logo

कोरोना कहरः संक्रमण सार्क राष्ट्रमा बढदो,संक्रमीतको संख्या ३४ हजार नाघ्यो

      4/22/2020 गते 00 00 मा प्रकाशित     1079   पटक पढिएको

बीरगंज १० बैशाख ।
 कोरोना भाइरस (कोभिड १९) को संक्रमण सार्क राष्ट्रमा पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा सार्कमा मात्रै २ हजार ७ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै सार्कमा कोरोना संक्रमितको संख्या ३४ हजार ५ सय ६३ पुगेको छ ।

भारतमा ज्यान गुमाउनेको सख्या ६४५ पुग्यो

सार्क राष्ट्र मध्ये सबैभन्दा ठुलो देश भारतमा हालसम्म कोरोना संक्रमणबाट ६४५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५३ जनाले ज्यान गुमाएका छन् ।

भारतमा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २० हजार २ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा १हजार ५सय ४१ जना संक्रमित थपिएका हुन् ।भारतमा बुधबार बिहानसम्म ४ लाख ४७ हजार ८ सय १२ जनाको कारोना टेष्ट गरिएको छ। भारतमा महाराष्ट्र गुजरात दिल्लीमा यो संख्या तिब्र बढदो छ । 

पाकिस्तानमा २०१ को मृत्यु

कोरोना भाइरसको संक्रमण भारतपछि पाकिस्तानमा देखिएको छ । पाकिस्तानमा बुधबार बिहानसम्म २०१ संक्रमितको ज्यान गएको छ। पछिल्लो २४ घण्टामा पाकिस्तानमा २५ संक्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म पाकिस्तानमा कोरोना संक्रमितको संख्या ९ हजार ५ सय ६५ पुगेको छ।  मंगलबार मात्रै पाकिस्तानमा ६७३ जना नयाँ संक्रमित थपिएका हुन्। पाकिस्तानमा पछिल्लो अपडेट अनुसार १,लाख 
 ११ हजार  ८ सय ६ जनाको कोरोना टेष्ट गरिएको छ।

बंगलादेशमा ह्वात्तै बढ्यो कोरोना संक्रमण

 कोरोना भाइरसबाट बंगलादेशमा पछिल्लो २४ घण्टामा मात्रै ४ सय ३४ जना संक्रमित व्यक्ति फेला परको छन् ।

यो सँगै बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ८२ पुगेकको बंगलादेशी सञ्चारमाध्यमहरुले जनाएका छन्। संक्रमितमध्ये १ सय १० जनाको उपचारका क्रममा ज्यान गएको छ भने ८७ जना संक्रमित उपचारपछि घर पर्किएका छन्।

मंगलबार मात्रै बंगलादेशमा ९ जना संक्रमितको ज्यान गएको छ। बंगलादेशमा हालसम्म २९ हजार ५ सय ७८ कोरोना परीक्षण गरिएको छ।

श्रीलंकामा संक्रमण स्थिर

सार्कको अर्को सदस्य राष्ट्र श्रीलंकामा कोरोना भाइरसको संक्रमण स्थिर छ । श्रीलंकामा बुधबार बिहानसम्म ३ सय १० जना मानिस कोरोना भाइरसका संक्रमित भएका छन् । जसमध्ये ७ संक्रमितको ज्यान गएको छ।

श्रीलंकामा पछिल्लो २४ घण्टामा ६ जना संक्रमित फेला परेका छन् । श्रीलंकामा हालसम्म ६ हजार ७ सय ९३ जनाको मात्रै कोरोना परीक्षण भएको छ।

अफगानिस्तानमा ३६ को ज्यान गयो

अफगानिस्तानमा कोरोना संक्रमित १ हजार ९२ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा मात्रै अफगानिस्तानमा ६६ जना संक्रमित थपिए । संक्रमितमध्ये हालसम्म ३६ जनाको ज्यान गएको छ। १५० जना संक्रमित उपचरापछि घर फर्किएका छन् ।

अफगानिस्तानमा ६ हजार ४ सय २२ जनाको मात्रै कोरोना टेष्ट भएको छ ।

भुटान थप एक जना संक्रमित

छिमेकी मुलकु भुटानमा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । भुटानमा यसअघि ५ जना संक्रमित मध्ये दुइ जना उपचारपछि घर फर्किसकेका छन् ।

भुटानमा हालसम्म ८ हजार ७ सय ६५ जनाको कोरोना टेष्ट गरिएको छ ।

नेपालमा एकै दिन ११ जना संक्रमित फेला

सार्कको अध्यक्ष रहेको राष्ट नेपालमा पनि कोरोनाको जोखिम बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ११ जना नयाँ संक्रमित फेला परेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य विभागले जनाएको छ।

संक्रमित मध्ये ५ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ । हालसम्म नेपालमा २९ हजार ५ सय ६७ जनाको कोरोना परीक्षण गरिएको छ।

माल्दिभ्समा १७ संक्रमित थपिए

सार्क राष्ट्रको सबैभन्दा सानो मुलुक माल्दिभ्समा मंगलबार १७ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ। संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्यको उपचार जारी छ ।

माल्दिभ्समा हालसम्म ४ हजार १ सय ३९ जनाको कोरोना परीक्षण गरिएको छ।

यस्तै, विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट २५ लाख ५७ हजार ५०४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ७७ हजार ४ सय ५९ जनानको ज्यान गएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.