कालका लागि ठूलो राहत मिलेको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.