logo

उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ ,संक्रमीतको संख्या ४२ पुग्यो

      4/21/2020 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

बीरगंज ९ बैशाख । 
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबस्तीका आठजनाको धरानस्थित् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पुनः परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको छ।

 मंगलबार विहान कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा क्रस भेरिफाई गर्न पठाइएको थियो ।

प्रतिष्ठानमा गरिएको परीक्षणमा समेत उनीहरुको कोरोना पोजेटिभ आएको हो । उदयपुरको मस्जिदमा यसअघि १३ जनामा कोरोना देखिएको थियो । आजै दिउँसो पनि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दाको  कोरोना संक्रमण जाँच गर्दा ३ जनामा  कोरोना पुष्टि भएको छ  । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

आजै उदयपुरबाट संकलन गरेर ल्याइएका ३२० नमूनामध्ये परीक्षण गरिएको एक व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। एकैपटक १३ जना संक्रमित देखिएको उदयपुर त्रियुगा नगरपालिका ३ भुल्केबस्तीको मस्जिद वरपरका उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण गरिएको थियो।

६ वैशाखमा नमूना संकलन गरिएका ६९ जनाको परीक्षण गर्दा कोशी अञ्चल अस्पतालको ल्यावमा आठजनाको नतिजा पोजिटिभ आएको थियो। आठैजनालाई आज बिहान एम्बुलेन्समार्फत् विराटनगर लगिएको थियो। त्यहाँको आइसोलेसनामा भर्ना गरिएको छ।

कोभिड १९ का बिरामी भेटिएपछि सिल गरिएको भुल्केबस्ती र आसपासको क्षेत्रमा दुई दिनअघिबाट नेपाली सेनाको चिकित्सक टोलीले थ्रोट स्वाब नमूना संकलन गरिरहेको छ।

नेपालमा अहिलेसम्म ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यसमध्ये २२ जना उदयपुरमै भेटिएका हुन्।

संक्रमितमध्ये कैलालीका दुई, काठमाडौं र बागलुङमा गरेर पाँजना निको भएर घर फर्किसकेका छन्। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.